×

NMB BANK
NIC ASIA

काठमाडौं – राष्ट्रिय अर्थतन्त्रमा बढ्दो व्यापार घाटा मुख्य चुनौतीको रुपमा रहेको छ । त्यही चुनौतीको सामना गर्न ‘विज्ञ’ अर्थमन्त्री भनेर परिचित डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा अनेक सूत्र समावेश गरेका छन् ।

Muktinath Bank

निर्यातको तुलनामा आयात बर्सेनि फराकिलो भइरहेको छ । व्यापार घाटा घटाउन अघिल्लो आर्थिक वर्षमा पनि सरकारले विभिन्न प्रकारका कार्यक्रम घोषणा गरेको थियो । यसपालि समेत अर्थमन्त्री खतिवडाले व्यापार घाटा कम गर्न विभिन्न कार्यक्रम ल्याएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्यातजन्य वस्तुको पहिचान, उत्पादन र विकास अभिवृद्धि गर्ने, बिलासी एवं स्वास्थ्यलाई नोक्सान पुर्‍याउने अनावश्यक वस्तुको आयात निरुत्साहित गर्ने नीति अर्थमन्त्रीले बजेटमा प्रस्तुत गरेका छन् ।
प्रमुख नाकामा करेन्ट एण्ड जाँचलाई प्रभावकारी बनाउने र खाद्य तथा पेयजन्य पदार्थको न्यूनतम गुणस्तर मापदण्ड तोकेर सोभन्दा कम गुणस्तर भएका वस्तुको आयातलाई बन्देज गर्ने कार्यक्रम अर्थमन्त्रीले बजेटमा समावेश गरेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपालको महत्त्वपुर्ण कृषिजन्य उत्पादन चियाको प्रमाणीकरण गर्न अन्तर्राष्ट्रिय स्तरको ल्याबको स्थापना गरी ‘अग्र्यानिक अर्थोडक्स’ चियाको निकासी प्रवद्र्धन गर्ने र चियाको आन्तरिक बजार सुनिश्चित गर्न ‘अक्सन हाउस’ स्थापना गर्ने कार्यक्रम खतिवडाले बजेटमा प्रस्तुत गरेका छन् । अग्र्यानिक तथा तुलनात्मक लाभ बढी भएका वस्तुको निकासी प्रवद्र्धन गर्ने कार्यक्रम बजेटमा समावेश छ ।

Vianet communication

व्यापार घाटा घटाउन कृषि, वन तथा खानीजन्य औद्योगिक उत्पादनलाई ‘ब्रान्डिङ’ गरी निकासी गर्न प्रोत्साहन गर्ने बजेटमा समावेश छ ।

बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न निर्यात प्रवद्र्धनको अतिरिक्त अनावश्यक आयात घटाउन सेफगार्ड, एन्टी डम्पिङ र काउन्टर भ्यालिङ कानूनको प्रभावकारी कार्यान्वयन बजेटमा समावेश छ । कृषिजन्य वस्तु आयातमा ‘एन्टी डम्पिङ’ शुल्क लगाउनुपर्ने वस्तुको पहिचान गरी कार्यान्वयन गर्ने नीति बजेटमा समावेश गरिएको छ ।

दुईपक्षीय तथा बहुपक्षीय व्यापार सन्धीको पुनरावलोकन, सडक तथा रेल्वे सम्झौतामा समयानुकूल परिवर्तन र नयाँ सम्झौता गरेर विदेशी बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने परम्परागत कार्यक्रम बजेटमा समावेश छ ।

नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहन प्रोटोकललाई अन्तिम रुप दिर्ई चीनको बन्दरगाहमार्फत तेस्रो मुलुकसँगको व्यापार शुरू गर्ने विषयलाई निरन्तरता दिँदै आपूर्ति व्यवस्थामा आकस्मिक अवरोधबाट पर्ने प्रभाव न्यूनीकरण गर्न आपूर्ति एवं भण्डार प्रणालीलाई प्रभावकारी बनाउने कार्यक्रम अगाडि बढाउने बजेटमा समावेश छ ।

कार्टेलिङ र सिन्डिकेटको अन्त्य गरी आपूर्ति व्यवस्थालाई प्रतिस्पर्धी बनाउने साथै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज तुल्याउन निर्माणाधीन अमलेखगञ्ज–रक्सौल–मोतियारी खण्डको पेट्रोलियम पाइपलाइन बिछ्याउने काम यसै वर्ष सम्पन्न गरी पेट्रोलियम पदार्थ आयात गर्ने कामलाई सहजीकरण गर्ने कार्यक्रम बजेटमा समावेश छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x