×

NIC ASIA

सफलताका ८ वर्ष

नयाँ संकल्प– खोज पत्रकारितामा अझै निखार

काठमाडाैं | बैशाख २४, २०८१

Prabhu Bank
NTC
Premier Steels

लोकान्तर सञ्चार प्रालिद्वारा प्रकाशित लोकान्तर डट्कम आफ्नो स्थापनाको आठौं वर्ष पूरा गरी आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा सबैभन्दा पहिला हाम्रा समस्त पाठक, शुभेच्छुक र विज्ञापनदाताप्रति आभार व्यक्त गर्न चाहन्छौं। आर्थिक हिसाबले मुलुक जर्जर बनेको र अनेक उतारचढावका बावजुद पनि विश्वसनीय र सन्तुलित समाचार सम्प्रेषण गर्ने अभियानमा लोकान्तर अहोरात्र जागा छ ।

Muktinath Bank

बदलिँदो जीवनशैली, इन्टरनेट र सूचना प्रविधिका नयाँ–नयाँ आयाम तथा अनेकन विकल्पका कारण पाठकमा गम्भीर प्रकृतिका समाचार र सूचनाप्रति आकर्षण कम हुन थालेको टिप्पणी पनि नभएका होइनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजमा अनेक फण्डा गर्ने, सस्तो लोकप्रियताका लागि चिच्याउँदै हिँड्नेहरूका 'भ्युज' बढिरहेका बखत कतिपयले अब पहिलाको जस्तो समाचार सामग्रीमा पाठकहरूको रुचि कम भइरहेको टिप्पणी गरे पनि हाम्रो अनुभवले के भन्छ भने अझै पनि विश्वसनीय समाचार सामग्री र विश्लेषणहरूमा रुचि राख्ने वर्गको संख्या ठूलो छ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जाल र इन्टरनेटका विभिन्न प्लेटफर्मबाट सम्प्रेषण हुने सामग्री पत्रकारिताको न्यूनतम् सिद्धान्तभित्र नपर्न पनि सक्छन्। त्यसैले आमपाठक वर्गलाई विश्वसनीय, सन्तुलित, खोजमूलक सामग्री सम्प्रेषण गरिराख्नु जरुरी छ ।

Vianet communication

पत्रकारिता समाजको पहरेदार र ऐना पनि हो। यो जिम्मेवारी सामाजिक सञ्जालबाट सम्प्रेषण हुने सूचनाले पूरा गर्न सक्दैनन् भन्नेमा हामी उत्तिकै स्पष्ट छौं । त्यसैले आजको आवश्यकता भनेको अझ बढी खोजमूलक, गहन, विश्लेषणात्मक र विश्वसनीय सूचना सम्प्रेषण नै हो । यो तथ्यलाई आत्मसात गर्दै हाम्रा आगामी पाइला त्यसै दिशातर्फ केन्द्रित हुने विश्वास आमपाठकलाई गराउन चाहन्छौं।

काम गर्ने क्रममा अनेक त्रुटि, अपरिपक्क क्रियाकलाप भएका हुन सक्छन्। त्यसबाट पाठ सिक्दै आगामी दिनमा अझै परिपक्व, अझै जिम्मेवारीयुक्त र विश्वसनीय सामग्री सम्प्रेषणमा ध्यान केन्द्रित गर्नेछौं ।

पाठक वर्गहरूमा बढिरहेको भिडियो सामग्रीप्रतिको आकर्षणलाई मनन गर्दै लोकान्तर टीभीमार्फत भिडियो सामग्री सम्प्रेषणमा हामी केन्द्रित हुनेछौं । यहाँहरूको निरन्तरको खबरदारी, शुभेच्छा र मार्ग निर्देशनबिना हामी आफ्नो गन्तव्यमा सही ढंगले नपुग्न पनि सक्छौं । त्यसैले हाम्रा हरेक सामग्रीमा प्राप्त हुने यहाँहरूका सुझाव, प्रतिक्रिया, आलोचना,  प्रशंसा,  गाली सबै हाम्रा लागि स्वीकार्य छन्।

स्वस्थ टिप्पणी र आलोचना हाम्रा लागि महत्त्वपूर्ण सवाल हुनेछन्। आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग पत्रकारितामा कसरी हुन्छ र त्यसले कस्तो असर गर्छ, त्यसको लेखाजोखा हुन बाँकी नै छ। त्यो पक्षलाई पनि ध्यानमा राख्दै लोकान्तर डट्कम अझै सशक्त ढंगले अगाडि बढ्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

चैत ९, २०८०

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति र प्रेस स्वतन्त्रता खण्डित गर्नेगरी गृह मन्त्रालयले मंगलबार जारी गरेको परिपत्रले राज्यप्रति आशंका उब्जाएको छ । अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारको नियन्त्रण प्रमुख...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x