×

NMB BANK
NIC ASIA

गोपाल सानोमा गाई गोठालो थियो । घरपरिवारले गाई चराउने कामको जिम्मा दिएका थिए । हरेक दिन ऊ गाई लिएर बेसी झथ्र्यो । बेलुका गाईकै साथ फर्कने गथ्र्यो । दिनभर गाईहरू खोला किनार तथा वन पाखामा चर्थे ऊ पौडी खेलेर बिताउँथ्यो तर, हिउँदको महिनामा भने केही फरक हुन्थ्यो । ऊ घर नजिकैको डाँडामा लगेर गाईलाई बेसी झाथ्र्यो र आफू गुच्चा खेलेर दिन बिताउँथ्यो । अनि घाम अस्ताउने बेलातिर सोही डाँडाँमा बसेर गाईको प्रतीक्षा गर्थ्यो । गाईहरू आइपुगेपछि गोठमा ल्याएर बाधिदिन्थ्यो । कतिलाई त बाँध्नै बिर्सन्थ्यो पनि तर, गाईहरू भने बाँधिएको ठान्थे र किलाको वरिपरि नै बसिरहेका हुन्थे । जब भोलिपल्ट अन्य गाईलाई फुक्थे तब उनीहरू पनि फुकेको महसूस गर्थे र सँगै पछि लाग्थे ।  

Muktinath Bank

एक दिनको कुरा हो गोपाल सदा झैँ सोही डाँडामा बसेर गाईको प्रतीक्षा गरिरहेको थियो । घाम अस्ताउन लागेको थियो । डाँडाको तल वनबाट एउटा वन बिरालो पुच्छर उचालेर उकालो लाग्यो । (गाउँका बुढापाकाबाट वन बिरालोको कुरा सुनेकाले उसले त्यसलाई वन बिरालो ठानेको थियो) डाँडाको सिरानमा एक जना सिम्खडा थरी दाइको घर थियो । सबै उनलाई डाँडाबारी दाइ भन्ने गर्थे । उनी कुखुरा पालनको सोखिन थिए । सोखिन पनि के भन्ने र पेशा नै थियो भन्दा हुन्छ । खेतीपातीले घर व्यवहार चल्दैनथ्यो । त्यसैले कुखुराको भाले र पोथीको अन्डा बेचेर व्यवहार चलाउँथे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरालो उकालो लागेको देखेर गोपालले मनमनै सोच्यो– ‘डाँडाबारी दाइ घरमा छन् कि छैनन् कुन्नि । आज वन बिरालोले कुखुरा सखाप पार्ने भयो ।’ तर, बिरालो माथि लागेन । वनको केही माथि गाउँबेसी गर्ने बाटो थियो । बिरालो त्यतैतिर आएर हरायो । त्यत्तिकैमा एउटा ‘तारी’ गाई आइपुगिन् । उनी एक छिन टङचिर सतर्कतापूर्वक तलमाथि हेरिन् र बाटो लागिन् । पछिपछि उनकै बाच्छी ‘माली’ आउँदै रहिछिन् । उनलाई देख्नासाथ वन बिरालो उनको बुईमा चडेर चिथोर्न थाल्यो । बाच्छी पीडा खप्न नसकेर होला ढलिन् । बिरालो उनलाई घिसार्न लाग्यो ।  


Advertisment
Nabil box
Kumari

त्यसपछि गोपाल डरायो र बिरालोले बाच्छी लग्यो भन्दै घरतिर दौड्यो । उसको कुरा सुन्नासाथ दाजु र गाउँले काकाहरू कराउँदै त्यतैतिर हान्निए । त्यहाँ पुग्दासम्म उसले बाच्छीलाई निकै तल वनमा पुर्‍याइसकेको रहेछ तर, मानिस कराएको सुनेपछि सायद डराएर होला बाच्छीलाई त्यहीँ छाडेर हिँडेछ । गोपाल त्यहाँ पुग्दा बाच्छी मरणासन्न भएर पल्टिरहेकी थिइन् । शरीर रगतले भिजेको थियो । उसले उठ भनेर ढाडमा धाप के मारेको थियो बाच्छी मानौँ केही पनि नभएजस्तो गरी उठेर ठिमठिम हिँड्न थालिन् र हिँडेरै घर आइपुगिन् । 

Vianet communication

गोपालले उनको शरीरमा लागेको घाउमा नुनपानीले धोएर पट्टी बाँधिदियो तर, घाँटीको घाउ भने गहिरै रहेछ । उनी घ्यारघ्यार गर्न लागिन् । खानपिन गर्न सकिनन् । यस्तै अवस्थामा दुई/तीन बाँचेर संसार छाडिन् । त्यसपछि गोपालले बाँच्छीको पार्थिव शरीरलाई वारीको कुनामा लगेर समाधिस्थ त गर्‍यो । यस घटनाले उसको मनमा यति ठूलो चोट दिएछ कि तीन/चार दिनसम्म झोक्राई मात्र रह्यो । उसले बाच्छीको ज्यान बचाएर पाप गर्‍यो कि धर्म बुझ्न सकेन । पाप भनौँ भने बाच्छीलाई बाघको मुखबाट बचाएको थियो । धर्म भनौँ भने बाच्छीलाई बचाउन सकेन नै यसकै कारण बाघले भोकै रहनुपर्‍यो । बाच्छी बाँचेकी भए त केही थिएन तर, यहाँ त न बाच्छी बाँचिन् न बाघको पेट भरियो । उल्टै उसको आहारलाई जमिनमा गाड्नुपरेको थियो । 

गोठालो हुनु वा गोठालो जानुको अर्थ गाईको अघिपछि हिँडनु मात्र होइन । उनीहरूको सुरक्षा गर्नु पनि हो  तर, यहाँ उसले गाईको सुरक्षा गर्न त सकेन नै । उल्टै बाघको मुखबाट खोसेर उसलाई भोकै राखेको थियो । यस्तैयस्तै चिन्ताले उसलाई खाइरह्यो । 

उसको अवस्था देखेर बाबुले सम्झाउँदै भने– ‘बेकारमा आफ्नो वशमा नभएको कुरा सोचेर किन चिन्तित भा’ छस् गोफ्ले ! तैँले सक्या त गर्‍या हो नि । जे सक्थिस् त्यही गरिस् । त्यतिबेला बाच्छी बचाउनु तेरो स्वधर्म थियो । तैँले त्यही गर्‍या छस्, जुन तेरो स्वधर्म थियो । बचाउने काम भगवान्को हो । कसलाई राख्ने कसलाई लाने भन्ने उनैले जान्या छन् । यसमा तेरो कुनै दोष छैन । बरू बचाउन नखोज्या भए दोषी हुन्थिस् । भो बिर्सिदे । गएको कुराको चिन्ता गरेर कसैको राम्रो भा’ खैन ।’ बाबुको कुराले सायद उसलाई छोएछ क्यारे । भूतलाई बिर्सेर भविष्यको चिन्ता गर्न लाग्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x