×

NMB BANK
NIC ASIA

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रवारसम्म ४४ दिन पुगिसकेको छ । तर घटनामा संलग्न वास्तविक अभियुक्त अझै पक्राउ परेका छैनन् । 

Muktinath Bank

स्थानीयको दाबीलाई मान्ने हो भने प्रहरीले निर्मलाको बलात्कारपछि हत्यामा संलग्न वास्तविक अभियुक्तलाई बचाउन मानसिक स्वास्थ्य ठीक नभएको भनिएका दिलीप सिंह बिष्टलाई दोषि प्रमाणित गर्ने चलखेल गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्मलाका वास्तविक हत्यारा सार्वजनिक गरी कारबाहीको माग गर्दै भएको आन्दोलनलाई प्रहरीले गोलीले नै दबाउन खोजको थियो । प्रहरीको दमनका क्रममा गोली लागेर १ जना बालकको मृत्यु समेत भयो । 


Advertisment
Nabil box
Kumari

निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै कञ्चनपुर प्रहरीले भदौ ३ गते भीमदत्त नगरपालिका–१९ बागफाँटाको ४१ वर्षीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी दोस्रो दिन (भदौ ४ गते) सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्यो । 

Vianet communication
Laxmi Bank

प्रहरीले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तीमै दिलीपको मानसिक अवस्था ठीक नभएको भनिएको थियो । दिलीप पक्राउ गरिएपछि स्थानीयले वास्तविक हत्यारालाई जोगाउन मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई पक्राउ गरिएको भन्दै आन्दोलन चर्काएका थिए । 

आन्दोलनकै  क्रममा प्रहरीको गोली लागेर स्थानीय सनी खुनाको ज्यान गयो । न्याय माग्दै भएको आन्दोलनमा एकजनाको ज्यानै गएपछि सरकार केही गम्भीर भयो । 

बिष्टको मानसिक अवस्था परीक्षण काठमाडौंमा

स्थानीयले आन्दोलन चर्काएपछि गृह मन्त्रालयले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली बिष्टलाई निलम्बन गर्यो भने प्रमुख जिल्ला अधिकारीको सरुवा गर्यो । नयाँ सिडियो र प्रहरी प्रमुख खटाइएपछि निर्मलाको हत्यामा संलग्न भनेर पक्राउ परिएका बिष्टको मानसिक अवस्था परीक्षण गर्ने भनेर भदौ १२ गते (मंगलवार) काठमाडौं ल्याइयो । 

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञले ९ दिनसम्म दिलीपको निगरानी गरेर रिपोर्ट तयार गरिसकेका छन् । अस्पतालका तर्फबाट बिहीवार प्रहरीलाई रिपोर्ट पनि बुझाइसकिएको छ । 

स्वास्थ्य परीक्षणमा प्रहरीको हस्तक्षेप

मानसिक स्वास्थ्य परीक्षणका लागि कुनै उपकरणको प्रयोग हुँदन । नेपालमा त्यस्ताखाले कुनै उपकरण पनि छैनन् । चिकित्सकहरुले रोगीको बानी–व्यवहारहरुको अध्ययन गरी मानसिक रोगको अवस्थाबारे पत्ता लगाउने गर्छन् । 

विश्वभरमै प्रचलनमा रहेको विषय के हो भने, मानसिक स्वास्थ्य ठीक नभएका व्यक्तिको अवस्था परीक्षणका लागि उसलाई जतिसक्यो खुला वातावरण दिनुपर्छ । बिरामीलाई खुला वातावरणमा उपलब्ध गराएर उसले गर्ने व्यवहारबाटै चिकित्सकहरुले उसको मानसिक स्वास्थ्यको अध्ययन गर्ने गर्छन् । 

तर मानसिक स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका दिलीप बिस्टका लागि भने त्यस्तो कुनै खुला वातावरण उपलब्ध गराइएन । चिकित्सकहरुले पटक पटक दिलीपलाई खुला वातावरण उपलब्ध गराउनुपर्ने भन्दा पनि प्रहरीले मानेन् । 

