कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
चैत १८, २०७५
काठमाडौं - राजधानीमा सार्वजनिक यातायात निकै असुरक्षित मानिन्छ । कतिपय स्थानमा सडक निकै साँघुरो छ, फराकिलो सडक भएको ठाउँमा पनि लेन अनुशासन पालना हुँदैन ।
पैदल हिँड्ने तथा साइकल र मोटरसाइकल चढ्नेहरू सार्वजनिक बस, टिप्पर, निजी सवारी साधन र स्कूल क्याम्पसका बसहरूबाट असुरक्षित महसूस गर्ने गर्दछन् । मोटरसाइकलहरू समेत जथाभावी हाँक्दा निम्तिने दुर्घटना त छँदैछ ।
बसमा यात्रु भर्ने नाममा एकै रूटमा चल्ने सवारीसाधनबीच हुने तीव्र प्रतिस्पर्धाले काठमाडौंको समग्र यातायात व्यवस्थापनमा चुनौती थपिएको छ ।
सार्वजनिक सवारी साधनमा यात्रु ओसार्न प्रतिस्पर्धा हुनु ठीकै हो, तर नियम मिचेरै सडकमा दादागिरी देखाइरहेका नेपाल यातायातका दुई बसलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ ।
धेरै यात्रु राखेर धेरै पैसा कमाउन सडकमा अन्य सवारी साधनको वास्ता नगरी हुँइकिएर मोटरसाइकललाई चेपुवामा पार्ने दुई बसलाई सोमवार जाउलाखेलमा ट्राफिक प्रहरीले नियन्त्रणमा लियो । दुवै बसहरू नेपाल यातायातका थिए ।
ती दुवै बस छिटो दौडिने होडबाजी चलिरहेका बेला एउटा मोटरसाइकल बीचमा आइपुग्यो ।
पछाडिको बसको ड्राइभरले मोटरसाइकलको पर्वाह गरेनन्, अघिल्लो बसलाई जसरी पनि उछिन्छु भन्दै झन् एक्सिलरेटर थिचे । घटना सोमवारको हो ।
पछाडिबाट बसले ठक्कर दिएपछि बा ८४ प ७७३२ नम्बरको मोटरसाइकल मोटरसाइकल दुर्घटना पर्यो । ट्राफिक प्रहरीका सहायक निरीक्षक दुर्गादत्त भट्टका अनुसार ठूलो क्षति हुन भने पाएन ।
दुवै बसलाई प्रहरीले नियन्त्रणमा लियो । चेपुवामा परेको मोटरसाइकलका चालक भने सामान्य उपचारपछि घर फर्किए ।
बा ५ ख ७३९५ र बा १ ख ९७३५ नम्बरका ती दुवै बसका चालकको लाइसेन्स जफत गरिएको छ भने गाडीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालय परिसरमा राखेको छ ।
ललितपुरको हरिहरभवनमा भएको उक्त दुर्घटनाले काठमाडौंको सडकमा अनियन्त्रित रूपमा दौडिने सार्वजनिक सवारी साधनहरू जनताका लागि कति असुरक्षित छन् भन्ने प्रमाणित गरेको छ ।
यहाँसम्म कि सडकको पेटीमा हिँड्ने यात्रुहरू पनि सुरक्षित छैनन् । यसअघि त्यस्ता प्रकारका धेरै दुर्घटनाको साक्षी बनिसकेका छन्, सर्वसाधारण ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...