सुडानको चिडियाखानामा भोकभोकै राखिएकामध्ये १ सिंहको मृत्यु

सुडानको एक चिडियाखानाका फोहरी खोरहरूमा खानै नदिई राखिएका पाँचमध्ये एक सिंहको सोमवार मृत्यु भएको छ ।

बाँकी अन्य चार सिंहलाई बचाउनका लागि चाहिँ अभियान चलिरहेको छ ।


Advertisement

मर्ने सिंहिनीलाई कैयौं दिनसम्म पानी चढाइएको भए पनि सोमवार मृत्यु भएको ब्रिगेडियर एस्सामेलद्दीन हज्जारले बताए ।

अल–कुरैशी पार्क नामक उक्त चिडियाखानामा कंकाल बनेका सिंहहरूले कैयौं दिनदेखि खाना र औषधि खान पाएका थिएनन् ।


Advertisement

देशमा विदेशी मुद्राको अभाव भएपछि खाद्यान्नको मूल्यवृद्धि हुँदा उनीहरूलाई चिडियखानाले खुवाउन नसकेको हो ।

खान नपाएर उनीहरूको शरीरको दुइतिहाइ तौल घटिसकेको छ ।

सुडानएनिमलरेस्क्यु नामक एक अभियानले कुपोषित र बिरामी सिंहहरूलाई चिडियखानाबाट अन्तै सार्न आह्वान गरेको छ ।

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्