असोज २०, २०८०
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
एउटा लेख लेख्ने मन थियो । ‘लेखेर देऊ म छापिदिन्छु’ भनि पत्रिकामा काम गर्ने पत्रकार साथीले पनि भन्थ्यो । धेरै समय सोचेर बसें । लेखौं त कुन विषयमा लेखौं ?
राजनीतिको विषयमा लेखौं त त्यो आफ्नो रुचिको विषय नै परेन । अनि यस विषयमा रुचि राख्ने र कलम चलाउनेको संख्या अनगिन्ती छन् ।
वैदेशिक रोजगारीको विषयमा लेखौं । आफू न कहिले वैदेशिक रोजगारीमा गइएको छ, न भविष्यमा जाने रहर वा चाहना नै छ । सुशासनको विषयमा लेखौं त देशमा सुशासनको झिल्को समेत भेट्टाउन सकिएको छैन । जताततै बेथिति र भ्रष्टाचार व्याप्त छ । पद र पहुँचवालाकै हालीमुहाली चल्ने गर्छ सबैतिर ।
शासन प्रशासन विगतमा पनि चलेकै थियो । अहिले पनि चलिरहेकै छ । देशमा सुशासन पूर्णरुपमा कायम हुन अझै निकै समय कुर्नुपर्ने देखिन्छ । विगत र हाल फरक त्यति छ कि पहिला शासन काठमाडौंको सिंहदरबारमा केन्द्रित थियो । अहिले सिंहदरबार गाउँगाउँसम्म पुगेको छ ।
पहिला एउटाले केन्द्रीकृत शासन सत्ताको लगाम समातेको थियो । अहिले विकेन्द्रीकृत शासन सत्ताको लगाम समात्ने हातहरू थपिएका छन् । थपिएका हातहरूले एकदिन त अवश्य सुशासन कायम गर्लान् । अहिले भने सुशासनको विषय त्यति उल्लेखनीय तहमा पुग्न सकेको छैन ।
त्यसकारण मलाई लाग्यो म समाजको विषयमा लेख लेख्छु । समाज परिवर्तन एवं समाज रुपान्तरणको विषयमा लेख्छु । हो, हाम्रो समाज समयक्रमसँगै निकै नै परिवर्तित भएको छ । चालचलन, रहनसहन, लवाइखवाई निकै फेरिएको छ नेपाली समाजको ।
चाडबाड मनाउने तरिका बदलिएका छन् । सूचना प्रविधिमा पहुँच बढेको छ । देश विदेशमा आफन्त र साथीभाइ छरिएका छन् ।
आधुनिकताले झकिझकाउ बनेको छ हाम्रो नेपाली समाज । तर पनि बिडम्बना गाउँगाउँमा बोक्सी, छाउगोठ, जातीय विभेद एवं छुवाछुतजस्ता कुरीति अझै कायम नै रहेको समाचार आउन बन्द हुनसकेको छैन । अपहरण, हत्या एवं बलात्कारका शृङ्खला दोहोरिरहेका छन् हाम्रो नेपाली समाजमा । पहिरन र पहिचान पूरै फेरिएको छ हाम्रो नेपाली समाजको । तर सोही अनुरुप विचार, विवेक र आचरण फेरिन सकेको छैन ।
आदिवासी, महिला, मुस्लिम, शोषित पीडित एवं दलितका हकहितको विषयमा आवाज उठाउने संस्थाको संख्या बढेका छन् । ती संस्था चलाउनेको आर्थिक एवं सामाजिक हैसियत पनि बढेको देख्न सकिन्छ । तर जसका निम्ति ती संस्थाले काम गरिरहेका छन् के वास्तवमै त्यो पक्षको प्रगति आशातीत रुपमा भएको छ त ? प्रश्न अनुत्तरित नै छ । अतः यस विषयमा पनि कलम चलाउन खासै जाँगर नै चलेन मलाई ।
त्यसपछि सोचे अब म मधेशको विषयमा लेख लेख्छु । आँखिर आफू पनि त त्यहीँको रैथाने आदिवासी जातिको सदस्य नै परियो । आफ्नै अनुभव कोर्न थाले पनि एउटा सानोतिनो लेख त कसो तयार नहोला ? हाम्रो मधेशमा विगतमा पनि चर्को घाम लाग्थ्यो । अहिले पनि उत्तिकै गर्मी हुने गर्छ त्यहाँ । विगतमा पनि जाडोयाममा कठ्यांग्रिँदो शीतलहरले मधेसवासी गरीब जनताको ज्यान लिने गर्थ्यो, अहिले पनि जाडोयामको पीडा लगभग उस्तै हुन्छ त्यहाँ । विगतमा काठमाडौंले शासन चलाउँदा पनि त्यहाँका बहुसंख्यक गरीब जनता पिछडिएका र पछाडि पारिएका थिए । अहिले लामो समयको राजनीतिक खिचातानीपछि गठित स्थानीय एवं प्रदेश सरकारले शासन सत्ता र राजपाठ सम्हाल्दा पनि तात्विक भिन्नता अनुभूत गर्न पाएका छैनन् मधेशी जनताले ।
