कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
पुस २७, २०७६
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर गाउँका २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोले क्रसर उद्योगीको विरोध गर्दा हत्या गरिएको छ । पुष २५ गते बिहानै ४ बजे तिर उनको हत्या गरिएको थियो ।
क्रसर उद्योगको अवैध उत्खननको विरोध गर्दै आएका कारण क्रसर सञ्चालकसहितका मानिसहरूले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले समेत पुष्टि गरेका छन् ।
‘औरही खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको भन्ने थाहा पाई टिपर समात्न गएका ओमप्रकाशलाई क्रसर व्यवसायीसहितका मानिसहरूले उनको हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी बस्नेतले भने, ‘दिलिपलाई चार जनाले खोलामा समातेर फलामको लिभरले दाहिने कोखमा घोची घाइते पारी खोलामा सुताई ना ७ ख ६४३१ नम्बरको तिपर्ले किचेर हत्या गरेको कुरा खुल्नमा आएको छ ।’
हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक समेत गरेको छ । औरही खोलामा चुरिया माई बालुवा प्रशोधन उद्योगले सञ्चालन गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का क्रसर सञ्चालक २७ वर्षीय बिपिन महतो, महोत्तरी बर्दिबास नगरपालिका वडा नम्बर ९ का टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी महोत्तरी बर्दिबासकै ओन टेस्ट लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय रोशन कुमार यादवलाई समेत पक्राउ गरिएको छ ।
‘दिलिपको हत्यामा यी चारै जना संलग्न रहेको कुरा अहिलेसम्मको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ,’ एसपी बस्नेतले भने, ‘विगतमा पनि अवैध उत्खननको दिलिपले विरोध गर्दै आएको कारणले नै हत्या गरिएको कुरा खुल्नमा आएको छ ।’ घटनाको थप अनुसन्धान अहिले जारी नै रहेको र अरू पनि थप मानिस संलग्न छन् वा छैनन् भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने उनले बताए ।
मृतक दिलिप इन्जिनियरीङका विद्यार्थी थिए । भारतको भोपालमा इन्जिनियरीङको चौथो वर्षमा अध्ययनरत रहेका दिलिप छुट्टीमा पुष १७ गते मात्रै घर फर्किएका थिए । घटना भएको दिन बिहानै ४ बजेतिर आफ्नो घरमा शौचालय गरेर बाहिर गएका थिए । ‘बाहिर कोही मानिस बाइक लिएर उनलाई बोलाउन आएको हुनुपर्छ,’ दिलिपका बहिनी लक्ष्मी कुमारी महतोले भनिन्, ‘किनभने मेरो दाई बाहिर जाँदा आफ्नै बाइक लिएर जाने गर्थे तर त्यो दिन बाइक घरमै छाडेर जानुभएको थियो ।’ कसले दाईलाई बोलाएर खोलामा लग्यो त्यो कुरा अनुसन्धानबाट नै खुल्नेछ,' उनले बताइन् ।
प्रलोभनदेखि ज्यान मार्ने धम्कीसम्म
क्रसर सञ्चालकको अवैध उत्खननको पटक-पटक दिलिपले विरोध गर्दै आएका थिए । उनलाई फकाउन हरसम्भव प्रयास पनि गरिएको थियो । खोला किनारमा खेतहरू खन्दा अन्य किसानको खेतमा क्षति भई रहेको तथा उनको आफ्नै खेतमा समेत असर परिरहेका कारण दिलिप आफ्ना साथीहरूसँगै समूहमा अवैध उत्खननको विरोध गर्ने गरेका थिए । लक्ष्मीका अनुसार गाउँमा अन्याय भएको कुरा देख्ने बित्तिकै आवाज उठाउने र विरोध गर्ने उनको बानी नै थियो । समाजलाई सुधार गर्नुपर्छ भनेर जहिले पनि नेता जस्तो अन्यायको विरोधमा अगुवाई गर्ने उनको पहिले देखि नै बानी थियो ।
