×

NIC ASIA

सन्दर्भ : अन्तर्राष्ट्रिय महिला दिवस

हलो जोत्ने महिला वासुदेवीको कथा : कालोमोसो दल्नेसँग हातेमालो गर्दै विकास निर्माणमा

फागुन २४, २०७५

Prabhu Bank
NTC
Premier Steels

धनगढी– ‘असारको महिना थियो । चारैतिर रोपाइँको चटारो थियो । छरछिमेक सबैले धानको बिर्ना राखिसकेका थिए । तर हाम्रो राख्नै बाँकी थियो । छोरीलाई भने – जा छोरी तेरो बुवालाई पल्लो घरबाट बोलाएर ल्या, बरु सानै धानको बिउ राखेर रोपौंला । पानी आयो । ३ चोटी पठाए । आई दिएनन् । पहिला त आमाछोरी कोदालोले खन्यो । नसकेपछि छोरीलाई जा गोरु खोल म जोत्छु भने । पछि मैले राम्रोसँग खेतमा किलवाई र पटेला लगाए । एकछिनपछि आफ्नै श्रीमान्सहित पूरै गाउँले मिलेर घेरे । कालोमोसो दले । जुत्ताका माला लगाए । अनेकथरी व्यवहार गर्दै गाउँबाट निकाला गरे,’ वासुदेवी सुनारले ८ वर्षअघि आफ्नै जीवनमा घटेको अमानवीय, दर्दनाक घटनाक्रमलाई सुनाउँदै आँशु झारिन् ।

कैलालीको गौरीगंगा नगरपालिका–४ सिप्रान टोलीकी ५० वर्षीया वासुदेवी सुनार २०६७ साल असार ७ गते रहरले होइन, बाध्यताले हलो जोतेकी थिइन् । तर बदलामा आफ्नै श्रीमानसहित पूरै बस्तीबाटै निकाला भइन् । विक्षिप्त भइन् । साहाराविहीन बनिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सत्य लुकाउन र गलतका अगाडि झुक्न नजानेकी उनै वासुदेवी आजभोलि त्यसै समाज सुधारको अभियानमा जुटेकी छिन् । आफैंमाथि कालोमोसो खन्याउने गाउँलेसँग हातेमालो गरी विकास निर्माणमा कम्मर कसेकी छिन् ।


Advertisment
Rupse Holidays
Nabil box

‘हाम्रो ठाउँमा राम्रो विकास भएको छैन । त्यसैमा विभिन्न खाले विकृति छन् । हरेक दृष्टिले टोलको सुधार गर्नुछ । विकास गर्नुछ । छोरीहरूलाई पढाएर अगाडि बढाउनु पनि छ । अन्तिम साससम्म गर्छु–गर्छु,’ गलासम्म पुगेका आँशु पुछ्दै वासुदेवीले भुइँमा मुठ्ठी बजारिन् ।

Vianet communication

हलो काण्डको पृष्ठभूमि

वासुदेवीको विवाह ०४६ सालमा वीरबहादुर सुनारसँग भएको थियो । दाम्पत्य जीवनको शुरूवाती अवस्थामा राम्रै बितेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘श्रीमान फर्निचरको काम गर्नु हुन्थ्यो । पहिला बिजुलीको व्यवस्था नभएकै कारण हाते रन्धा श्रीमानसँगै म पनि तान्थे । आरा तान्थे । दुवैको परिश्रमले घर बनायौ ।’

३ कक्षासम्म मात्रै औपचारिक शिक्षा हासिल गरेकी वासुदेवीले २०४९ ताका विभिन्न गैरसरकारी संस्थाबाट सञ्चालित विभिन्न साक्षरता कक्षा लिई आफ्नो पढ्ने धोको पूरा गरिन् । कैलालीमा एक गैरसरकारी संस्थाले ग्रामीण भेगमा समूह गठन गरी सशक्तीकरण परियोजना सञ्चालन गरी प्रौढ शिक्षा दिँदै आएको थियो । प्रौढ कक्षासँगै उनले बालविवाह, बहुविवाह, चेलिबेटी बेचबिखन रोकथाम सम्बन्धी कक्षा लिएकी थिइन् । त्यही अभियान गाउँमा सञ्चालन गर्न खोजेको उनी बताउँछिन् । 

