कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चीनका राष्ट्रपति शी चिनफिङको विचारधारा विश्वव्यापी बहसको विषय बनेको बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)बीचको वैचारिक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिनियाँ चरित्रको समाजवाद निर्माणका लागि शी-विचारधारा महत्त्वपूर्ण भएको दाबी गरे ।
'शी-विचारधारा विश्वव्यापी बहसको विषय बनेको छ,' प्रचण्डले भने, 'चीनको सरकारले जनताको सेवा गरेर शासनमा बस्ने वैधता पाएको छ । शासनमा बस्नेहरू विस्तारै जनताको सेवा गर्नुभन्दा सुख सुविधामा लागेमा कम्युनिस्टहरूको शासन गर्ने वैधता समाप्त हुन्छ ।'
नेपालले एक चीन नीतिको शब्दमा मात्र नभएर व्यवहारमै कार्यान्वयन गरिरहेको प्रचण्डले बताए ।
'एक चीन नीति शब्दमा मात्र नभएर व्यवहारमा पनि हामीले कार्यान्वयन गरिरहेका छौं,' प्रचण्डले भने ।
प्रचण्डले आफू प्रधानमन्त्री भएका बेलामा बीआरआईमा हस्ताक्षर भएको स्मरण गरे ।
'नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य आवश्यकता बीआरआई हो,' उनले भने, 'म आफैं प्रधानमन्त्री रहेको बेला बीआरआईमा हस्ताक्षर भएको हो । दुई देशको सम्बन्ध अहिले नयाँ उचाईमा पुगेको छ ।'
प्रचण्डले चीनका तर्फबाट छिटै ऐतिहासिक र उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गरे ।
राजधानीमा चलिरहेको दुईदिने अन्तरसंवाद कार्यक्रमबाट दुवै देशले एक अर्काको अनुभवबाट सिक्ने र आ-आफ्नो विशेषता अनुसारको समाजवादका कार्यक्रमहरू लागू गर्न सहयोग गर्ने अपेक्षा आफूले लिएको प्रचण्डको भनाइ छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...