×

NMB BANK
NIC ASIA

‘ठूला माछा’ नसमात्दै सुन काण्डको अनुसन्धान सक्ने तयारी : राजनीतिक कनेक्सन भेटिएन

असार १२, २०७५

NTC
Premier Steels

काठमाडौं, १२ असार– गृह मन्त्रायका सह–सचिव इश्वर पौडेल नेतृत्वको उच्चस्तरीय समितिले सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिन अन्तिम चरणमा पुर्याएको छ । 

Muktinath Bank

चैत २० गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार गठन भएको समितिले असार मसान्तसम्म सरकारलार्इ अन्तिम प्रतिवेदन बुझाउने गरी अनुसन्धान प्रक्रियालाई निष्कर्षतर्फ पुर्याउन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपत्ता पारिएको भनिएको तस्करीको साढे ३३ किलो सुनका भरिया भनिएका मोरङका सनम शाक्यको हत्या भएपछि सरकारले सुन तस्करी र सनमको हत्याबारे छानबिन गर्न समिति गठन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

समिति गठन भएपछि प्रहरीका बहालबाला उच्च अधिकारीसहित व्यवसायी गरी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । 

Vianet communication

मोरङ जिल्ला अदालतको थुनछेक बहसपछि सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गाेरेसहित ३१ जना प्रतिवादी मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने मुद्दा दर्ता भएकामध्ये ३० जना प्रतिवादी अझै फरार छन् । 

सुन तस्करी प्रकरणमा गोरेका सहयोगी भनिएका जग्गा व्यवसायी राम तिवारी, काठमाडौंमा घरजग्गा व्यवसाय गर्ने भारतीय नागरिक बिमल पोद्दार र रेस्टुरेन्ट व्यवसायमा संलग्न भनिएका अकबर साहसहितका नयाँ व्यक्ति पनि पक्राउ परेका छन् । 

पक्राउ परेका सबै व्यक्ति सुन तस्करीमा संलग्न रहेको प्रमाण फेला समितिको दावी छ । 

मुख्य लगानीकर्तासम्म पुग्नै गह्राे !

गृह मन्त्रालयको समितिले गरेको छानबिनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा २०४४–४५ सालदेखि नेपालमा सुन तस्करी हुने गरेको  तथ्य सार्वजनिक गरेको थियो । 

सो अवधिमा तस्करहरुले १७ अर्ब १ करोड ८० लाख ७१ हजार रुपैयाँ बराबरको ३८ क्विन्टल सुन तस्करी गरेको सरकारी वकिलले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । 

गृह मन्त्रालयको उच्च स्तरीय समितिले अहिलेसम्म एमके भनिने मोहन कुमार अग्रवाललाई सुन तस्करीको मुख्य लगानीकर्ता भनेको छ । सुन तस्करी प्रकरणका अभियुक्त भुजुङ गुरुङले समितिलाई दिएको बयानमा अग्रवालको मुख्य लगानीमा नेपालमा सुन तस्करी हुने गरेको बताएका थिए । 

समितिले छानबिनका क्रममा अग्रवाल नै सुन तस्करीका मुख्य लगानीकर्ता भएको प्रमाण फेला पारेको पनि बताउँदै आएको छ । तर अग्रवाल भने अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । 

सुनसरीका धरान उपमहानगरपालिका–१६ घर भइ काठमाडौंको अनामनगर बस्ने अग्रवाल सुन तस्करी प्रकरणको छानबिन शुरु भएपछि भारत भागको बताइन्छ । 

अग्रवालको खोजीका लागि भारतको राजधानी दिल्लीसहित आधा दर्जन बढी सहरमा नेपाल प्रहरीले ‘सर्च’ गरेपनि उनी फेला पर्न सकेका छैनन् ।

गृह मन्त्रालयको समितिले जेग २५ गते अग्रवालको घरमा छापा मारेर ३० लाख नगद, १० तोला सुन र २ किलो चाँदी बरामद गरेको थियो । समितिले अग्रवालको घरबाट केही महत्वपूर्ण कागजात फेला पारेको पनि बताएको थियो । 

अग्रवालका घरबाट बरामद भएका कागजातकै आधारमा समितिले पछिल्लो समय नेपालका ठूला व्यापारीसँगको साझेदारीमा काठमाडौंमा घरजग्गा व्यवसाय गर्ने बिमल पोद्दार र अर्का रेस्टुरेन्ट व्यवसायी अकबर साहलाई पक्राउ गरिएको समितिले जनाएको छ । 

पोद्दारले केही ठूला व्यवसायी र नेपाल प्रहरीका पूर्व एआईजीहरुको नाम पोलेपनि सुन तस्करीबारे भरपर्दो सूचना नदिएको समितिका सदस्य बताउँछन् । 

ठूला माछा कहाँ छन् ? 

