×

NMB BANK
NIC ASIA

लेखनाथ हाफ म्याराथनः सेनाका सञ्जयलाई उपाधि

कास्की | बैशाख १, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

 नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । 

Muktinath Bank

दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जिते । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद रु ६० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भए । उनले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा  दौड पूरा गरे । उपविजेता बोगटीले नगद रु  ३० हजारसहित  मेडल र प्रमाणपत्र पुरस्कार पाए ।


Advertisment
Nabil box
Kumari

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए । उनले रु २० हजार पुरस्कार पाए । सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । उनीहरूले क्रमशः रु १० हजार रु पाँच हजार पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए।

Vianet communication
Laxmi Bank

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गरेका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३४ मिनेटमा पूरा गरेका गरे । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले उपाधिसहित रु १० हजार पुरस्कार पाए ।

यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने ।  गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ भए ।

यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भए ।

महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाए। तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः रु १० हजार, पाँच हजार र रु दुई हजार पाँच सयको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरी भेट्रान्स पाँच किमी दौडमा काठमाडौँका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः रु १० हजार,  सात र  पाँच हजार पुरस्कार पाए । विद्यालय छात्रतर्फ पाँच किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो भए

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो भएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, र तृतीयले रु पाँच हजार पुरस्कार पाए ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x