×

NMB BANK
NIC ASIA

एसईईको चटारोमा माननीय : अर्थशास्त्रको परिभाषादेखि गणितका सूत्र घोक्दै शान्ता चौधरी

फागुन १४, २०७५

NTC
Premier Steels

काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १० गतेबाट शुरू हुँदैछ । देशभरका साढे ५ लाखभन्दा बढी विद्यार्थी एसईईको अन्तिम तयारीमा छन् ।

Muktinath Bank

सोही परीक्षाका लागि तयारीमा व्यस्त एक विद्यार्थी हुन्, प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानको धारा-उपधारा तथा कानूनका दफा-उपदफासँग नजिक रहेर संवैधानिक काममा सक्रिय ३८ वर्षीया शान्तालाई अर्थशास्त्रको परिभाषा घोक्नु परेको छ ।


Advertisment
Nabil box
Kumari

त्यतिमात्र हैन अंग्रेजीको ग्रामरदेखि गणितका सूत्रहरू समेत नबिराइ कण्ठ गर्नुपरेको छ ।

Vianet communication

उनको दिनचर्या आफैंमा व्यस्त छ । राजनीतिक कामको सिलसिलामा कहिले कता, कहिले कता जानुपर्छ । भाषण गर्नुपर्छ । संसद् भवनभित्र सांसदहरूलाई बोल्ने समय उपलब्ध गराउने जिम्वेवारी त छँदैछ । यस्तो अवस्थामा परीक्षाको तयारी गर्नु के सहज हुन्थ्यो र !

परीक्षा तयारीबारे बुझ्न मंगलवार उनकै निवासमा पुग्दा शान्ता अध्ययनमा व्यस्त थिइन् । किताब हेरेर पढ्थिन् । महत्त्वपूर्ण कुरा कापीका पानामा टिप्थिन् । तयारी चलिरहेकै थियो । 

परीक्षाको तयारी कस्तो चल्दैछ ? भन्ने प्रश्नमा उनले भनिन्- 'काम धेरै छ । थकान पनि छ । तर नपढी परीक्षा दिने कुरा पनि भएन । कहिलेकाहीँ त रातको १ बजेसम्म पनि पढ्छु ।'

उनले थपिन्, 'राजनीतिसँगै किताबसँग पनि मेरो प्रेम छ । देशका लागि र जीवनका लागि यो आवश्यक छ ।'

पूर्व कमलरी समेत रहेकी चौधरी संविधान सभामा प्राकृतिक स्रोत साधन समितिको सभापति थिइन् । संसदीय समितिको सभापति कुशल ढंगले चलाएकी शान्ताले कमलरीदेखि संसद्‍सम्म पुस्तक पनि लेखिन्, जुन पुस्तकले निकै चर्चा पायो र सम्पूर्ण कमलरीहरूको आवाज बोल्यो ।

उनलाई अर्को किताब पनि लेख्ने रहर छ । 'अर्को किताब पनि लेख्ने मन छ । पहिला गाह्रो थियो अब लेखपढ गर्न सहज भएपछि किताब लेख्न पनि झन् सहज होला भन्ने लाग्छ ।'

उनी निकै मेहेनत गरेर पढ्छिन्, तर केही समयमै पढेको कुरा बिर्सिन पुग्छिन् । 'पढ्न अल्छी त लाग्दैन, पढ्दै जान्छु, तर केही समयपछि पहिले पढेका कुरा सबै बिर्सिसकेको हुन्छु,' उनले लोकान्तरसँग भनिन्, 'टुप्पी कसेर पढौं भने नि टुप्पी छैन, धेरै गाह्रो छ ।'

छोराछोरी प्लस टु पढ्दैछन्, तर शान्ता छोराछोरीलाई भेट्टाउन खोज्दैछिन् । आफू अनपढ हुँदा पहिलो संविधानसभामा बेहोर्नुपरेको अवहेलना र समस्याले पढ्ने ईख जागेको शान्ता बताउँछिन् ।

उनी तत्कालीन एमालेबाट समानुपातिक कोटामा सभासद् चुनिएकी थिइन् । त्यो समयमा आफ्नै सहयात्रीहरूबाट समेत अपहेलित हुनुपरेको तीतो अनुभव उनीसँग छ ।

कमलरी जीवनबाट मुक्त भएसँगै भूमिअधिकार आन्दोलनमा लागेकी शान्ता चौधरी संविधानसभाको निर्वाचन २०६४ मा समानुपातिकतर्फ नेकपा एमालेबाट सभासद् बनेकी थिइन् ।

प्रौढ कक्षामात्र पढेकी उनी संविधानसभा भवनभित्र छिर्दै गर्दा मुस्किलले आफ्नो नाम लेख्न सक्थिन् ।

८ वर्षको उमेरदेखि कमलरी बसेकी उनलाई साहुले पढाउनुपर्छ भन्ने सदासयता कहिल्यै देखाएनन् । २०३७ सालमा जन्मिएकी उनी आठ वर्षको उमेरमै कमलरी बनिन्, १६ वर्ष नपुग्दै बिहे भएको थियो ।

क्यान्सर रोगलाई जितेर उपचारबाट तंग्रिएकी चौधरी १८ वर्षसम्म कमलरी बसिन्। 

संविधानसभामा प्रवेश गरेपछि उनलाई पढ्नुपर्ने रहेछ भन्ने महसूस भयो । त्यसपछि अनौपचारिक रूपमा अध्ययन गरेपछि उनी औपचारिक रूपमा सिधै कक्षा ८ मा भर्ना भइन् ।

त्यहीँबाट अघि बढेको उनको औपचारिक अध्ययन एसईईको पूर्वसन्ध्यामा पुगेको छ । शान्ताले यसपटक महेन्द्र मावि तुल्सीपुर दाङबाट एसईई परीक्षा दिँदैछिन् ।

शुरूमा पढाइ नभएका कारण अपहेलित बनेकी शान्ताको अवस्था अहिले फेरिएको छ । उनले अंग्रेजी बोल्न, लेख्न र बुझ्न पनि थालेकी छिन् ।

दाङबाट शुरू भएको उनको जीवन यात्रा अनेकौं रूपहरूमा बदलिँदै गयो । सामान्य कमलरीदेखि देशको हाइ-प्रोफाइल बन्न सफल शान्ताले उच्च शिक्षा अध्ययन गर्ने सपना पनि साँचेकी छिन् ।

पक्कै पनि उनको यस्तो अठोट सबैका लागि प्रेरणादायी बन्न सक्छ । औपचारिक अध्ययनका लागि उमेर र पेशाले कुनै फरक पार्दैन भन्ने उदाहरण पनि हो यो ।

मानिसले जीवनमा अनेकौं संघर्षहरू गर्नुपर्छ । शान्ता चौधरीको संघर्ष मनन गर्न लायक छ ।

माननीय शान्ता चौधरीको परीक्षा राम्रो होस् । राम्रो ग्रेड ल्याएर उत्तीर्ण होउन्, शुभकामना !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x