×

NMB BANK
NIC ASIA

केन्द्रीय कमिटीमा ओलीको जिकिर– एमसीसी इन्डो प्यासिफिकअन्तर्गत होइन, ल्याटिन अमेरिका पनि छ

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन 'एमसीसी'ले नेपालको सार्वभौमिकतामा कुनै किसिमको असर नगर्ने जिकिर गरेका छन् ।

Muktinath Bank

बुधवारबाट काठमाडौंको राष्ट्रिय सभागृहमा शुरू भएको नेकपा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमसीसी नेपालको हितअनुकूलकै सम्झौता भएको जिकिर गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यस (एमसीसी)मा कुनै अनुचित सम्झौता छैन,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रो सार्वभौमिकतामा, हाम्रो स्वाधीनतामा, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, हाम्रो कुनैपनि कुरामा प्रतिकूल असर पार्ने स्थिति छैन, यसमा स्पष्ट रहन कमरेडहरूलाई म आग्रह गर्दछु ।'


Advertisment
Nabil box
Kumari

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गत नभएको जिकिर पनि गरे ।

Vianet communication
Laxmi Bank

'५० देशसँग एमसीसी सम्झौता भइसकेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरू छन्,' प्रधानमन्त्री ओलीले भने, 'यसलाई इन्डो प्यासिफिकसँग जोड्नु बेकार हो, ल्याटिन अमेरिका पनि इन्डो प्यासिफिक ?'

प्रधानमन्त्री ओलीले सन् २००४ मा एमसीसीको स्थापना भएदेखि आजको स्थितिसम्म नेपाल र एमसीसीबीच भएका विभिन्न छलफल, वार्ता र सम्झौताहरू तिथिमिति सहित उल्लेख गरे ।

कुनैपनि सम्झौता गर्दा आफूले राष्ट्रको हितलाई केन्द्रमा राख्ने जिकिर समेत प्रधानमन्त्री ओलीले गरे ।

'कुनैपनि सम्झौता हाम्रो इन्ट्रेस्टमा, हाम्रो आवश्यकतामा, हाम्रो लाभका लागि गर्छौं,' प्रधानमन्त्री ओलीले भने, 'अरूका इन्ट्रेस्ट के छन् भनेर जाँदैनौं । अरूको इन्ट्रेस्ट के होला भनेर त्यसको विश्लेषण गरेर पनि जाँदैनौं ।'

एमसीसीसम्बन्धी सम्झौता यसअघि नै कार्यान्वयनमा गइसक्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले अनावश्यक विवाद र बहस सिर्जना गरिएको गुनासो गरे ।

'कार्यान्वयन हुनुअघि संसद्‍बाट अनुमोदन हुनुपर्ने भन्ने थियो, प्रोसेसमा छ,' ओलीले भने, 'अस्तिनै हुनुपर्थ्यो, अनावश्यक विवाद र बहस भए, खर्च थपियो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x