×

NMB BANK
NIC ASIA

प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो भूतपूर्व सैनिक सम्मेलन माघ १२ गते दाङको घोराहीबाट शुरू हुँदैछ । 

Muktinath Bank

प्रत्येक प्रधानसेनापतिले आफ्नो कार्यकालमा सैनिक जीवनबाट अवकाश प्राप्त भूतपूर्व सैनिक सम्मेलन क्षेत्रगत रुपमा एकपटक गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुकुम, सल्यान, दाङ, प्यूठान र रोल्पा जिल्लामा स्थायी बसोबास गर्ने भूपूलाई लक्षित गरी माघ १२ गते घोराही ब्यारेक दाङमा यो शृंखलाको पहिलो भूपू सम्मेलन हुँदैछ ।


Advertisment
Nabil box
Kumari

सम्मेलनका क्रममा भूपूलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, सहभागीलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वाेत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई पुरस्कार, ज्येष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

सम्मेलनमा सैनिक नेतृत्वसँग भूपूले आफूलाई परेको पीरमर्का सुनाउने र नेतृत्वले त्यसलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने विषयमा छलफल हुनेछ । यसखाले सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठी पल्टनियासँगको अभूतपूर्व जमघटका रुपमा लिने गर्दछन् ।

सम्मेलनको मुख्य समारोहस्थलमा उमेरले ८ दशक पार गरेका भूपूले निकै जोस र जाँगरका साथ पिटी परेड प्रस्तुत गर्नेछन् । नेपाली सेनाको व्यवस्थापन र कल्याणकारी बोर्डको संयोकत्वमा मुलुकका सातै प्रदेशमा यसखाले सम्मेलन हुनेछ । सम्मेलनका क्रममा भूपू र तिनका आश्रित परिवार एवम् एकल महिलाको  क्षेत्रगतरुपमा ठूलो संख्यामा उपस्थित रहनेछ । 

विगतमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्व सैनिक सम्मेलन २०७० साल माघबाट पुनः आरम्भ गरिएको थियो । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्त्वपूर्ण क्षण बिताएका भूपूको संख्या ७० हजार छ । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा भूपू सम्मेलन हुँदै आएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा नेपाली सेनाको संयोजनमा भूपूलाई सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउँदै आएको छ । उक्त कर्जा लिएर लघुवित्त कार्यक्रम सञ्चालन गर्ने भूपू र आश्रित परिवारको संख्या १० हजार पुगिसकेको छ । 

प्रदेश ५ सरकारमा घोराहीपछि भूपूसैनिक सम्मेलन फागुन १४ गते बुटवल र फागुन १५ गते नेपालगञ्जमा हुनेछ । माघ १३ गते कर्णाली प्रदेशको सुर्खेत र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ ।

यसैगरी गण्डकी प्रदेशमा आगामी चैत १७ गते तनहुँको खैरेनीटार र १८ गते पोखरामा हुने नेपाली सेनाले जनाएको छ । – नारायण न्यौपाने/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x