कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सार्वजनिक सवारी साधनबाट फालिने फोहरले सडक, सहर र बस्ती दुर्गन्धित बन्दै गइरहेको गुनासो आइरहेका बेलामा बुटवलमा एउटा नयाँ अभियान शुरू भएको छ ।
सार्वजनिक सडक पेटी तथा चोकहरुमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै नागरिकस्तरबाट स्थानीय सरकारको सहयोगमा बुटवलमा नमूना अभियान शुरू भएको हो ।
'विदेशको अनुभवलाई स्वदेशलाई' भन्ने नाराका साथ शुरू गरिएको अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नागरिकस्तरबाट शुरू भएको अभियानले स्थानीय तहलाई थप जिम्मेवार र जवाफदेही बनाउने काम गरेको बताए ।
स्वच्छ, सुन्दर र हराभरा सहर निर्माणमा सबैको सहकार्यको खाँचो रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले उत्साहित नागरिक समाज, लेखक र विश्लेषकहरुको सकारात्मक सहकार्यले नै परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।
बुटवल र यसक्षेत्रका लेखक, विश्लेषक तथा पत्रकारहरुको एउटा समूहले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसक्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारी सधानहरुबाट यसखालको अभियान सुरु गरेको हो ।
विभिन्न रुट र क्षेत्रमा आउजाउ गर्ने सार्वजनिक यातायातका साधन र तिनका मजदुर तथा यात्रुलाई बसभित्रबाट फोहर जथाभावी बाहिर नफाल्न आग्रह गर्दै बस भित्रै फोहर संकलन गर्न निशुल्क डष्टविनसमेत वितरण गरिएको समन्वयकर्ता उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का कोषाध्यक्ष एवम् विश्लेषक ऋषि आजादले जानकारी दि ।
हालै मित्रराष्ट्र चीनको भ्रमणमा गएर आएका यहाँका लेखक, विश्लेषक तथा पत्रकारहरुले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसखालको अभियान सुरु गरिएको विश्लेषक आजादको भनाइ छ ।
बुटवल ट्राफिकचोकमा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख सुवेदीसहित, वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वडा १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेल, उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश नं. ५ की सदस्य सरास्वती ढकाल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमलगायतले अभियानमा सहभागिता जनाए ।
यस्तै समाजसेवी तथा यातायात व्यवसायी नारायणप्रसाद घिमिरे, यातायात मजदुर संगठनका केन्द्रीय सदस्य तथा तिनाउ बुटवल सरसफाई अभियानका संयोजक ठाकुर गैरे, युवा लेखक मेघराज भट्टराई, ट्राफिक प्रहरी हवल्दार थम्मन पराजुली, कृष्ण घिमिरेलगाएतले माईक्रो बसमा डस्विन वितरण गर्दै अभियानलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।
पहिलोचरणमा यहाँका ८० वटा सार्वजनिक बसहरुमा फोहर संकलनका लागि डष्टविन वितरण गरिएको कार्यक्रम संयोजक तथा अभियानकर्ता प्रदीप आचार्यले जानकारी दिनुभयो । सुरुवाती चरणमा छोटो दुरीमा चल्ने माईक्रो बसमा डस्विन वितरण गरेको नगरपालिका, निजी क्षेत्र र यहाँका अरु पालिकाहरुको सहकार्यमा अभियानलाई विस्तार गरिने कार्यक्रम सञ्चालक तथा अभियानकर्ता अमृत गिरीले बताए ।
बस व्यवसायीको सहकार्य
विदेशको अनुभवलाई स्वदेशलाई भन्ने अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले सहकार्य गर्नेभएको छ । उक्त प्रालिका अध्यक्ष दधिराम खरेलले अब प्रालिले आफै पनि डस्विन वितरण गर्ने र सडकपेटी सरसफाईको अभियानमा सरिक हुने प्रतिबद्धता जनाए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...