×

NMB BANK
NIC ASIA

स्थानीय तहका जनप्रतिनिधिलाई नेकपाको दुईदिने प्रशिक्षण

असोज ५, २०७६

NTC
Premier Steels

चरिकोट–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ ।
 
(नेकपा) दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

Muktinath Bank

प्रशिक्षण कार्यक्रममा (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभाग उपप्रमुख वेदुराम भुषालले पार्टीको राजनीतिक कार्यदिशा, स्कूल विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्र पौडेलले निर्वाचित जनप्रतिनिधि र स्थानीय तहको सम्बन्धको विषयमा प्रशिक्षण दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी प्रदेश नं ३ का सहइन्चार्ज हितमान शाक्यले सङ्गठन सम्बन्ध, अन्तरसम्बन्ध तथा प्रदेश नं ३ का सचिव आनन्द पोखरेलले सरकारले गरेको काम र भावी दिशाको बारेमा प्रशिक्षण दिएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रशिक्षण कार्यक्रमको समापन गर्दै (नेकपा) दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्थानीय तहमा नागरिकको चाहनाअनुसार काम हुन नसकेको भन्दै जनप्रतिनिधि र नागरिकको बीचमा दूरी बढ्न थालेको र त्यस्ता विषयको निराकरण गर्नका लागि पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए। 

Vianet communication

प्रशिक्षण कार्यक्रममा दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तहका कमिटी, जिल्ला कमिटीका सदस्यको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x