एकातिर उनी सुसूचित हुँदै दिइन् । तर अर्कोतिर उनकै श्रीमान् जाँडरक्सीको कुलतमा फसेका थिए । जुनकारण घर परिवारको दुरावस्था सिर्जना भएको उनी सुनाउँछिन् । फलतः उनले न आफ्नै घर सुधार्न सकिन्, न समाज नै । तर प्रयास भने जारी राखेको बताउँछिन् ।

‘मेरो श्रीमान् जाँडरक्सी खाएर घरमा बालचच्चालाई तंग गर्नुहुन्थ्यो । जहाँ पनि झुठो व्यवहार गर्ने । झूटो काम गर्ने । म उहाँलाई सम्झाउने हरसम्भव प्रयत्न गर्थे । झूटो व्यवहार नगर्नोस् भन्थे । बरु टुटो हुनुस् झूटो नहुनुस् भन्थे । तर मान्नुभएन । दिनका दिन घर झगडा चर्किंदै गयो,’ उनले भनिन् ।

उनकै अनुसार श्रीमानले उल्टै उनैमाथि झूटो, अनावश्यक सामाजिक लान्छना लगाउँदै बाहिर हिँड्न थाले । बाहिरै बस्ने थाले । घरायसी झगडा हुँदै गर्दा एक पटक गाउँलेसहित झगडा मिलाउन ईलाका प्रहरी कार्यालय चौमालासम्म पुगेको उनी बताउँछिन् । २०४९ सालमा घरेलु हिंसाविरुद्ध प्रहरीमा मुद्दा दर्ता समेत गरेको वासुदेवीले सुनाइन् । 

घरमै कलह सिर्जना भएपछि तालिममा सिकेको कुरा गाउँमा लागू गर्न खोज्नु सम्भवै भएन । समाजमा उल्टै ‘यो फलानी हाम्रो छोरी बुहारीलाई भत्काउन थाली, नचाहिने कुरा सिकाउन थाली’ भनेर कुरा काटेको उनी बताउँछिन् ।

आफ्नै श्रीमानको साथ नपाएकी उनको लागि समाजबाट सहयोग पाउनु कुरै भएन । असार लाग्यो । बाँझो खेत नियालिन् । घरको दुरावस्था हेरिन । आफूले लिएका विभिन्न सचेतनामूलक शिक्षा स्मरण गरिन् । हलो समाउने निधो गरिन् ।

एउटा तालिममा महिलाले प्रशिक्षकलाई राखेको जिज्ञासाको प्रसंग सुनाउँदै उनले भनिन्, ‘कुनै महिलाले रहरले होइन, बाध्यताले हलो जोत्छन् तर समाजले किन अन्याय व्यवहार गर्छ ? त्यो कस्तो हो ?’ प्रशिक्षकले भनेको उनले सम्झिइन्, ‘कानूनले हलो जोत्ने कार्य दण्डनीय मानेको छैन । बरु नराम्रो व्यवहार गर्ने समाजविरुद्ध सार्वजनिक मुद्दा लाग्छ । भन्नुभएको थियो ।’

प्रशिक्षकबाट लिएको ज्ञान, आफ्नो पारिवारिक विवशताकै कारण हलो समाएको उनले बताइन् । फलतः उनको व्यवहारलाई स्वीकार्न नसकेको समाजबाट उनी दुव्र्यवहार सहन बाध्य भइन् । 

प्रहरीबाटै खिल्ली, श्रीमानको ज्युँदै किरिया गरेको आरोप

हलोकाण्डमा आफूले प्रहरीबाट समेत असहयोग भएको तीतो यथार्थ उनीसँग छ । प्रहरीले न्याय तथा संरक्षण गर्नुपर्नेमा उल्टै समाजको पछि लागेर आफ्नो खिल्ली उडाएको उनी बताउँछिन् । 

हलो जोतेको देखेपछि समाजमा उनीबारे तत्कालै हल्ला फैलियो । फलानीले त गोरु जोत्यो भनेर गाउँले आए । कालोमोसो र जुत्ताका माला लगाए । अनेकथरी व्यवहार गर्दै हिँडाएरै ईलाका प्रहरी कार्यालय चौमाला (करिब ७ किलोमिटर) पुर्‍याए । 

प्रहरीको व्यवहारले दुःखित तुल्याएको बताउँदै भनिन्, ‘प्रहरीले पनि जो जड्याँहा हो, गलत रस्तामा हिँड्छ, उसैको कुरो सुन्यो । साँचो मान्यो । मलाई झूटो मान्यो । प्रहरीले खिल्ली उदायो । मलाई जिउँदो श्रीमानको किरीया गरेको आरोप लगाए । नून खुर्सानीको धुलोले श्रीमानलाई मार्न खोजेको आरोप लगाए । तर प्रमाण त कसैले पेश गरेन नि !’