‘शुरूशुरूमा क्रसर सञ्चालक विपिनले धम्की दिने गर्थ्यो तर धम्कीको वास्ता नगरेर विरोध गर्दै आएपछि रुपैयाँ पैसाको प्रलोभन समेत दिने गर्थ्यो,’ मृतक दिलिपकी बहिनी लक्ष्मीले भनिन्, ‘पछि त मोटर बाइक नै किनिदिन्छु भन्ने प्रस्ताव समेत विपिनले गरेका थिए ।’ उनीसहित केही युवाले संगठित भएर विरोध गरिरहेकै कारण क्रसर व्यवसायीले दिनको समयमा उत्खनन् गर्दैनथे । रातको समयमा मात्र उत्खनन गरेर बालुवा टिपरमा लग्ने काम गरेका थिए । त्यहीकारण उनी रातिको समयमा उत्खननको काम रोक्नका लागि केही साथीहरूलाई लिएर खोला सम्म पुग्ने गर्थे ।
क्रसर सञ्चालकले दिलिपको केही जग्गा भाडामा समेत लिएका थिए । त्यस वापतको बाँकी रहेको २५ हजार रुपैयाँ लिन घटना भएको २ दिनअघि मात्र मृतक दिलिपका बुवा रामजीवन महतो क्रसर उद्योगमै पुगेका थिए । पैसा लिन पुगेका रामजीवनलाई क्रसर सञ्चालक विपिनले आफ्नो छोरालाई सम्झाउन समेत भनेका थिए ।
‘छोराले नमाने टिपर तल किचेर मारेर खाल्डोमा गाडी दिन्छु, तपाईं आफ्नो छोराबाट हात धोए हुन्छ भनेर धम्की पनि दिएका थिए,’ मृतकक बुवा रामजीवनले भने, ‘मलाई लाग्यो त्यसै भनेका छन्, सम्झाई दिउँला ।’ तर छोरा लालगढमा गएका कारण विपिनले दिएको धम्कीबारे बताउनै नसकेको उनले सुनाए । ‘विपिनले ज्यान मार्ने धम्की दिएकोबारे बताउन पाएको भए छोरा सचेत हुन्थ्यो होला तर बताउनै सकिएन,’ उनले भक्कानिँदै भने, ‘मेरो छोरालाई मारेर सवारी दुर्घटनामा निधन भएको भनेर षड्यन्त्र गरे ।’
शुरूमा दिलिपको हत्या नै भएको भनेर प्रहरीले बताएन । टिपरमा किचेर मृत्यु भएको भनेर भनिएको थियो । घटनास्थलमा मृतक दिलिपका बहिनी तथा दाईहरू पुग्दा प्रहरीले घटनास्थलमा मुचुल्का नै नगरेर शवलाई समेत उपचारको बहाना बनाएर लगेका थिए । ‘इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले धनुषाको ललगढस्थित उपचारका लागि मोडेल अस्पताल लग्दैछु भनेर प्रहरी भ्यानमा लगे,’ मृतक दिलिपका बहिनी लक्ष्मीले भनिन्, ‘हामी पनि सँगै जान्छौं भनेर भन्दा परिवारका कुनै पनि सदस्यलाई गाडीमा प्रहरीले लगेनन् ।’
तर पछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लागेका थिए । शवको मुचुल्का नै नगरेर सवारी दुर्घटनामा मृत्यु भयो भनेर प्रहरीले पनि क्रसर व्यवसायीसँग मिलेको स्थानीयको आशंका भयो । त्यसपछि विरोध गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरोध गर्दै आन्दोलित भएका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थिए ।
वातवरण संरक्षणका लागि विरोध गर्दै गरेका युवाको हत्या गरिएकाले नेपाल सरकारले दिलिपलाई वातावरण शहीद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने स्थानीयहरूले माग गरेका छन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...