शाहरुख खानले पाए अस्ट्रेलियामा मानार्थ विद्यावारिधि

काठमाडौं – बलिउडका सुपरस्टार शाहरुख खानलाई मानवीय कार्य गरेकाले अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले मानार्थ विद्यावारिधिले सम्मानित गरेको छ ।

शाहरुख अहिले अस्ट्रेलियाको मेलबोर्नमा इन्डियन फिल्म फेस्टिभलको दशौं संस्करणमा भाग लिन त्यहाँ पुगेका छन् । 


Advertisement

त्यसै क्रममा उनले सम्मान पाएका हुन् । सम्मान पाएपछि शाहरुखले भनेका कुरालाई समेटेर विश्वविद्यालयले एक वक्तव्य जारी गरेको छ । ‘ला ट्रोब विश्वविद्यालय जस्तो महान् शैक्षिक संस्थाले मलाई सम्मान गर्दा गर्वको अनुभूति गरिरहेको छु । ला ट्रोबको भारतीय संस्कृतिसँग लामो सम्बन्ध छ र महिलाको समानतामा पैरवी गर्न उसले गरेको प्रयास प्रभावशाली छ,’ वक्तव्यमा लेखिएको छ । 


Advertisement

ला ट्रोबमा मानार्थ विद्यावारिधि पाउनुका साथै शाहरुखले मेलबोर्नमा आयोजित फिल्म फेस्टिभलमा एक्सेलेन्स इन सिनेमा अवार्ड पनि पाए । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्