गाउँ निकाला गरिएपछि वासुदेवी गैरसरकारी संस्थाको सम्पर्कमा आइन् । उनी २ छोरीसहित ३ महिनासम्म सेभ हाउसमा बसिन् । उता घरको हेरचाह गर्ने कोही भएन उनको । भएको खेत पनि बाँझै भएको उनी बताउँछिन् । भदौ १५ गते मानवअधिकारवादीको टोलीले उनलाई गाउँमा पुनस्र्थापित गरेको थियो ।

श्रीमानसहित १३ जनाविरुद्ध मुद्दा

सेभ हाउसको बसाईको क्रममा उनले कानूनी उपचारको बाटो खोज्न थालिन् । उनी जिल्ला कानूनी सहायता समिति कैलालीका प्रमुख तथा अधिवक्ता देवीलाल चौधरीको सम्पर्क पुगिन् । जिल्ला अदालत कैलालीमा अधिवक्ता चौधरीको सहयोगमा उनले घरेलु हिंसा (कसुर सजाय) ऐन अन्तर्गत आफ्नै श्रीमान वीरबहादुर सुनार र १२ जना छिमेकीविरुद्ध सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिन् ।

अदालतको २०६७ फागुन २३ गतेको फैसला अनुसार उनको श्रीमानलाई ६ महिना कैद र २१ हजार जरिवाना भयो भने अन्यलाई जनही १०–१० हजार जरिवाना असुल गराई छोड्यो । तर सजाय तोकिएपछि उनका श्रीमान् हालसम्म फरार छन् ।

समाजबाटै अपहेलित भएकी वासुदेवी आफ्नो विचारबाट भने कतै पनि विचलित भएकी छैनन् । बरु आफैंलाई निकाला गर्ने समाज बदल्ने अभियानमा जुटेकी छिन् । पहिलैदेखि समाज सुधारको बाटोमा अग्रसर उनी हाल पनि निरन्तर क्रियाशील छिन् । 

उनी गाउँको मदिरा नियन्त्रण समिति, टोल  सुधार समिति लगायत समितिको अध्यक्ष छिन् भने बाटोघाटो, पुलपुलेसो, सिचाइँ, तटबन्धलगायत उपभोक्ता समितिमा पनि रहँदै आएकी छिन् । 

‘एक लोटा पानी र एक भान्सा हुँदैन’

आफ्नो र घरको अहिलेसम्मको दुरावस्था श्रीमानकै कारण भएको उनको ठहर छ । श्रीमान घर फर्के पनि स्वीकार गर्न भने नसक्ने उनी बताउँछिन् ।

‘जे हुन भयो, अब मिलेर बस्नोस् सबैले भन्छन् । तर यो मनले मान्दैन । गाउँलेको लहलहैमा लागेर आफ्नो घर बिगार्ने । छोराछोरी, श्रीमतीलाई बेवास्ता गर्ने मान्छेलाई मैले कसरी स्वीकार्न सक्छु ? मेरो भनाई त उहाँ घर आउन् भन्ने हो । तर एक लोटाको पानी र  एक भान्सा हुँदैन,’ मलिनो स्वरमा भनिन्, ‘दुवैको परिश्रमले घर बनायौं । घरमा अधिकार दुवैको बराबर हो । एक कोठा उहाँ बस्नुहुन्छ, एक कोठामा म बस्छु । बस्न चाहन्छन् भने छोरा छन्, बुहारी छन् । मजाले बस्न सक्छन् । भागेर बस्नु उचित होइन । घर भत्काउन जान्नुभयो, घर जमाउन जान्नुभएन ।’

उनले आफ्ना श्रीमानलाई गाउँ फर्केर समाज बनाउने बाटो लाग्न पनि आग्रह गर्छिन् । उनले भनिन्, ‘हेर्नुस् न ∕ गाउँलेको बहुमतले गाउँ निकाला गरिएको मान्छे म, त्यसैमा गाउँमा परिश्रम गरी खाँदैछु । उहाँ त गाउँलेको साथ पाएको मान्छेले किन भाग्नुपर्यो ? उहाँले साहसी भएर खानुपर्ने होइन र ?’

-अर्काइभबाट

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x