‘हातमा हत्कडी र नेल लगाएर कुनै बिरामीको मानसिक स्वास्थ्य अवस्था कस्तो छ भनेर हामीले कसरी अध्ययन गर्ने ?’ दिलीपको मानसिक स्वास्थ्य परीक्षणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले लोकान्तरसँग भने, ‘हातमा लगाएको हत्कडी र नेल खोलिदिन भनेर पटक–पटक आग्रह गरेका थियौं । तर यहाँका प्रहरीले माथिको आदेश भन्दै उसको हातमा लगाएको हत्कडी र नेल खोल्न मानेनन् ।’ 

शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागले दिलीपको हातमा हत्कडी लगाइएकाले उनको मानसिक स्वास्थ्य अवस्थाको अध्ययन गर्न अप्ठेरो परेको भनेर अस्पताल प्रशासनलाई पनि जानकारी गराएको थियो । तर प्रहरीको दवावका कारण प्रशासनले पनि कुनै कदम चाल्न सकेन । 

‘हामीले प्रशासनमा पनि दिलीपको हत्कडी खोलेर खुला ठाउँमा राखेर उसका बानी–व्यवहारको अध्ययन गर्न पाउनुपर्ने भनेर प्रशासनको पनि ध्यानाकर्षण गराएका थियौं,’ लोकान्तरको सम्पर्कमा आएका त्रिवि शिक्षण अस्पतालको मानकिस स्वास्थ्य विभागका एक चिकित्सकले भने, ‘प्रशासनबाट पनि प्रहरीको केस हो, हामीले निर्णय गर्न सकिन्न भन्ने खालको प्रतिक्रिया आयो ।’

भीआईपी अभियुक्त जोगाउने खेल

साउन १० गते साथी (रोशनी बम)को घर गएकी निर्मला दोस्रो दिन (साउन ११ गते) उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मला बेपत्ता भएकै दिन खोजीका लागि चासो नदिएको प्रहरीले निर्मलाको हत्या भएको २४ दिनपछि दिलीपलाई पक्राउ गरेको थियो । 

दिलीपलाई पक्राउ गरेपछि स्थानीयले चर्को विरोध गरे । आन्दोलन भयो । आन्दोलनमा प्रहरीले चर्को दमन गर्यो । प्रहरीको गोली लागेर सनीको मृत्यु भयो । 

न्यायका लागि भएको आन्दोलनमा एकजनाको ज्यान नै गइसकेपछि सरकार केही गम्भीर देखियो । सरकार गम्भीर देखिएपछि स्थानीयमा पनि बास्तविक हत्यारा पक्राउ पर्ने आसा पलाएको थियो । 

तर जति जति समय बित्दै गएको छ, त्यति नै निर्मला पन्तका बास्तविक हत्यारालाई जोगाउने खेल हुँदै गइरहेको स्थानीयको बुझाइ छ । 

दिलीपको मानसिक स्वास्थ्य परीक्षणदेखि स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकलाई समेत अनावश्यक दवाव दिने प्रहरी व्यवहारले दिलीपलाई नै दोषी करार गरी बास्तविक अभियुक्तलाई जोगाउने खेल भइरहेको बुझ्न गाह्रो छैन । मंगलवार दिलीपलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेकी भतिजी रितुले काका (दिलिप)सँग राम्ररी कुरा समेत गर्न नदिइएको बताइन् । 

‘हामीले कुरा गर्न खोज्दा पनि प्रहरीले गर्न दिएनन् । काकाले मलाई एक चिठ्ठी दिन खोज्नु भएको थियो । चिठ्ठीको शीर्ष भागमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर लेखिएको थियो,’ रितुले लोकान्तरसँग भनिन्, ‘मैले पत्र समाते पढ्न खोज्दा त्यहा खटिएका प्रहरीले खोसिदिए ।’

