महरालाई किन पठाइयो जेल ? अदालतले खुलायो यस्तो कारण

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं – संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।


Advertisement

महराको मुद्दामा आइतवारदेखि थुनछेक बहस हुँदै आएको थियो । त्यसअघि शुक्रवार महराले अदालतसमक्ष बयान दिएका थिए ।

किन पठाइयो जेल ?

अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्नाको कारण पनि खुलाएको छ ।

आदेश सम्बन्धमा जानकारी दिँदै जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले भने– 'अभियोग प्रमाणित भएको अवस्थामा कानूनबमोजिम निज प्रतिवादीलाई हुनसक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ मा भएको कानूनी व्यवस्था समेतको आधारमा पछि प्रमाण पुग्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाल निज प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।' 

कमेन्ट गर्नुहोस्