×

NMB BANK
NIC ASIA

योजना कार्यान्वयन सुस्त

सरकारी बस चढ्ने रहर प्रदेशभर तर ३३ करोड बजेट थन्कियो ढुकुटीमै

पुस २८, २०७६

NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/२०७६ को बजेट वक्तव्यमार्फत प्रदेश बस सञ्चालनको अवधारणा सार्वजनिक गर्‍यो ।

Muktinath Bank

बस चलाउन २० करोड रुपैयाँ बजेट विनियोजन गरेपछि निकै वाहवाही पायो तर आव २०७५/२०७६ सम्भाव्यता अध्ययन अनुगमनमै सकिएपछि सरकारको योजनाप्रति उत्साहित नागरिक निराश भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले पुनः त्यही योजनालाई जोड दिँदै चालू आर्थिक वर्ष २०७६/२०७७ को बजेट सार्वजनिक गरेपछि पक्कै पनि योजनाले सार्थकता पाउनेमा नागरिकमा आशा पलायो तर चालू अर्थिक वर्षको ६ महिना बित्नै लाग्दा समेत बस सञ्चालनमा अन्योलता देखिएको छ ।


Advertisment
Nabil box
Kumari

धनगढी उपमहानगरपालिका–७ का स्थानीय कलकबहादुर सिंहले भने, ‘केही गर्ला भन्ने आश थियो । २ वर्षसम्म यत्रो बजेट छट्याएर पनि खै के गर्दैछ प्रदेश सरकार ? अन्तिममा हात्ती आयो, हात्ती आयो फुस्सा हुने त होइन ?’
  
प्रदेश यातायात सेवा सञ्चालन गरी प्रदेशवासीलाई सुरक्षित, भरपर्दो र आरामदायी यातायात सेवा उपलब्ध गराउने प्रदेश सरकारले नीति लिएको छ । जसको लागि उपयुक्त प्रणालीको अध्ययन गत आर्थिक वर्षमै सम्पन्न भएको छ ।
चालू आर्थिक वर्षमा प्रदेश यातायात प्राधिकरण गठन गरी प्रदेश यातायात सेवा सञ्चालन गर्ने योजना सार्दै १३ करोड रुपैयाँ बजेट पनि विनियोजन गरेको छ तर हालसम्म प्रदेश यातायात प्राधिकरण गठनमै अन्योल देखिएपछि सञ्चालनप्रति आशंका थपिँदै गएको छ ।

Vianet communication

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको प्रादेशिक सडक तथा यातायात व्यवस्था महाशाखाका निर्देशक प्रेमदत्त भट्टले प्राधिकरण गठन प्रक्रिया जारी रहेको बताउँदै सञ्चालनमा अझै समय लाग्ने जानकारी दिए । 

उनका अनुसार सरकारले गत वर्ष बस सञ्चालनबारे ग्रीड कन्सल्टेन्सीसँगको साझेदारीमा प्रदेशका विभिन्न जिल्लामा सम्भाव्यता अध्ययन गरेको थियो । कन्सल्टेन्सीको अध्ययन प्रतिवेदनले औल्याएको सुुझावलाई उदृत गर्दै निर्देशक भट्टले शुरूमा तराईका जिल्ला तथा पहाडको डोटी र डडेल्धुरा जिल्लामा बस सेवा विस्तार गर्न सकिने बताए । त्यो पनि निजी कम्पनीसँगको साझेदारीमा नाफामूलक रुटमा सञ्चालन गर्न प्रतिवेदनमार्फत सिफारिस गरिएको उल्लेख गरे । त्यसपछि क्रमिक रुपमा सेवा विस्तार गरिने निर्देशक भट्टको भनाइ छ ।

तर चालू आर्थिक वर्षको हालसम्म प्रदेश सरकार प्राधिकरण गठनमै अल्झिएको देखिएको छ । प्राधिकरण गठन आदेशको प्रारुप तयार गरिएपनि थप प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

सेवा प्रवाहको लागि प्राधिकरण गठनपछि आवश्यक कर्मचारी भर्ना गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै बस खरिद र सेवा प्रवाहको अवस्था शुरू हुने बताइन्छ ।

निर्देशक भट्टले अगाडि थपे, ‘बस खरिद गर्नु ठूलो कुरो होइन । बस सञ्चालन गर्ने ठूलो कुरा हो । गाडीभन्दा यातायात सेवालाई प्रभावकारी कसरी बनाउने हो, संरचना तयार भएपनि त्यसको लागि ठूलै उपलब्धि हुने देखिन्थ्यो ।’

गत आर्थिक वर्षमा बस सञ्चालन अन्तर्गतको कार्य सम्भाव्यता अध्ययनमै सीमित हुन पुगेको थियो । सम्भाव्यता अध्ययनमा मात्रै १९ लाख रुपैयाँ बढी बजेट खर्च भएको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा समेत कुनै कार्य हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x