×

NMB BANK
NIC ASIA

राहदानी सेवा प्रभावकारी बनाउने प्रयास, अब घन्टौ लाइन् बस्नु पर्दैन

मंसिर २०, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।

Muktinath Bank

आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय जना र अन्य दिन पाँचदेखि सात सय जनाको हाराहारीमा दैनिक सीधै सेवाग्राही विभाग पुग्छन् । जिल्लाबाट आउने फारामसमेत गरी हरेक दिन करिब तीन हजारले सेवा लिन्छन् । यति ठूलो सेवा दिने ‘आईएसओ’ प्रमाणपत्र पाएको विभागको गेटमै फुटेको ढल देखियो । कार्यकक्षभित्र कतिपय राम्रो काम भइरहे पनि त्यसको झल्को बाहिरको वातावरणले महसुस गराएन । सेवाग्राही कुर्ने कुर्सीका लर्कोपट्टि फुटेको ढलमा घाम परेसँगै दुर्गन्ध फैलँदै थियो । “पहिले आउँदा पनि यो यस्तै थियो, अहिले पनि यस्तै ढल फुटेर फोहोर नै रहेछ,” एक सेवाग्राहीले थपे, “हेर्नुस् न यो डस्टबिन कस्तो फोहोर ?” परिसर छिर्नासाथ दायाँतिर शौचालय छ । शौचालयबाट गेटतिर बगेर आउँदै गरेका तरल शौचका दुर्गन्धले हरेकका नाक खि¥याउँदै थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेवा चुस्त
बाहिर जे भए पनि विभागले दिने आन्तरिक सेवामा भने निकै चुस्तता बढेको पाइयो । राहदानी बनेको खबर पाएपछि लिन आएका सेवाग्राहीदेखि तत्काल बन(ाउन आएकाको चहलपहल बढ्दो थियो । पहिले पहिले बिचौलिया र बाहिरका व्यापारीको क्रीडास्थल बन्ने गरेको विभागको त्यो पाटो सुधारिएको सेवाग्राहीकै टिप्पणी थियो ।


Advertisment
Nabil box
Kumari

कैलालीका चन्द्रबहादुर घर्ती आफ्ना छोराको राहदानी बनाउन एक दिनभर गाडीको यात्राबाट १०ः१५ बजेको आसपास विभागमा आइपुगे । 'छोरालाई विदेश पठाउने हो, त्यसैले राहदानी बनाउन आएको,' उनले भने, 'ऊ भित्र गएको छ, हामी यहाँ कुर्दैछौँ ।'

Vianet communication
Laxmi Bank

'द्रुत राहदानी सेवाका लागि लाग्ने शुल्क भने महँगो भयो, सामान्यभन्दा थोरै मात्र बढाए हुन्थ्यो,' सूर्यबहादुरले थपे। द्रुत सेवाबाट राहदानी लिँदा तीन दिनमा राहदानी प्राप्त गर्न १० हजार, दुई दिनमा पाउन सक्नेको १२ हजार र एकै दिनमा प्राप्त गर्न सक्ने सेवाको १५ हजार रुपियाँ शुल्क रहेको छ । बुटवलकी सविता विष्ट तीन दिनअघि सहजै काम सकेर बिहीबार राहदानी लिएर फर्कंदै थिइन्। आएकै दिन बिहान दुई घण्टामा कागजपत्र दर्ताको काम सकेर उनी फर्किएकी हुन् । 

सुनवलकी मनिषा बराल भने बिहीबार नै विभागमा दु्रत राहदानी बनाउन आइन् । सजिलै तीन दिनमा राहदानी पाउने भएपछि उनी मख्ख परिन्। लमजुङका मिलन गुरुङले पनि राहदानी लिन लाइनमा बसेको बताए। यसरी कुरेर बसेकाको नाम बोलाएपछि टोकनका आधारमा लिन जानुपथ्र्यो । गोरखापत्र दैनिकमा खबर छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x