गृह मन्त्रालयको छानबिन समितिले सुन तस्करीमा संलग्न उच्च व्यक्ति (ठूला माछा) पक्राउ पर्ने भनेर प्रचार गरेको धेरै भइसकेको छ । गृहमन्त्री स्वयंले समेत सुन तस्करीका ठूला माछा छिट्टै पक्राउ पर्ने घोषणा गरेका थिए । 

तर समिति स्रोतका अनुसार तस्करीका ‘ठूला माछा’को पहिचान नै हुन सकेको छैन । ‘कसलाई ठूला माछा भन्ने विषय नै यकिन भइसकेको छैन,’ गृह मन्त्रालयको छानबिन समितिका एक सदस्य भन्छन्, ‘अहिलेको सन्दर्भमा मोहनकुमार अग्रवाल ठूला लगानीकर्ता भएकाले ठूला माछा भन्न सकिएला । सुन तस्करीमा संलग्न अग्रवालभन्दा माथिल्लो तहका व्यक्तिबारे भरपर्दो तथ्य फेला परेको छैन ।’

पछिल्लो समय पक्राउ परेका पोद्दारबाट केही महत्वपूर्ण सूचना पाइने समितिको आश छ । तर उनले बयानमा सुन तस्करीबारे तथ्यगत कुराहरु बोल्ने मानेका छैनन् । 

‘राजनीतिक कनेक्सन’ हल्ला मात्रै ? 

चैत २० गतेको मन्त्रिपरिषद बैठकले गठन गरेको समितिको म्याद असार मसान्तसम्मका लागि तेस्रो पटक थपिएको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले तेस्रो पटकका लागि समितिको म्याद १ महिना थप गरेको हो । 

समितिका पदाधिकारीले तेस्रो पटक थपिएको म्याद अन्तिम पटक भएको बुझेका छन् । अहिले समितिले थप अनुसन्धानभन्दा पनि अहिलेसम्म भएका अनुसन्धान र अनुसन्धानमा फेला परेका तथ्य, प्रमाण र सूचनालाई समेटेर सरकारलाई बुझाउने प्रतिवेन बनाउनमा ध्यान केन्द्रित गरेको देखिन्छ । 

केही दिन अगाडिसम्म समितिका केही सदस्य र प्रहरीको टोली मोहनकुमार अग्रवालको खोजीका लागि भारतीय शहर सिलगुढी पुगेको थियो । अग्रवाल सिलगुढीमा रहेको भन्ने ‘भरपर्दो’ सूचनाका आधारमा त्यहाँ पुगेको टोली रित्तो हात काठमाडौं फर्कियो । त्यसपछि समितिले अग्रवालको खोजीलाई त्यति प्राथमिकतामा राखेको देखिँदैन । 

सुन तस्करीमा राजनीतिक दलका उच्च तहका नेताको सहभागिता रहेको भन्ने चर्चा चलेपनि समितिका सदस्य भने त्यस्तो कुनै प्रमाण फेला नपरेको बताउँछन् । अहिलेसम्म पक्राउ परेका कुनै पनि व्यक्तिले राजनीतिक दलका नेताको नाम नपोलेको समितिका सदस्यको भनाइ छ । 

‘राजनीतिक कनेक्सनका विषयमा बाहिर हल्ला चलेजस्तो कुनै तथ्य भेटिएको छैन,’ समितिका एक सदस्य भन्छन्, ‘अहिलेसम्म पक्राउ परेका व्यक्तिले दिएको बयानमा पनि राजनीतिक कनेक्सनको कुनै संकेत देखिँदैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x