सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

कालिञ्चाेक रिजर्भ गएर फर्किँदै गरेकाे बस सिन्धुपाल्चोकको मुडेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । 

भक्तपुरबाट कालिन्चोक गएका तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट ५ सय मिटर तल खसेको हो ।


Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका छन् । 

उद्धार कार्य जारी रहेको र घाइतेलाई उपचारका लागि नजिकैको धुलिखेल अस्पताल लगिएको प्रहरीले  जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्