×

NMB BANK
NIC ASIA

करोडौं विद्युत बक्यौता नतिरेपछि प्राधिकरणले काटिदियो विराटनगरका २४ ठाउँको लाइन

विराटनगर | बैशाख ५, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर महानगरपालिकाले १० करोड ५५ लाख ३ हजार ९८९ रुपैयाँ बक्यौता नतिरेपछि नेपाल प्राधिकरणको विराटनगर वितरण केन्द्रले २४ ठाउँको सडक बत्ती काटिदिएको छ । प्राधिकरणले सडक बत्तीको लाइन काटिदिएपछि रातमा झिलिमिली देखिने विराटनगर एयरपोर्ट लाइन एक हप्तादेखि रातिको समयमा अन्धकारमय भएको छ। 

Muktinath Bank

वर्षौंदेखिको करोडौं रुपैयाँ विद्युत बक्यौता नतिरेपछि सडक बत्तीको लाइन काटिएको प्राधिकरणका विराटनगर वितरण केन्द्रका प्रमुख इन्जिनियर सरोजकुमार साहले बताए । विराटनगरभित्र २८४ ठाउँमा सडक बत्ती उपभोग गरेबापत मिटर बक्स राखिएको छ । मिटर नराखिएका २०० भन्दा बढी ठाउँमा पनि महानगरपालिकाले बत्ती जोडेर बालिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार २८४ ठाउँमा राखिएको मिटर रिडिङ भएको रकम साढे १० करोड रुपैयाँ छ । वर्षौंदेखि विद्युत बक्यौता नतिरेपछि सडक बत्तीको लाइन काट्न बाध्य भएको साहले बताए । अहिले प्रारम्भिक चरणमा २४ ठाउँको सडक बत्तीको लाइन काटिएको उनका भनाइ छ ।  बक्यौता नतिरे थप सडक बत्तीको लाइन काटिने चेतावनी प्राधिकरणले दिएको छ । 


Advertisment
Nabil box
Kumari

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रअन्तर्गत मोरङका पाँच वटा स्थानीय तहमा सेवा प्रवाह गर्दै आएको छ । पाँच वटा स्थानीय तहले सडक बत्तीको विद्युत बक्यौता  १६ करोड ८१ लाख ८४ हजार ९१८ रुपैयाँ रहेको छ । पाँच स्थानीय तहमध्ये विराटनगर महानगरपालिकाको सबैभन्दा बढी बक्यौता तिर्नुपर्ने देखिएको छ । गत २१ असोजमा बक्यौता तिर्न प्राधिकरणले गोरखापत्रमा ४५ दिने सूचना निकालेको थियो । 

Vianet communication
Laxmi Bank

यस्तैगरी बुढीगंगा गाउँपालिकाले ८२ लाख २५ हजार ११४, ग्रामथान गाउँपालिकाले १ करोड ५१ लाख ४४ हजार ४०२, जहदा गाउँपालिकाले २ करोड ३६ लाख ८८ हजार ३१६ रुपैयाँ र कटहरी गाउँपालिकाले १ करोड ४६ लाख २३ हजार ९५ रुपैयाँ सडक बत्तीको बक्यौता तिर्नुपर्ने देखिएको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ । उक्त प्राधिकरणको ८४ हजार २४३ ग्राहक संख्या रहेको छ ।  
 
यता महानगरपालिकाले विद्युत प्राधिकरणलाई सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न ताकेता गर्दै आएको छ ।  प्राधिकरणबाट बक्यौता तिर्न दबाब आएपछि महानगरपालिकाले पनि केही महिनाअगाडि विद्युत प्राधिकरणलाई पत्र लेख्दै सम्पत्ति कर र महानगरभित्र रहेका बिजुलीको पोलको भाडा तिर्न आग्रह गरेको थियो । महानगरपालिकाले बिजुलीको खम्बा इन्टरनेट सेवा प्रदायकलाई दिएबापत भएको आम्दानीको १० प्रतिशत बहाल कर पनि तिर्न आग्रह गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले प्राधिकरणलाई पठाएको पत्रमा सम्पत्ति कर ३ करोड ८१ लाख ८५ हजार ७३३ रुपैयाँ तिर्न बाँकी रहेको उल्लेख छ । महानगरमा २३ हजार १५१ वटा बिजुलीका पोल छन् । महानगरले ती पोलको सात वर्षको ६ करोड १९ लाख २८ हजार ९२५ रुपैयाँ भाडा बुझाउन ताकेता गरेको हो ।

महानगरले १० करोड १ लाख १४ हजार ६५८ रुपैयाँ कर तिर्न अनुरोधसहित पत्र पठाएका थिए । महानगरले बिजुलीको खम्बाको भाडा भने २०७४/७५ सालबाट लिन थालेको हो । महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा बिजुलीको प्रतिपोल भाडा २७५ रुपैयाँ, २०७५/७६ मा ३०० रुपैयाँ, २०७६/७७ मा ३५० रुपैयाँ र २०७७/७८ मा ४०० तोकेको थियो । २०७८/७९ मा ४२५, २०७९/८० मा ४५० र चालु आर्थिक वर्षका लागि ४७५ रुपैयाँ प्रतिपोलको वार्षिक शुल्क तोकेको छ ।

प्राधिकरणले सम्पत्ति कर  र पोलको भाडा तिरेपछि महानगरपालिकाले विद्युतको बक्यौता तिर्ने विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बताए । 

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख साहले महानगरपालिकाले पठाएको पत्र प्राधिकरण केन्द्रीय कार्यालयमा पठाएको बताए । पोलको कर तिर्ने प्राक्टिसमा नभएको प्राधिकरणको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x