×

NMB BANK
NIC ASIA

म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने सरकारी तयारी, व्यवसायी भन्छन्– 'कुनै हालतमा मान्दैनौं'

साउन १८, २०७५

NTC
Premier Steels

काठमाडौं –सरकारले कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूको धरौटी रकम ६ करोड पुर्‍याउने तयारी गरेको छ ।

Muktinath Bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ बन्न लागेको वैदेशिक रोजगार ऐनमा म्यानपावर कम्पनीको धरौटी ६ करोड बनाउने प्रस्ताव अघि सारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्यानपावर कम्पनीहरूलाई मर्जरमा जाने विकल्पसहित सो प्रस्ताव गरिएको श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दहालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘संशोधन हुन लागेको ऐनमा समेटिने गरी म्यानपारको धरौटी ६ करोड पुर्‍याउन लागिएको हो,’ उनले लोकान्तरसँग भने, ‘कम्पनीहरूलाई गाभिन पाउने व्यवस्था गरेर ३ महिनासम्ममा ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागेका छौं ।’

Vianet communication

परिमार्जित वैदेशिक रोजगार ऐनको विधेयक असोज ३ गतेसम्ममा मन्त्रिपरिषद्बाट पारित हुने बताइएको छ । असोज ३ गतेसम्ममा वैदेशिक रोजगार ऐन संशोधन भएमा म्यानपावर कम्पनीले ६ करोड धरौटी बुझाएर मात्र कम्पनी सञ्चालन गर्न पाउनेछन् ।

वैदेशिक रोजगारीमा जाने कामदारसँग केही म्यानपावर कम्पनीले ठगी गर्ने गरेको र कम रकम धरौटी हुँदा पीडितलाई राहत दिन नसकिएको भन्दै सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउन लागेको हो ।

म्यानपवार कम्पनीको धरौटी बढाएमा ठगीमा परेका कामदारलाई न्याय दिन सहज हुने मन्त्रालयको ठहर छ । मन्त्रालयले गरेको प्रस्ताव पारित भएका वैदेशिक रोगजारीमा जाने कामदार ठगीमा पर्ने सम्भावना कम हुने र वैदेशिक रोजगारीमा रहेका विकृतिहरू कम हुने श्रम मन्त्रालयका प्रवक्ता दहालले बताए ।

नेपालमा २ हजारभन्दा बढी म्यानपावर कम्पनी दर्ता भएर सञ्चालनमा छन् । हाल म्यानपावर कम्पनी दर्ताका लागि अनुमति लिन ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टी हुनुपर्ने व्यवस्था छ । बैंकहरूले म्यानपावरलाई सजिलै ग्यारेन्टी दिने गरेकाले नेपालमा म्यानपावर कम्पनीहरू खुल्ने क्रम बढ्दै गएको छ । जसका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरू ठगिने क्रम पनि बढिरहेको छ ।

यस्तै म्यानपावर कम्पनीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्नेको संख्यामा पनि उत्तिकै छ । कामदारहरू ठगिने क्रमलाई घटाउन श्रम मन्त्रालयले नयाँ व्यवस्था ल्याउन लागेको हो ।

म्यानपावर व्यवसायीको आपत्ति

वैदेशिक रोजगार व्यवसायीहरूले भने सरकारको यो प्रस्तावलाई ठाडै अस्वीकार गर्ने बताइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले भनेको ६ करोड धरौटी रकम तिर्न आफूहरू तयार नहुने बताए ।

‘सरकारले धरौटी बढाएपछि हामीले लगानी उठाउन कामदारसँग झनै बढी पैसा लिनुपर्ने हुन्छ, यसले त कामदारलाई झनै आर्थिक भार पर्न जान्छ, त्यसैले यो कामदारको हितमा पनि छैन,’ अध्यक्ष गुरुङले भने, ‘सरकारले ६ करोडको प्रस्ताव फिर्ता लिनुपर्छ यही ६ करोड धरौटी बनाए पनि हामी तिर्दैनौं ।’

उनले धरौटी बढाउँदैमा वैदेशिक रोजगार क्षेत्रको विकृति कम नहुने बताए । सरकारले नै मनपरी ढंगले इजाजतपत्र दिएकाले वैदेशिक रोजगारीको क्षेत्रमा विकृति बढेको उनको ठहर छ । सरकारले एउटै म्यानपावर व्यवसायीलाई २२ पटकसम्म इजाजत पत्र दिएको दाबी गर्दै उनले सरकारले म्यानपावर सञ्चालनको नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने बताए ।

‘धरौटी बढाउँदैमा वैदेशिक रोजगार क्षेत्रको विकृति कम हुँदैन । सरकारले नै एउटै व्यक्तिलाई २२ वटासम्म लाइसेन्स दिएको छ । एउटै व्यक्तिको नाममा दुईभन्दा बढी इजाजत डेढ सयभन्दा बढी छ,’ अध्यक्ष गुरुङले भने, ‘सरकारले त्यसलाई तत्काल खारेज गर्नुपर्छ । दुई वर्षसम्म सयजना पनि कामदार विदेश नपठाउने कम्पनीको नवीकरण बन्द गरिनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x