असोज ३०, २०८०
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
काठमाडाैं | बैशाख ९, २०८१
शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा रिसर्च बेस्ड डकुमेन्ट्री शर्ट फिल्म ‘रित्तो गाउँ’ले उत्कृष्ट शर्ट फिल्म जुरी मेन्सन अवार्ड जितेको छ ।
त्रिभुवन विश्वविद्यालय र आनन्दराज प्रोडक्सनले संयुक्तरूपमा गरेको रिसर्चमा निर्माण भएको ‘रित्तो गाउँ’का लेखक तथा निर्देशक रामजी ज्ञवाली हुन् ।
कलरिस्ट राजेन्द्र मोक्तानले रित्तो गाउँको प्रतिनिधित्व गरेर अवार्ड उचाले । अवार्ड कार्यक्रममा जुरी प्रमुख दयाराम दाहालले यस फिल्म र निर्देशक रामजी ज्ञवालीको खुलेरै प्रशंसा गरे । देशको समसामयिक परिस्थितिमा निर्माण भएको यस फिल्मले जुरीहरूको मात्रै होइन, उपस्थित २ हजार दर्शकको समेत मन जित्यो ।
महोत्सवका क्रममा रित्तो गाउँको दोस्रो भाग मात्रै देखाइएको थियो । पूर्ण फिल्म भने काठमाडौंमा आगामी वैशाख– १४ गते हुने विशेष शोमार्फत देखाउने निर्माण टीमको तयारी छ ।
महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र घोषित भयो । निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए । अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा ‘नाङ्गो गाउँ’बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए ।
यस्तै ‘सतीदेवी’ले पटकथामा पनि अवार्ड जित्यो । अभिनेत्री मलिका महतले यही चलचित्रबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् ।
सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । यस्तै रंग संयोजनमा ‘दिमाग खराब’ बाट राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए । उनी ‘रित्तो गाउँ’ का पनि कलर संयोजक हुन् ।
यसैगरी शर्ट फिल्मतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्धिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले बाजी मार्यो । सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो ।
सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाको सहकार्यमा भव्य रूपमा सम्पन्न एक औपचारिक कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवं निर्देशक दयाराम दाहालले काठमाडौंबाट नजिकै रहेको रामेछाप जिल्लामा फिल्मको छायांकन गर्न मिल्ने एक से एक लोकेसनहरू देखेको भन्दै यसतर्फ ध्यान दिन चलचित्रकर्मीलाई आग्रह गरे ।
कार्यक्रममा अभिनेता मुकुल भुषाल, महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर, रामेछाप नगरपालिका ८ का वडाअध्यक्ष सन्तोषकुमार तामाङ, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक, निर्माता तथा कलाकारहरूको उपस्थिति थियो ।
महोत्सवमा प्रतिक्षित डकुमेन्ट्री शर्ट फिल्म ‘रित्तो गाउँ’, चर्चित चलचित्र दिमाग खराब, नाङ्गो गाउँ, विच्छेद, सतीदेवी, डेसान लगायत चलचित्रहरू निःशुल्क प्रदर्शन भएका थिए ।
महोत्सवमा सिनेमा प्रदर्शनका अलावा विभिन्न विषयमा सिनेमा संवाद कार्यक्रम पनि भएको थियो । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न भएको थियो ।
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...