×

NMB BANK
NIC ASIA

महोत्सवले उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ : गृहमन्त्री थापा

मंसिर २१, २०७६

NTC
Premier Steels

गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पुर्‍याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले कला, संस्कृति, उद्योग र व्यवसायको प्रवद्र्धनमा ठूलो जोड पुग्ने बताएका छन् ।

Muktinath Bank

झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव–२०७६’ उद्घाटन समारोहमा शनिवार उनले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवद्र्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने गरेका उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाल मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकाले यहाँ विभिन्न किसिमका महोत्सव आयोजना हुनुले बढीभन्दा बढी पर्यटकको मन जित्न सफल हुने अपेक्षा गरको छु,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताए । झम्सिखेल समृद्ध भयो भने सम्पूर्ण मुलुक नै समृद्ध हुने गृहमन्त्री थापाको बुझाइ छ ।

Vianet communication

प्रतिनिधिसभा सदस्य पम्फा भुषालले ललितपुर महानगरपालिकाको वडा नम्बर ३ लाई सिङ्गै पर्यटन क्षेत्रका रुपमा विकास गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताए ।

यसैगरी प्रदेशसभा सदस्य जीवन खड्काले यस क्षेत्रमा घरवास सञ्चालन गर्ने व्यवसायीलाई प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाए । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नजिकै आएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन ललितपुरमा आवश्यक पर्ने खुलकुदको व्यवस्था गर्ने बताए । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले महोत्सवले ललितपुरलाई विदेशीमाझ चिरपरिचित गराउने औंल्याए ।

क्लबका अध्यक्ष सन्दन थापा मगरले झम्सिखेलको स्थानीय स्रोतसाधनलाई बढावा दिन क्लबले प्रत्येक ४–४ वर्षमा महोत्सवको आयोजना गर्ने गरेको जानकारी दिए । महोत्सवमा कला, संस्कृति र हस्तकलाका विभिन्न सामग्री राखिनुका साथै विभिन्न किसिमका कक्षहरू राखिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x