पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको कुद्स फोर्सका जनरल कासिम सुलेमानीको हत्याको नयाँ कारण दिएका छन् ।
रिपब्लिकन पार्टीलाई चन्दा दिने एक समूहलाई सम्बोधन गर्दै उनले भने, ‘इरानको शीर्ष जनरल आक्रमणअघि अमेरिकाका बारेमा नराम्रो कुरा भनिरहेका थिए । त्यसैले उनलाई मार्ने आदेश दिनुपरेको हो ।’
सीएनएनले ट्रम्पको पार्टीका लागि फन्ड जुटाउने एक व्यक्तिको बयानलाई उद्धृत गर्दै लेखेअनुसार, ट्रम्पले सम्बोधनमा भने, ‘हामी उसलाई अझै कति सहन सक्थ्यौं र ?’
ट्रम्पले सुलेमानीमाथिको आक्रमणका बारेमा बताए । उनले भने, ‘हामीहरूलाई सैन्य अधिकारीहरूले सुलेमानी र अन्य व्यक्ति सँगै रहेको बताए । सैन्य अधिकारीहरूले ट्रम्पलाई भने, ‘सर, उनीहरूसँग २ मिनेट ११ सेकेन्ड छ । उनीहरू कारमा छन् । हतियारसहितको वाहनमा छन् । उनीहरूको जिन्दगी १ मिनेट मात्र बाँकी छ । ३० सेकेन्ड, १०, ९, ८... । अनि अचानक ड्याम्म । अधिकारीहरूले भने, ‘ल, उनीहरू सकिए ।’
ट्रम्पले जनरल सुलेमानीमाथि एमक्यू–९ रीपर ड्रोनबाट गरिएको आक्रमणको यति विस्तृत विवरण पहिलोपटक दिएका हुन् ।
उनले यसो भन्नुभन्दा एक दिनअघि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीलाई अमेरिकाका लागि शब्द छनोट गर्दा होश पुर्याउन भनेका थिए ।
खमेनीले शुक्रवार भाषण दिँदै अमेरिकी विदूषकहरू दुष्ट छन् र बेलायत, फ्रान्स अनि जर्मनी उसका प्यादा हुन् भनेका थिए ।
अमेरिकाले जनवरी ३ मा ड्रोन आक्रमण गरेर सुलेमानीलाई बग्दादमा हत्या गरेको थियो । त्यसको जवाफमा इराकको अल–असद र इर्बिलमा रहेका दुई अमेरिकी सैन्य अड्डामा २२ क्षेप्यास्त्र इरानले हान्यो । त्यसपछि अमेरिका र
इरानबीच युद्धको स्थिति आएको थियो । तर दुवै पक्षले संयम अपनाए अनि युद्ध हुन पाएन ।
एजेन्सी
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...