×

NMB BANK
NIC ASIA

अग्रलेख

परराष्ट्रका प्रारम्भिक पहल

जेठ २१, २०७५

NTC
Premier Steels

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतवार सञ्चारकर्मीहरूको एक समूहसितको संवादका क्रममा दिएका अभिव्यक्तिले सरकार नेपालका द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका प्राथमिकतामा गुणात्मक परिवर्तन ल्याउन व्यग्र देखिन्छ । सिमाना जोडिएका छिमेकी देश भारत र चीनसितको सम्बन्धलाई यथोचित महत्वका साथ अघि बढाउने अठोट व्यक्त गर्दा चालू व्यापार घाटा कम गर्ने समेतका पहलबारे उल्लेख भएको छ ।

Muktinath Bank

अब उप्रान्त द्विदेशीय वार्ताका कार्यसूचीमा नेपालका आन्तरिक मामिला पर्न नदिने नीतिगत दृढता जनाइएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सम्पन्न  भारतभ्रमण र आसन्न चीनभ्रमणको परिप्रेक्ष्यमा मन्त्री ज्ञवालीको यस भनाइलाई आकलन गर्नुपर्ने हुन्छ । राष्ट्रको स्वाभिमान र हितलाई सर्वोपरि राख्ने प्रतिबध्दतालाई जनस्तरबाट मूल्याङ्कन भैरहेको पनि छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण एसियाको क्षेत्रीय परिवेशमा मन्त्री ज्ञवालीका कथनले नेपाल सार्क प्रकृयालाई अवरुध्द हुन नदिन कृतसंकल्प रहेको जानकारी दिएको छ । हामी सार्कको विकल्प खोज्ने पक्षमा छैनौं भन्ने उहाँको दृढोक्तिले एकातिर यहाँको जनमत थप आश्वस्त हुने वातावरण निर्माण हुन्छ भने र अर्कोतिर छिमेकका भारत र पाकिस्तान दुबै मुलुकमा नेपालको यस मान्यतायुक्त सन्देश प्रवाहित हुन पाउँछ । परराष्ट्रमन्त्रीले भने झैं, जब उत्तर कोरिया र अमेरिका समेत वार्ताबाट समस्या हल गर्ने दिशामा अग्रसर  हुन सक्छन् भने भारत र पाकिस्तान बीच रहिआएका असमझदारी हट्ने स्थितिको सिर्जना हुने कुरामा किन आशावादी नहुने ?


Advertisment
Nabil box
Kumari

यस्तै, नेपाल अर्को क्षेत्रीय मञ्च, बिमस्टेक,को शिखर सम्मेलनको तयारीमा रहेको छ। यसलाई नेपालको प्रयत्न सही दिशामा उन्मुख भएको सङ्केत मान्नुपर्छ । त्यस्तै, दक्षिण एसियाबाहिर नेपालका सम्बन्धहरू विस्तार गर्ने उद्देश्य पनि समयसापेक्ष हो।

Vianet communication

संयुक्त राष्ट्रसंघको संरचनागत सुधार, विशेष गरेर सुरक्षा परिषद्को सदस्य-संख्या विस्तार र साना भौगोलिक आकारका मुलुकहरूको समुचित प्रतिनिधित्व गराउने दिशामा प्रयत्न चालू राख्ने गर्ने सोच प्रशंसनीय हो यद्यपि यस दिशाका कदमहरूले तत्काल नतीजा ल्याउने सम्भावना देखिँदैन; हुँदैन । किनभने राष्ट्रसंघमा परम्परागत ढङ्गले हालिमुहाली राख्ने देशहरू एकाएक त्यस विश्वसंस्थामा जरो गाडेका आफ्ना विशेष अधिकारहरू त्याग्न वा घटाउन इच्छुक हुँदैनन् ।

 तर त्यसो भन्दैमा प्रयास, प्रयत्न नगर्ने कुरा आउँदैन । बरू असंलग्न आन्दोलन समेतका मञ्चहरूको प्रभावकारी उपयोग गर्दै परिवर्तनको पक्षमा सशक्त आवाज उठाउन नेपाल सकृय रहने अपेक्षा गरौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x