हो, सिंहदरबार हाम्रो मधेशमा पनि अवश्य नै आइपुगेको छ अहिले । अब सिंहदरबार मधेशतिर पनि झरेर आएपछि स्थानीय सिंहदरबारको पदाधिकारीको सुखसुविधाको मामलामा हाम्रो मधेशले पनि त ध्यान दिनैपर्यो । त्यसका लागि गर्ने के त भन्दा आफू खान लाउन नपाएपनि सिंहदरबार सञ्चालनका लागि योगदान त दिनैपर्यो । स्थानीय सिंहदरबारका लागि राशनपानी एवं लाखौं पर्ने घोडागाडीको व्यवस्था त गरिदिनैपर्यो । यी सबै काम गर्न अर्थको जोहो कहाँबाट व्यवस्था गर्ने भन्दा त्यहीँ मधेसको जनताको गाँस काटेर भएपनि कर तिरेर आफ्नो क्षेत्रको सिंहदरबारलाई सञ्चालन गर्नुपर्यो ।
विकेन्द्रीकृत शासनसत्ता अन्तर्गतको संघीयता हाम्रो मधेशलाई पनि चाहिएकै थियो । मधेसवादी दलका नेतालाई मुख्यमन्त्री, प्रादेशिक मन्त्री, मेयर, उपमेयर बन्ने लालसा पलाएकै थियो । अब अहिले टोक्नु न बोक्नुभएको छ मधेसका गरीब जनतालाई । यस्तै चलिरहेको छ हाम्रो मधेशतिर वर्तमान समयमा ।
नयाँ–नयाँ श्री ३ र श्री ५ हरूलाई पाल्न धौं–धौं परिरहेको छ त्यहाँका गरीब मधेसवासी जनतालाई । दिक्क भएर मधेशको बिषयमा लेख लेख्ने विचार पनि छोडिदिएँ ।
केही समयको अन्तरमनको विचार मन्थनपछि झल्यास्स विचार फुर्यो । अब म सपनाको विषयमा लेख लेख्छु भनेर । आँखिर अहिलेसम्म अरु केही गर्न नसके नि सपना देख्ने कामलाई भने निरन्तरता दिँदै आइएको छ ।
मेरो सपना सानैदेखि ठूलो मान्छे बन्ने रहेको थियो । उमेर र उचाईमा मात्र नभई शैक्षिक, सामाजिक एवं आर्थिक रुपमा पनि । सोही अनुरुप प्रयास पनि गरिँदै आइएको छ हालसम्म पनि । तर सपना देख्न र जीवनको लक्ष्य निर्धारण गर्न जति सजिलो हुन्छ, त्यसलाई प्राप्त गर्न भने त्यति सरल र सहज हुँदैन भन्ने कुरा अहिले आएर बुझिँदैछ । सपना पछ्याउने मार्गमा अघि बढ्दा निकै उकालो, ओरालो, तातो घामको राप एवं असफलताका अनगिन्ती घुम्तीहरू पार गर्दै हण्डर खाँदै अघि बढ्नु पर्दो रहेछ । तब मात्र आफूले देखेको सपना र लक्ष्य प्राप्त गर्न सकिँदो रहेछ ।
यसक्रममा आत्मविश्वासले कहिलेकाहीँ साथ छोड्न पनि खोज्छ । मन अतालिन पनि सक्छ । जीवनको कुनै मोडमा विभिन्न परिस्थितिले गर्दा आफ्नो लक्ष्य एवं सपना प्राप्ति असम्भव पनि लाग्न सक्छ । तर प्रयास भने जारी राख्नु पर्दछ । एकदिन आफूले राखेको लक्ष्य एवं देखेको सपना अवश्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा मलाई पूर्णविश्वास छ ।
सपनाको विषयमा कुरा गर्दा किन–किन त्यसै अलि भावुक हुन पुग्छु म । भक्तराज आचार्यले गाउनुभएको गीतमा जस्तै मलाई पनि ‘हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहरजस्तो फेरि भएर आउँछ । अल्झे कहीँ त के भो बाटो भुलेको छैन, भत्किसकेको विश्वास फेरि भएर आउँछ ।’
एउटा राम्रो लेख लेख्छु भन्दाभन्दै प्रसङ्ग एवं भावनाको बहाव अन्तै मोडिन पुग्यो । माफ गर्नुहोला पाठकवृन्द यसपटक कुनै विषयमा केन्द्रीत भएर लेख लेख्नै सकिएन । फेरि अर्को पटक अवश्य प्रयास गर्नेछु । धन्यवाद !
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...
जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...
दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...
(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...