×

NMB BANK
NIC ASIA

माओवादी ‘जनयुद्ध’ का घाइते लडाकु : राजनीति त्यागेर गृहिणी महिला पढाउन व्यस्त

कात्तिक २०, २०७४

NTC
Premier Steels


काठमाडौं, १ फागुन – प्रसंग हो २०५८ सालतिरको । सूर्यबहादुर रावत हुम्लाको जैरस्थित सरस्वती माविमा पढाउँदै थिए । उनी स्कूलका अस्थायी शिक्षक थिए, जतिबेला देशमा माओवादी ‘जनयुद्ध’ उत्कर्षतर्फ पुग्दै थियो । जिल्लाभरि माओवादीको सन्त्रास थियो । माओवादीले लग्ने डरले गाउँमा युवाहरू शहरतिर पसेका थिए । स्कुले विद्यार्थीदेखि शिक्षकसम्म सबै लुकेर हिँड्थे ।

Muktinath Bank

सूर्यबहादुरका बाजे हुम्लाको जैर गाउँको मुखिया थिए । मुखियाको दुई—तीनवटा घर हुन्थे, त्यतिकै बस्तुभाउ, रासन लगायत सुविधाको कमी थिएन । तर माओवादीले हप्कीदप्की गरेर उनीहरूलाई खुब सताउँथे । सूर्यले आफ्नो तलबको आधी भाग माओवादी ‘जनसरकार’लाई ‘कर’ बुझाउनुपर्थ्यो । उनका दुईवटा घर माओवादीले आफ्नो सेल्टर बनाएका थिए भने रासन, खाद्यान्न सबैमा माओवादीकै मर्जी थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी जनयुद्ध उत्कर्षमा रहेको समयमा माओवादीले सूर्यबहादुरसहित २१ जना हुम्ला जिल्लाका शिक्षकहरूलाई युद्धमा लग्न अपहरण गरेर लगे । जान नमान्नेहरू माओवादीको ‘जनकारबाही’मा परे, सात जना शिक्षकले ज्यान गुमाएको सूर्यबहादुरको स्मरण छ ।


Advertisment
Nabil box
Kumari

माओवादी ‘जनयुद्ध’मा लाग्नु दुर्गम क्षेत्रका जनताको बाध्यता थियो । नगए ज्यान गुमाउनुपर्ने । त्यही भएर मन मारेर भएपनि सूर्यबहादुर माओवादी सँगसँगै युद्धमा सामेल भए । करीब साढे तीन वर्ष उनी माओवादीको सुदुरपश्चिम, मध्यपश्चिम लगायतका पैंतीसवटा जिल्लामा माओवादी ‘जनसेनाको’ लडाकुको रूपमा युद्धको मोर्चामा सामेल भए । अछाम, बाजुरा, बर्दिया र दाङको भालुवाङ लगायतका छवटा स्थानमा सेनासँगको भिडन्तमा उनी पनि सामेल थिए । शिक्षित भएका कारण उनी कमाण्डर पोस्टमा नियुक्त भएका थिए । उनका कमाण्डमा दुईवटा सेक्सनमा लडाकुहरू बाँडिएका थिए । र एक सेक्सनमा एक दर्जन लडाकु सङ्ख्या हुने गर्थे ।

Vianet communication

माओवादीमा पसेपछि उनको वास्तविक नाम सूर्यबहादुर रावत हटाएर ‘विकल’ राखियो । हुलिया परिवर्तनका लागि कहिले जुङ्गा पाल्ने कहिले जुङ्गा फाल्ने, कहिले भरिया भएर नचिन्ने भएर मोर्चामा सामेल भएको उनले सुनाए । राजतन्त्र, महिलामुक्तिका कुरा अनेकन नारा दिएर गाउँगाउँ डुले उनी । उनको गाउँ जैरेबाट सिमिकोटसम्म पुग्न तीन दिन लाग्ने गर्दथ्यो ।

माओवादीमा लाग्दालाग्दै उनी सुदूरपश्चिम र मध्यपश्चिमको डिभिजन कमाण्डरसम्म अपग्रेड भएका थिए ।


मरेर बाँचेका विकल
 

युद्ध चलिरहेकै बेला सरकारले बर्दिया, गुलरियाबाट हातहतियार भित्र्याउँदैछ भन्ने सुराकी पाएर हतियार लुट्न ठूलै फोर्ससहित त्यहाँ पुगेका उनीसहितको डफ्फा युद्धकै क्रममा सेनाको घेराबन्दीमा परे । चारैतिरबाट सेनाको आधुनिक हतियारसहित सेनाको हवाई कारबाहीमा धेरै माओवादीले ज्यान गुमाउन पुगे । उनी पनि गोलीको छर्राले घाइते हुन पुगे । ज्यान बचाउँदै उनी भिडन्तस्थलबाट भाग्न सफल भए ।

