कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मंगलबार टिप्परको ठक्करबाट एक युवाको ज्यान गएपछि भएको प्रदर्शन उग्र बनेको छ ।
विहीबार विहान वीरेन्द्रचोकमा प्रहरीको छोडुवा लट्ठी लागेर दैलेखका एक बालक घाइते भएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिने बहानामा दैलेखका ११ वर्षीय बालकलाइ छोडुवा लट्ठी लाग्दा उनको ओठ काटिएको छ भने दाँत पनि झरेको छ ।
सयौंको संख्यामा आन्दोलनकारी सडकमा आएका छन् । टिप्पर चालक र मालिक हरि विसीलाई जन्मकैद हुनुपर्ने माग राख्दै पीडित परिवार आन्दोलनमा उत्रिएका हुन । अहिले सुर्खेतमा सवारी साधन ठप्प पारिएको छ । पसलहरु बन्द गरिएका छन् । प्रहरी धरपकडमा उत्रिएको छ भने केहि प्रदर्शनकारीलाई वीरेन्द्र चोकबाट नियन्त्रणमा लिएको छ ।
मंगलवार प्रहरीले बल प्रयोग गरी शव उठाएपछि स्थिति तनावग्रस्त बनेको हो । मृतकका केही आफन्तले शव उठाउने र दोषीलाई हदैसम्मको कारबाही गर्ने प्रशासनसँग सहमति गरेका थिए । तर केही आफन्तले भने आमा कालिकोट र बुबा भारतबाट नआएसम्मका लागि शव नउठाउने अडान लिएका थिए । आफन्तले शव उठाउने सहमति गरीसकेको भन्दै प्रहरीले बल प्रयोग गरेर घटनास्थलबाट शव उठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बालबालिकालाई सडकमा नआउन आग्रह गरे । ‘भीड अनियन्त्रित भएको छ । हामीले घर भित्रै बस्न आग्रह गरेका थियौं,’ उनले भने, ‘पेट्रोल नै बोकेर हिडिरहेको भीडलाई नियन्त्रणमा लिदा त्यस्तो भएको होला । बालबालिकामाथि आक्रमण गर्ने हाम्रो कुनै मनसाय होइन । आफ्ना बालबालिकालाई घर भित्रै राख्न आग्रह गर्दछु ।’
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...