×

NMB BANK
NIC ASIA

इतिहास कोर्ने हातहरु...

भदौ २१, २०७६

NTC
Premier Steels

काठमाडौं–  राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतारेका छन् ।
 
राजा प्रताप मल्ल बाजागाजाका साथ आइरहेका छन् । राजाका भारदारी लम्बकर्ण भट्ट, जमुना गोभाजु पनि छन् । रानी र राजकुमारी घडाबाट पोखरीमा जल खन्याइरहेका र भरिरहेका छन् । अलि पर तान्त्रिक विधिअनुसार यज्ञ भइरहेको छ भने नजिकै धिमेलगायत पौराणिक बाजासहित नगरवासीको लस्कर देखिन्छ । वरिपरि काठमाडौं उपत्यकाका दृश्य स्वयम्भू, नागर्जुन, चन्द्रागिरि, दहचोक, तलेजु भवानीको मन्दिर, दरबार र उपत्यका शहरको दृश्यलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । 

Muktinath Bank

सुन्दर लाग्ने ती चित्रहरु हेर्दा १८औँ शताब्दीमा प्रवेश गरेझैँ लाग्छ । बयासी वर्षीय कलाकार शर्मा भन्छन्, “यो कल्पना मात्रै होइन, सत्यमा आधारित छ, बच्चामा हामी यहाँको हात्तीपाटीमा खेल्न जान्थ्यौँ, अहिले हात्तीपाटी छैन, शेर्पाहरुले च्याड्ग्रा बेच्न ल्याउँथे, सबै हराए ।” रानीपोखरी भूकम्पले तहसनहस भएपछि पुनःनिर्माणले खासै गति लिन सकिरहेको छैन । यस्ता दर्जनौं इतिहासलाई उनले कलामा उत्खनन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुथ्वीनारायण शाहको शासनकालमा भएका महत्वपूर्ण गतिविधि, अरनिको चीन यात्रा, पृथ्वीनारायण शाहले विसं १८२५ मा गरेको कान्तिपुरमाथिको आक्रमण, विसं १९०३ मा हनुमानढोका नजिक भएको कोत हत्याकाण्ड, स्वयम्भूमा बज्र चढाउँदै गर्दाका प्रताप मल्ल, पुरानो लुम्बिनी, भृकुटीको विवाहलगायतका ऐतिहासिक दृश्यलाई चित्रमा दुरुस्त कोर्नुभएको छ । ती दृश्य अहिले नेपाल कला परिषद् पुगेर हेर्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

सम्राट अशोकले इस्वी सम्वत् २४९ मा लुम्बिनीको तीर्थयात्रा गरेका थिए । त्यो बेलाको अशोकस्तम्भ र शिरानीमा रहेको शीर्षघोडा राखेको दृश्यावलोकन गर्दै गरेका अशोकसहितको समग्र लुम्बिनीको ऐतिहासिक तथ्य चित्रमा समावेश छ । राजा मानदेवको कार्यकक्ष, श्रङ्चङ्गम्पो र राजकुमारी भृकुटीको साक्षात्कार भएको क्षण, मल्लकालीन हात्तीखेदा, तलेजु भवानीको मन्दिर र जयप्रकाश मल्ल, फागू पूर्णिमामा राजा प्रताप मल्ले रानीहरुसँग खेलेको होलीलाई पनि उनले चित्रमा सुन्दर ढङ्गले तेल रङमार्फत कला भरेर उतारेका छन् ।
 
रहनसहन र संस्कृतिका १७ चित्रले यहाँको दैनिक जनजीवनलाई झल्काउँछ ।  नेवारी संस्कृति, नङ्निी र युवती, तान्त्रिक झारफुक पूजा, तिब्बतमा व्यापारका लागि जाने व्यापारीको कथा पनि चित्रमा देख्न सकिन्छ । उनी चित्रमा तेल र पानी रङको प्रयोग बढी गर्छन्। यसपालिको प्रदर्शनमा तेल रङको प्रयोग छ । उनका चित्र हेर्दा आफैँ बोलिरहेझैँ हुन्छ । चित्र अवलोकनमा तत्कालीन कालखण्डको स्मरण मानसपटलमा भरिन्छ । 