‘भाग्दाभाग्दै शरीरबाट रगत बगिरहेको समेत पत्तो पाइनँ, पछि ३ घण्टापछि थाहा पाउँदा त धेरै रगत बगेर शरीर शिथिल अवस्थामा पुगेको रहेछ,’ उनी जीवन मरणको त्यो क्षणको स्मरण लोकान्तरसँग साट्दा केही भावुक देखिए । बर्दियाको भिडन्तमा घाइते भएका उनीसहित ९२ जना माओवादी लडाकुहरूलाई भारतमा उपचारका लागि लगिएको थियो । भारतमा उपचारपछि घाइते लडाकूलाई फेरि माओवादी सेनामै फर्काउने कुरा थियो । कैयौं साथीहरू फर्के भने कैयांै कताकता भए । उनी भने भारतमै पन्जाबी सेनाको घरमा काम गर्ने गरी नफर्की उतै बस्न थाले ।

जनसेना छाडेर भारतीय सेना

 पछि पन्जाबी सेनाका हाकिमसँग लागेर इण्डियन आर्मीमा समेत भर्ती भएका थिए उनी । त्यहाँ उनले करीब तेह्र महिना काम गरे । पछि नेपाल फर्किए । उनी नेपालगन्ज आइपुगे । उनको गाउँमा माओवादी र सरकारी दुवै तर्फबाट दमन शुरु भएको थियो । गाउँ फर्किने स्थिति थिएन ।

 त्यतिखेरसम्म उनलाई माओवादी लडाइँप्रति निकै वितृष्णा लागिसकेको थियो । आफैंले सुरक्षा दिएका माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेतृत्वले चिन्न छाडेपछि उनी साँच्चिकै हतोत्साहित भएका थिए । जनसेनाको सही सम्बोधन नभएकोप्रति पनि उनको दुःखेसो छ ।

एकातर्फ अस्थायी शिक्षकको जागिर पनि गुमाए भने माओवादी पार्टीले पनि अयोग्य लडाकुको गणनामा उनलाई पारेर दुवै ठाउँबाट हिस्स पर्नुप—यो उनले । अयोग्य लडाकुलाई दुईलाख दिने घोषणा थियो तर त्यो पर्याप्त थिएन । त्यो दुईलाख पैसाले उनले गुमाएको परिवार र पीडालाई समेट्ने पक्कै थिएन ।

लडाकुको पैसा हिनामिना गरेको आरोपमा पार्टी नेतृत्वमा चितवनमा विरोध जनाएपनि त्यसको खासै सुनुवाइ भने भएन भन्ने उनको भनाइ छ । ‘हामीसँगै युद्धमा लागेका साथीहरू श्रीमती परिवार छोडेर, ज्यान त्यागेर लागेका र अङ्गभङ्ग भएकालाई पार्टी नेतृत्वबाट बेवास्ता भयो,’ माओवादीप्रति कार्यकर्ताको वितष्णा बढ्नुको कारण औंल्याउदै उनले भने ।

गाउँमा रहेको उनको सबै सम्पत्तिमा माओवादीले कब्जा गरेको थियो । र परिवारसँगको बिछोडले विक्षिप्त उनी माओवादी पार्टी त्यागेर आफ्नो पुरानै शिक्षण पेशामा फर्किने सुरमा थिए । त्यसपछि उनले माओवादीको साधारण सदस्यसमेत त्यागे । र नयाँ जीवनको मार्ग खोज्दै उनी साथीको सहयोगमा काठमाडौं छिरे र नागरिक आवाज नामक सामाजिक सेवामा दुई वर्ष काम गरे ।

गृहिणी महिलालाई प्रौढ शिक्षा 

शिक्षण पेशाप्रतिको आस्थालाई निरन्तरता दिन उनी २०६५ सालतिर काठमाडौंको जोरपाटीमा प्रौढ शिक्षा सञ्चालनतिर लागे । पछि जिल्ला शिक्षा कार्यालयबाट शिक्षक तालिम, अभ्यास पुस्तिकाबाट उनले शिक्षण पेशालाई निखार्दै लगे । त्यतिखेर प्रौढकक्षामा ७ सयभन्दा बढी महिलाहरू सहभागी भएका थिए ।

शुरुमा भुइँमा राखेर कक्षा सञ्चालन गरेका सूर्यबहादुरले पछि पढ्न आउने महिला थपिँदै गएपछि जिल्ला शिक्षा कार्यालयको समवन्यमा आदर्श महिला वैकल्पिक विद्यालय खोले । जोरपाटीमा ठाउँ अभावका कारण उनले दुई महिना अघिमात्रै जोरपाटीस्थित खाली जग्गा भाडामा लिएर अशिक्षित महिलाका लागि स्कूल सञ्चालन गर्दै आएका छन् । अहिले उनको स्कूलमा ९५ जना महिलाहरू पढ्न आउने गर्छन् ।

