×

NMB BANK
NIC ASIA

वित्तीय प्रगति सुस्त

प्रदेशमा बजेट खर्च नहुने रोग, ४ महिनामा ७ प्रतिशत मात्रै खर्च

मंसिर १८, २०७६

NTC
Premier Steels

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रालय पनि आफैंले सम्हालेका छन् ।

Muktinath Bank

दुईतिहाइको बलियो प्रदेश सरकारले १० महिनामा बजेट खर्च गरिसक्ने दाबी गर्दै आएपनि त्यसको संकेत चालू आर्थिक वर्षको पहिलो चौमासिक (४ महिना)मा देखिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू बजेटको पहिलो चौमासिक सकिँदा प्रदेशको बजेट जम्मा ७ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी रवीन्द्र अर्यालले प्रदेशको ४ महिनाको बजेट खर्च ७ प्रतिशत भएको बताए । लेखा नियन्त्रण कार्यालयको वित्तीय प्रगतिमा ७ प्रतिशत देखिएपनि प्रदेश सरकारले १८ प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको छ ।


Advertisment
Nabil box
Kumari

‘४ महिनामा प्रदेशको बजेट २ अर्ब ३३ करोड ८४ लाख ११ हजार रूपैयाँ मात्र खर्च भएको छ,’ अर्यालले भने, ‘त्यसमध्ये पूँजीगततर्फ १ अर्ब ४ करोड र चालूतर्फ १ अर्ब २९ करोड रुपैयाँ छ ।’ गत वर्ष यसै अवधिमा ३.५ प्रतिशत मात्र बजेट खर्च भएको थियो ।

Vianet communication

जेठ महिनापछि भुक्तानी नदिने र १० महिनाभित्रै सम्पूर्ण विकास बजेट खर्च गरिसक्ने प्रदेश सरकारको लक्ष्य यहीँ गतिमा अगाडि बढे बाँकी ९३ प्रतिशत खर्च अबको ६ महिनामा हुने सम्भव देखिँदैन । संघीय सरकारमा जस्तै बजेट खर्च नहुने रोग प्रदेशमा पनि पनि हट्न सकेन । प्रदेशको समग्र पूँजीगत बजेट १८ अर्ब ५७ करोड ६४ लाख ५७ लाख रूपैयाँको रहेको छ । 

सरकारको दाबी : १८ प्रतिशत भौतिक प्रगति

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लेखा वित्तीय प्रगतिमा ७ प्रतिशत मात्र देखिएपनि समग्रमा बजेट खर्च १८ प्रतिशतसम्म भइसकेको बताए । 

‘यो पहिलो चौमासिक बजेट खर्च हुने समय होइन । अहिले त योजनाहरूको टेन्डर गर्ने बेला हो । हामीले बहुवर्षे बाहेक अन्य सबै योजनाहरू टेन्डर गरिसक्यौं । अब हाम्रो बजेट खर्च तीव्रगतिमा बढ्छ । हाम्रो लक्ष्य/उद्देश्य अनुसार नै निर्धारित समयमै बजेट सकिन्छ,’ प्रवक्ता चौधरीले थपे, ‘शुरूको ४ महिनाको प्रगतिका आधारमा १ वर्षको आकलन गर्न मिल्दैन । बजेट खर्च हुने समय अब हो । भएरै छाड्छ ।’

यस्तो छ मन्त्रालयको बजेट खर्च

प्रदेश सरकारले भैपरी आउने ३ अर्बबाहेक विभिन्न मन्त्रालय, प्रदेशसभा र मातहतका निकायलाई ३३ अर्ब १७ करोड ७८ लाख ८१ हजार रुपैयाँ बजेट छुट्याएको थियो । 

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सबैभन्दा कम ४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले समान १० प्रतिशत बजेट खर्च गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ४ अर्ब ७ करोड ६५ लाख ८९ हजार बजेटमध्ये १४ करोड ४२ लाख १० हजार रुपैयाँ मात्रै खर्च भएको छ ।

सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयले समान ७ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रवक्ता रविन्द्र अर्यालले बताए । सामाजिक विकास मन्त्रालयले ४ अर्ब ३९ करोड २२ लाख २६ हजार बजेटमध्ये २८ करोड ९२ लाख १८ हजार रुपैयाँ खर्च गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले ८ अर्ब ८ करोड ६६ लाख बजेटमध्ये ५ करोड ३० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट १५ अर्ब ८४ करोडमध्ये १ अर्ब ६ करोड ४७ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको बजेट १५ करोड ९६ लाख २० हजारमध्ये १ करोड ५३ लाख १२ हजार रुपैयाँ खर्च भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट २ अर्ब ८८ करोड ८१ लाख ११ हजार रुपैयाँमध्ये २ करोड ८३ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि विनियोजन भएको २३ करोड ३१ लाख ६९ हजारमध्ये २ करोड ६१ लाख ३५ हजार रुपैयाँ बजेट खर्च भएको छ । मुख्य न्यायाधीवक्ताको कार्यालयको २ करोड २५ लाख २७ हजार ७९ लाख २९ हजार रुपैयाँ बजेटमध्ये ७९ लाख २९ हजार अर्थात् ३५ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेशसभा सचिवालयले भने १४ प्रतिशत बजेट खर्च गरेको छ । ३३ करोड १७ लाख ७४ हजारमध्ये ४ करोड ७३ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । स्थानीय तह (वित्त हस्तान्तरण) को ४ अर्ब ३८ करोड ९८ लाखमध्ये ४० करोड ३१ लाख (९ प्रतिशत) बजेट खर्च भएको प्रवक्ता अर्यालले बताए । प्रदेश लोकसेवा आयोगको ३ करोड ३० लाख बजेटमध्ये ३५ लाख ९४ हजार रुपैयाँ (११ प्रतिशत) खर्च भएको छ ।

स्पष्ट कार्ययोजनाको अभाव

लोकप्रियताका लागि सरकारले धेरै योजना बाँड्दा बजेट खर्च नहुने समस्या हरेक वर्ष आउने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । आर्थिक क्षेत्रका जानकार मनिकर कार्कीले प्रदेश सरकारले प्रशासनिक कामबाहेक अन्य विकास निर्माणदेखि जनतासम्म पुग्न नसकेको बताए । ‘सरकारले बजेत तथा नीति कार्यक्रमहरू प्रस्तुत गर्दा सर्वपक्षीय छलफल नै नगरी आफूलाई लागेका योजनाहरू ल्याएको देखिन्छ,’ उनले भने, ‘व्यावहारिक र जनताका आवश्यकताका योजना नआउँदा समस्या देखिएको छ ।’

३ तहका सरकारबीच क्षेत्राधिकारमा अझै पनि विवाद छ । बजेटको सही सदुपयोग होस् भनेर सरकारले छिट्टै ४ जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x