×

NMB BANK
NIC ASIA

सबैलाई लोभ्याउने गरी फुल्न नसकेको ‘पलाँस’

कात्तिक २०, २०७४

NTC
Premier Steels
पलाँस अर्थात् एक प्रकारको सुन्दर फूल । यही नामको शीर्षक राखेर बनाइएको चलचित्रको फूल फुलेको त छ तर सबैलाई मोहित बनाउने गरी फुल्न भने सकेको छैन ।

नेपाली चलचित्रमा परम्परागत र वैकल्पिक धारको चलचित्र निर्माण क्रम चलिरहेको छ । प्रविधिगत रूपमा विश्व बजारसँग नेपाली बजार पनि कुनै न कुनै माध्यमबाट जोडिएको छ । बजार विस्तारसँगै नेपाली चलचित्र पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने हो । तर अझै पनि परम्परागत चलचित्र बन्ने प्रवृत्ति उस्तै छ ।

शुरुमै भनौं, चलचित्र त्यही परम्परागत धारमा निर्माण भएको छ । फिल्मको शुरुवात राम्रो छ तर क्लाइमेक्स झुर ।
कथानकका दृष्टिले तराईको कुनै गाउँमा सरस्वती (रेखा थापा) छे । स्कुल पढाउँछे । बिहे नगरेको भनेर दुनियाँले कुरा काट्दा पनि ऊ कुनै मतलब गर्दिन । धनी केटासँग बिहे गरेर ठूलो महलको रानी बन्ने उसको सपना छ ।
त्यही गाउँमा उसलाई अति नै माया गर्ने कृष्ण (अयुब रिजाल) छ । उसले आफ्नो माया प्राप्तिका लागि ठूलै त्याग गर्छ ।

कथा यिनै दुई पात्रको वरिपरि घुमेको छ । चलचित्र प्रेमकथा हो । एकोहोरो प्रेमकथा हो कि दोेहोरो भन्नेमा पंक्तिकार आफैं  अलमलमा छ ।

चलचित्रमा कलाकारले राम्रो अभिनय गरेका छन् । कथानकलाई चाहिनेभन्दा बढी लम्ब्याइएको पनि छैन । होलीको रंगलाई बडो सुन्दर तरिकाले सिनेमाटोग्राफरले क्यामेरामा कैद गरेका छन् । केही संवादहरूलाई बेवास्ता गर्ने हो भने समग्रमा संवादलाई राम्रो भन्न सकिन्छ । फिल्म आफैंमा राम्रो प्रयास हो ।

मध्यान्तरपछि चलचित्रमा खलनायक बनेर आएका कामेश्वर चौरसियाले अब्बल अभिनय गरेका छन् । उनले आफ्नो भूमिकालाई न्याय दिएका छन् । अयुब रिजालको अभिनय ठीकठाक छैन । कृष्णको बच्चैदेखिको साथीको भूमिकामा देखिएका कमल देवकोटाले आफ्नो लोभलाग्दो अभिनयकै माध्यमबाट दर्शकलाई आफूतिर आकर्षित गर्छन् । बरू रेखा थापाले आफ्ना हरेक फिल्ममा गर्ने उस्तै हाउभाउ यो चलचित्रमा पनि पस्किएकी छिन् । अभिनयमा उनले ‘नयाँपन’ दिन सकेकी छैनन् ।
palas
समग्र चलचित्रको छायांकन पक्ष औसत हो । फिल्ममा पात्रलाई फोकस गरिएको छ । तर लाइटिङ इफेक्ट प्रभावकारी छ । क्यामरा व्यापकता खोज्दै मुभ हुन सकेको छैन ।

चलचित्रको कथानक पहिलो हाफसम्म सुन्दर लाग्छ । पूरै दृश्यलाई कतै न कतै इन्गेज गराउन खोजिएको छ । सेकेन्ड हाफपछि भने चलचित्रले नाटकीय मोड लिन्छ । त्यो मोड बिस्तारै क्लाइमेक्ससम्म आइपुग्दा पूरै कृत्रिम बन्छ ।
चलचित्रको पार्श्व संगीत औसत हो । केही गीत राम्रा छन् ।
चलचित्रका पछिल्ला केही दृश्यमा मेहनत गरेको भए चलचित्र साँच्चै राम्रो बन्थ्यो । निर्देशकले अबका दर्शकले वास्तविकतालाई नाटकीय भन्दा पनि नाटकलाई वास्तविक बनाएको रुचाउँछन् भन्ने कुराको हेक्का राख्नुपर्ने थियो ।
एक प्रेमीले आफ्नो प्रेमका लागि कोठीलाई नै आफ्नो घर त बनाउन सक्ला त उसको परिवार छोराको मनोविज्ञानबाट कुन स्थितिमा छ भन्ने देखाउनुपर्ने थियो ।

समग्रमा चलचित्र औसत छ । सानातिना त्रुटिलाई ख्याल नगर्ने हो भने तपार्इंलाई फिल्म हेर्न रमाइलो नै लाग्नेछ । हलबाट निस्किने बेलामा फिल्म ठीकै हो, तर क्लाइमेक्स अलिक झुर बनाएछन् भन्ने तपार्इंलाई पनि पर्न सक्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x