Vianet communication

कला समीक्षक मदन चित्रकार उनको कलामा निखारता, बौद्धिकता, कल्पना र सिर्जनाशीलता तथा यथार्थता छ भन्छन्। कलाप्रतिको अनुराग र साधना जोकोहीका लागि अनुशरण गर्न योग्य रहेको भन्दै चित्रकारले इतिहासदेखि वर्तमानसम्मको कलाको विकासक्रम लेख्दा हरिप्रसाद शर्माको नाम छुट्यो भने त्यो अधुरै रहने दाबी गरे। कलाकार शर्माले कला साधनामा आफूलाई कहिल्यै बूढो नठान्ने बताउँछन्। 

उहाँले पाँच/छ वर्षकै उमेरदेखि चित्रकारिताको प्रयास गरेका थिए । कालीदास श्रेष्ठ, चन्द्रमान मास्केबाट व्यवहारिक ज्ञान प्राप्त गरे। जीवरत्न शाक्य प्रथम गुरु थिए। उनले पाँच वर्ष जुद्धकला पाठशालामा कला अध्ययन गरेका थिए  । काठमाडौंको नेवारी बस्तीबीचमा हुर्किएका उनमा नेवारी भाषाको राम्रो ज्ञान छ भने कलामा गहिरो प्रभाव छ । उनी बाल्यकालदेखि नै जहाँ मान्छे जात्रा हेर्दथे। उी त्यसभित्रको सुक्ष्म कुराहरु हेर्दथे। 

“जात्राका सहभागी मानिसको शरीरको चालढाल, पहिरन, गरगहना, प्रयोग गरेका सामग्री, आकार र रङमा मेरो ध्यान जान्थ्यो, मेरा चित्रमा जीवनपर्यन्त देखेका र भोगेका जनजीवन संस्कृति र इतिहासको सकेसम्म यथार्थ चित्रण गरेको छु”, शर्माले भने। जीवनको ३५\४० वर्षसम्म बनेका चित्रको अभिलेख उनीसँग छैन । पछिल्ला २५ वर्षमा बनेका चित्रमात्र सङ्गाल्न उनी सफल छन्। उनले पछिल्लो समयमा छोरा विष्णुप्रसादसँगको सहकार्यमा नेपालको इतिहास, संस्कृति र जनजीवनलाई चित्रमा अभिलेखीकरण गर्न सकेका हुन् । अहिले यहाँ ‘समयक्रममा नेपाल’ शीर्षकमा प्रदर्शन भएका ४५ चित्रमा नेपालको इतिहास, जनजीवन, संस्कृतिका अवशेष देख्न सकिन्छ । 

उनका छोरा विष्णुप्रसाद भन्छन्, “नेपालको इतिहास र संस्कृतिको चित्राकलात्मक अभिलेख बनाउने कोसिस हो, यो शृङ्खलामा अपुरो भएको कुरा थप्दै जान्छौँ, बाबुछोराको कल्पना र यथार्थको फ्यूजन हो ।” वर्तमान र भविष्यका पुस्ताले विगत देख्ने, गर्व गर्ने र सिक्ने अवसर बञ्चित हुने अवस्थामा छ । चित्र इतिहास बुझन् र सिक्न प्रभावकारी तथा शक्तिशाली माध्यम हो । कलाका विधामध्ये प्रस्तरकला, धातुकला र काष्ठकलामा काठमाडौंले ठूलो फड्को मारे पनि चित्रकला पछि नै छ । 

विगतका चित्रमा राजामहाराजा र देवीदेवताका चित्र निर्माण हुने गरेका कलाकारहरु सम्झन्छन् । विसं २०५२ मा धर्मपत्नी राधादेवीको निधनपछि उनकै सम्झनामा घरमा राधाकुटी आर्ट ग्यालरी स्थापना गरिएपछि कलाको अभिलेखीकरणमा समेत छोरासँगको सहकार्य शुरु भएको उनले बताए । त्यही बेलादेखि छोराले चलाएको मोटरसाइकल पछाडि बसेर जनजीवनका आयाम अध्ययन गर्न हरेक शनिबार क्यामेरा बोकेर ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा जाने अभियान शुरु भएको हो । 