विद्यालयमा विज्ञान, गणित, अंग्रेजी, नेपाली, सामाजिक विषयमा पढाइ हुने गर्छन् । तेह्र वर्ष उमेरदेखि ७५ वर्षसम्मका वृद्ध पनि उनको कक्षामा विद्यार्थी छन् । जोरपाटी, थली, सुन्दरीजल, गोकर्ण र गोठाटार लगायतका ठाउँबाट महिलाहरू पढ्न आइपुग्छन् ।

बिहान पाँँच बजेदेखि सात बजेसम्म एउटा सिफ्ट र दश बजेदेखि बाह्रबजेसम्म अर्को सिफ्ट गरी दिनको दुई सिफ्टमा पढाइ सञ्चालन हुन्छन् । विद्यालयकी सबैभन्दा जेठी विद्यार्थी चै ७५ वर्षीया पासाङ शेर्पा हुन् । पहिला स्कूल ड्रेसको व्यवस्था गरेपनि घरबाट ड्रेस लगाएर महिलाहरूलाई बाहिर निस्कँदा खिस्याउने भएका कारण अहिले आउट ड्रेसमा नै पढाइ हुन्छ । अहिले त्यहाँको कक्षा पाँचवटा गु्रपमा सञ्चालन हुँदै आएका छन् ।

विद्यालयमा आठ तहसम्मको अनौपचारिक शिक्षा छ । त्यस स्कुलबाट पढेर यसै साल सोनु तामाङ, डोमा शेर्पाले एसएलसी तहसम्मको पढाइ पूरा गरेका उदाहरण पनि छन् ।

सासु बुहारी एउटै कक्षामा 

गृहिणी महिलाहरू विशेषतः घरायसी कामहरू सकेर मात्र स्कूलमा पढ्न आउने हुँदा उनीहरूको उपयुक्त समय अनुसार नै कक्षाहरू चलाइएका छन् । ‘एउटै कक्षामा सासु र बुहारी सँगै कक्षामा उपस्थित हुन्छन्,’ उनी सुनाउँछन्, ‘दुवै मिलेर होमवर्क गर्छन् र सँगै घर फर्कन्छन् ।’

पैतालीस वर्षीया अम्बिका नेपाली आफ्नो नाति बोकेर कक्षामा आउँछिन् । उनी खाना बनाइसकेर दश बजे कक्षामा आइपुग्छिन् । एक वर्षअघि मात्र कखरा सिकिरहेकी उनी अहिले भने नेपाली अक्षर लेख्न र पढ्न खप्पिस भइसकेकी छिन् । कतै जाँदाखेरी नहराउन र बोर्डहरू पढ्न पनि सजिलो भएको उनी बताउँछिन् ।

छोराछोरीलाई खाना खुवाएर स्कूल पु—याएर मात्र महिलाहरू स्कूल पुग्छन् । शिक्षकले दिएको ज्ञानी बच्चाले झैं होमवर्क गर्छन् । ‘कतिले पसल चलाउनलाई भएपनि मलाई हिसाब मात्र सिकाइदेउ भनी आउँछन् त्यसै अनुसार उनीहरूलाई सिकाउने गर्छु,’ सूर्यबहादुर भन्छन् ।

साग बेच्ने गीताले सिकिन् अंग्रेजी 

बौद्धमा सागसब्जी पसल थाप्दै आएकी गीता भुजेल कक्षा पाँचमा पढिरहेकी छन् । उनले हाँस्दै आफ्नो परिचय अंग्रेजीबाट दिइन् । ‘पहिलादेखि पढ्ने इच्छा भएपनि पढ्न नपाएको र अहिले स्कूलमा पढ्न पाउँदा खुशी लागेको छ,’ उनले भनिन् ।

बिहान दश बजेदेखि बाह्रबजेसम्म पढ्नका लागि पसल बन्द गरेरै आउँछिन् उनी । पढ्न आउनुअघि हिसाब गर्न नआउने अहिले उनी क्यालकुलेटर थिचेर हिसाब गर्न जान्ने भइसकेकी छिन् । अरूबेला पसल सकेपछि बेलुकी घरमा सरले दिएको होमवर्क गर्न भ्याउँछिन् ।

अहिले पढ्न आउने महिला धेरै भएका कारण त्यसै अनुसारको शिक्षकको व्यवस्थापन गर्न आर्थिक अभाव देखिएपछि स्वयंसेवक शिक्षकले पढाइरहेका छन् ।

कक्षा राम्रोसँग सञ्चालन गरिराखेको देखेर जोरपाटी नगरपालिकाले विद्यालयलाई दश जोर बेन्च सहयोग गरेका थिए भने एक भारतीय नागरिकले पाँच सेट बेन्च सहयोग दिएका थिए । कतिले झोला सहयोग गर्छन् । यसरी नै चलिरहेछ महिला विद्यालय । आफूलाई महिलाको लगनशीलता देखेर प्रेरणा मिल्ने सूर्य बताउँछन् ।

*अार्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x