१९ वर्षीया किशोरीलाई ‘वलात्कार’ गरेको अभियोगमा पक्राउ

बारा–जितपुर सिमरा बस्ने १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका १६ टागिया बस्ती बस्ने ३० वर्षीय हिरामान मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    ती किशोरीलाई मोक्तानले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्