कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
काठमाडाैं | बैशाख १८, २०८१
गुल्मीका विभिन्न ठाउँमा गत सातादेखि फैलिएको डढेलो अझै नियन्त्रणमा आएको छैन । गतसाता जिल्लाको इस्मा गाउँपालिका– ४ मा डढेलोले ठूलो मात्रामा धन र पशुचौपाया नोक्सान भयो । गएको वर्षातमा पहिरोको विपत्ति भोगेको इस्मामा अहिलेको ‘माटो बल्ने’ खडेरी छ । ३ स्थानका वनमा फैलिएको आगलागीमा परेर ४० घर, ४६ गोठ र ७५ पशुचौपाया जलेर मरेका छन् ।
इस्मा–४ का वडाध्यक्ष राजु बस्नेतले दोहलीको हुल, मड्किना र कोटकोटेरीमा आगलागीले धेरै क्षति गरेको बताउँछ । ‘आगलागीले खानेपानीमा पाइपसमेत जलेपछि गाउँमा पानीको संकट देखिएको छ,’ अध्यक्ष बस्नेत भन्छन्, ‘वर्षातमा पहिलोले इस्माबासीलाई संकटमा पार्यो । अहिले फेरि डढेलोले समस्या भोग्न बाध्य भए । आगलागीबाट घरबारविहीन बनेका परिवारलाई गाउँपालिकाबाट राहत वितरण गरेका छौं । घर निर्माणमा पनि सहयोग गर्छौं ।’
एक दशकअघि पनि इस्माकै हस्तीचौरमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा पाँचजना स्थानीयले ज्यान गुमाएका थिए । डिभिजन वन कार्यालय, गुल्मीका अनुसार जिल्लाको इस्मा, रेसुंगा, मुसिकोट, गुल्मीदरबार, छत्रकोट, रुरू र मदानेलगायतका स्थानीय तहको विभिन्न ठाउँमा लागेको आगोले जिल्लामा झण्डै १ हजार ५०० हेक्टर जंगल र दर्जनौं घर/गोठ सखाप भएका छन् ।
कार्यालयका सूचना अधिकारी राजन कुँवरका अनुसार घाँस राम्रो पलाउने र वन्यजन्तु भगाउने नाममा लगाइएको आगोले गुल्मीमा ठूलो क्षति गरेको छ । ‘वन कार्यालय र पालिकाहरूले डढेलो रोक्न गरेका जनचेतनाका प्रयास सफल हुन सकेका छैनन्,’ कुँवर भन्छन्, ‘मानिसले जानीजानी आगो लगाएको पाइए पनि कारबाहीका लागि समुदाय गुपचुप बस्दा रोकथाम र नियन्त्रण निप्रभावी बनेका छन् ।’
गएको साता नै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ मा आगलागी भयो । धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घर जले ।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलका अनुसार आइतबारसम्म जिल्लाका विभिन्न वनमा लागेको आगलागीले ४३ घर/गोठ जलेर नष्ट भएको सूचना प्रहरीले संकलन गरेको छ । रावलले जंगलमा लगाएको आगो बतासले बस्तीसम्म ल्याउने गरेको अनुसन्धानबाट देखिएको बताउँछन् ।
अर्घाखाँचीका अग्निपीडितको अहिले बिचल्ली भएको छ ।
गहुँ स्याहारेपछि खेतमा लगाएको आगोले रूपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न वडामा ९८ घर आगलागीमा परे, जसमध्ये ५० घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । त्यस्तै, गहुँ खेतमा लागेको आगोले पश्चिमी तातो हावाले फैलिँदा कपिलवस्तुको यशोधरा गाउँपालिकामा ४० घर जल्नुका साथै भर्खरै स्याहारेको गहुँसहित ठूलो परिमाणमा अन्न जलेर नष्ट भयो ।
त्यस्तै, आइतबार दाङको राजपुर– ७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । वैशाख लागेसँगै शुरू भएको डढेले गुल्मी, अर्घाखाँची हुँदै प्यूठान, रुपन्देही कपिलवस्तु हुँदै दाङसहित प्रदेशका सबैजसो जिल्लाका वन र निजी जग्गामा आगो लागेको छ ।
तराई गर्मी र पहाड डढेलोले आक्रान्त बनेका छन् । केही वर्षयता पहाडमा खडेरी र गाउँबाट बसाइँसराइले गर्दा मध्यपहाडका जिल्लाका ग्रामीण भेगमा आगलागी बढेको छ । तीव्र बसाइँसराइले खेतबारी बाँझो हुँदा जंगल गाउँघरसम्म ढाकेको छ । डढेलोविद सुन्दर शर्माले बसाइसराइँले जंगल र बस्ती जोडिँदा आगलागीले पहाडका गाउँबस्ती आक्रान्त बन्न पुगेको बताए ।