काठमाडौं, पाटन, भक्तपुर, थिमि, हरिसिद्धी, बुङ्गमती, खोकना, चापागाउँ, चोक र बहालमा फोटो खिच्दै मानिसहरुसँग कुरा गरेर फर्कने र त्यसलाई कम्युटरमा राखेर चित्रको परिकल्पना गरी स्केच बनाएर चित्र बनाउने कामको थालनी त्यही बेलाबाट भएको हो । यसअघि विसं २०३० मा पहिलो एकल चित्रकला गरेका उनले अभियानपछि विसं २०५९ मा दोस्रो प्रदर्शनी गर्न सफल भए। त्यसपछि केही वर्षको अन्तरालमै प्रदर्शनी भयो । विसं २०६७ मा तेस्रो र २०७२ मा चौथो  भएको थियो । अहिले पाँचौँ प्रदर्शनी हो । थप तीन सामूहिक चित्रकला प्रदर्शनी भएको छ । निकै परिश्रमपछि बाबुछोराको छलफलका आधारमा चित्रलाई क्यान्भासमा उतार्ने गरेको उनी सम्झन्छन् ।

लिच्छवी र मल्लकाललाई नेपाली कला इतिहासमै स्वर्णकाल मानिन्छ । झक्तपुरको चाँगुनारायण र लिच्छवी राजा मानदेव, अंशु बर्मा, कैलाशकुट भवन, नरेन्द्रदेव, राजकुमारी भृकुटी, नरेन्द्रदेव, अरनिको, सिद्धिनरसिंह मल्ल, भुपतिन्द्र मल्ल, प्रताप र जयप्रकाश मल्ल तथा पृथ्वीनारायण शाहसम्बन्धीका इतिहासमा उनको रुचि छ । सौदर्यचेत, कल्पनाशीलता, सिर्जनाशीलतायुक्त राजा प्रताप मल्लबाट शर्मा प्रभावित छन्। उनलाई क्रियटिभ किङ्ग अफ नेपाल भनेर विशेषण लगाउँछन् । 

त्यसैले उनले धेरै प्रताप मल्ल र त्यसपछि पृथ्वीनारायणका चित्र बनाएका छन् । विषयसम्बन्धी पुस्तक अध्ययन गरेर, विज्ञसँग भेटेर, प्रष्ट नभएका कुरा बुझेर, भेटिएका सन्दर्भ चित्र हेरेर बनाउने गर्छन्। चित्र कोर्नकै लागि संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार दिनेशराज पन्त, ज्ञानमणि नेपाल र हरेराम जोशीसँग उनी पटक–पटक जानकारी लिने गर्थे। उमेरले दिने भए अझै गाउँ–गाउँमा पुगेर चित्र बनाउने योजना सुनाउँदै शर्माले अब त्यो भावी पुस्ताका लागि छाडेको बताए ।
 
चित्रकारले जति गरे पनि केही न केही कमजोरी छाड्ने बताउँदै कलाकार शर्माले सम्झिए, “भारतका राजा रवि बर्माको मैले चित्र हेरेँ, उहाँले कृष्णको चित्रमा एउटा माला नै छुटाइदिए, त्यसैले कलाकार पूर्ण होइन, एउटा न एउटा खोट हुन्छ मेरोमा पनि होला औँल्याइदिनुहोला ।” कला पारखी साहरुख ताम्राकार उनको कला आफैँ बोलिरहेझैँ लाग्ने खालको हुने बताउँछन्। शर्मा परिवारले यही इतिहासलाई चित्रमा एकीकृत गरी नेपाली, अङ्ग्रेजी र नेवारी भाषाको क्याप्सन राखी पुस्तकमा अभिलेखीकरण गर्ने योजना बनाएको छ । नारायण ढुङ्गाना, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x