दिलीपका बुवा ८२ वर्षीय अम्मानसिंह बिष्टले निर्मलाका बास्तविक हत्यारालाई बचाउन आफ्नो छोरालाई फसाउन खोजिएको बताए । ‘काठमाडौंको अस्पतालबाट डाक्टरहरुले हिजो (बुधवार) फोन गरेर दिलिप ठीक नभएको भनेर भने,’ हाल पुख्र्यौली घर डडेल्धुराको अमरगढीमा रहेका अम्मानसिंहले टेलिफोन सम्पर्कमा लोकान्तरसँग भने, ‘मान्छेले झर्केर बोल्दा पनि डराउने मेरो छोरालाई प्रहरीले पिटि पिटी नगरेको अपराध पनि कबूल गराउन खोजेका छन् ।’

दिलीपका दाई खड्कसिंह बिष्टले अस्पतालले दिलीपको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट आफूहरुलाई पनि दिन खोजेको भएपनि प्रहरीले रिपोर्ट गोप्य राख्न लगाएको बताए । ‘अस्पतालले परिवारका सदस्यलाई पनि उनको स्वास्थ्य रिपोर्ट दिन्छौं भनेको थियो,’ कञ्चनपुरमा रहेका दिलीपले टेलिफोन कुराकानीमा भने, ‘तर अहिले प्रहरीका दवावका कारण हामीलाई नदिने भनिएको छ ।’

दिलीपकी भतिजी रितुले बुधवार साँझ शिक्षण अस्पतालका एक चिकित्सकले रिपोर्ट दिने बताए पनि बिहीवार साँझ आफूहरुलाई रिपोर्ट दिन नमिल्ने प्रतिक्रिया पाइएको बताइन् । 

‘बुधवार एक चिकित्सक (नाम गोप्य राखिएको छ)ले हामीलाई पनि रिपोर्ट दिइने भनेर आफैं फोन गर्नुभएको थियो,’ रितुले लोकान्तरसँग भनिन्, ‘आज (बिहीवार) रिपोर्टका बारेमा कुरा गर्दा एक महिला डाक्टरले दिन नमिल्ने भनेर फोन काट्नुभयो ।’

भीआईपी संदिग्धसँग सोधपुछ मात्रै ? 

निर्मला पन्तको हत्यामा जोडिएका दुई प्रमुख पात्र हुन, निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता भनिने अनिता बम । दुवै बहिनी अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले उनीहरुको बयान लिएर अनुसन्धान गरिरहेको जनाएको छ । तर, उनीहरुसँग जोडिएका अन्य दुई पात्रलाई भने अझै पनि अनुसन्धानको दायरमा ल्याउन खोजिएको छैन । 

ती दुईजना ‘भीआईपी संदिग्ध’ हुन्, कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित एसपी डिल्ली बिस्टका छोरा किरण बिस्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका दाई (कांग्रेस नेता भुपेन्द्र बिस्ट)का छोरा आयूष बिस्ट । किरण र आयूष पटक पटक बम दिदीबहिनीको घरमा आउने जाने गरेको स्थानीयले नै बताउँछन् । 

स्थानीयका अनुसार निर्मला आफ्नो घरबाट बम दिदीबहिनीको घर गएको दिन पनि मेयरका भतिजा आयूष बम दिदीबहिनीको घर बाहिर देखिएका थिए रे । स्थानीयहरु घटनका सम्बन्धमा किरण र आयूषलाई पक्कै पनि केही न केही थाहा भएको बताउँछन् । तर, प्रहरीले भने उनीहरुसँग सोधपूछ मात्रै गरेको छ । 

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायत घटनामा उनीहरुको संलग्नताबारे कुनै तथ्य फेला नपरेको बताउँछन् । घटनामा उनीहरुको संलग्नता रहेको भन्ने चर्चा चलेपछि सोधपुछ गरेको बताउने एसपी कडायत उनीहरुलाई नियन्त्रणमै लिएर बयान लिने अवस्था नरहेको दाबी गर्छन् । 
 
‘हालसम्म उनीहरूबाट कुनै ठोस प्रमाण र कनेक्टीभिटी पाएका छैनौ । जुनकारण उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति देखिएको छैन,’ एसपी कडायतले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x