‘पहिले बस्ती र खेतबारी हुन्थे । अहिले गाउँबस्तीबाट मानिसहरू पलायन भएपछि खेतबारी झाडी र बुट्यान बने, जसले गर्दा घर र जंगल जोडिन पुगे । वनमा आगलागी हुनेबित्तिकै आगो घरगोठसम्म पुग्यो,’ शर्माले लोकान्तरसँग भने ।
उनले थपे, ‘हामी अहिले पिक फायर सिजनमा छौं । शतर्कता धेरै अपनाउनुपर्छ । लामो समयसम्म पनि पानी नपर्दा तापक्रम बढेसँगै आगलागीका घटना बढ्न सक्छन् ।’
सामान्यतया हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा डढेलोको प्रकोप लुम्बिनी प्रदेभभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ ।
डढेलोले जंगल मात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पार्दै आएको छ । वैशाख शुरू भएसँगै लुम्बिनी प्रदेशको पहाडमा डढेलो र तराईका जिल्लामा प्रत्येक दिन ४० डिग्रीभन्दा माथिको तापक्रमले ‘हिट वेभ’ ले अत्यधिक गर्मी छ ।
गर्मी, तातो हावा र सुख्खा खडेरीले हावाहुरीका कारण अहिले वनजंगलमा आगलागी तीव्र रूपमा फैलिँदो छ । पहाडी जिल्लाका पालिकामा आगलागी नियन्त्रण गर्न दमकल समेत छैनन् । तराईका जिल्लामा समेत पर्याप्त वारुणयन्त्र नहुँदा समस्या छ ।
विपद् नियन्त्रण गर्ने काम स्थानीय तहको भए पनि त्यसतर्फ पालिकाको ध्यान जान सकेको छैन ।
गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खेमबहादुर थापाले डढेलो नियन्त्रण योजना बनाउने तयारीमा महासंघ रहेको बताउँछन् ।
‘गाउँमा जनता पाउन मुस्किल हुन थाल्यो,’ महासचिव थापाले लोकान्तरसँग भने, ‘निजी जमिन समेत जंगल बन्यो । आगलागी भयो भने पनि मानिसहरू स्वयंसेवकको रूपमा निभाउँदैनन् । प्रहरी सेनाकै भर पर्छन् । पालिकाले दमकल पाल्न सक्ने अवस्था छैन । दमकल पनि गाउँका घर–घरमा पुगेर आगो निभाउन सम्भव छैन । हामी हरेक गाउँमा पानी संकलन गर्ने ट्याङ्ककी बनाउने गरी काम गर्दैछौं ।’ मानिसमा डढेलोप्रति चेतना विकास गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको थापाको भनाइ छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा यो सिजनमा डढेलोका घटना भएका छन् । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी डिलाराम पौडेलले डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरूलाई प्रत्येक वर्ष बजेट पठाउँदै आएको बताए ।
नयाँ वर्ष वि.स. २०८१ शुरूआतसँगै लुम्बिनी प्रदेशका वनजंगलमा डढेलो सल्किन पनि शुरू भएको थियो । राम्रो घाँस पलाउने आशमा कतिले जानेरै आगो लगाउने गरेका छन् । वनमा आगो लगाउनु हुँदैन भन्ने जानकारी भएकै मानिसहरूले डढेलो लगाउने गरेको वातावरण क्षेत्रका जानकार युवराज कंडेलले बताए ।
हावाहुरीको समयमा सानो आगोको झिल्काले वनमा डढेलो सल्कन सक्छ । चैत र वैशाखमा हावाहुरी चल्दा, हिउँदे वर्षा ढिला हुँदा, भिरालो भूबनोटका कारण वनमा लागेको आगो नियन्त्रण गर्न सजिलो नहुने कंडेल बताउँछन् ।
वनमा आगलागी हुने कार्य गरेमा वन ऐन, २०७६ को दफा ५० को उपदफा (४) मा सजायको व्यवस्था गरिएको छ । जसमा क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
तर, वन डढेलोका घटनामा कारबाही हुने गरेको पाइँदैन । यस वर्ष त हिउँद सुख्खाग्रस्त बन्यो भने वनजंगलमा पातपतिंगर पनि धेरै भएकाले डढेलोको जोखिम रहेको वनपालेहरू बताउँछन् ।
हेर्नुहोस्, थप तस्वीर :
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...