पुस २०, २०८०
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
चैत १७, २०७५
काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षभन्दा सदस्यरूले महङ्गो गाडी चढ्ने गरेको पाइएको छ ।
आयोगले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा अध्यक्ष अनुपराज शर्माभन्दा सदस्यहरूले चढ्ने गाडी नयाँ र दोब्बरभन्दा बढी महङ्गो रहेको पाइएको छ ।
अध्यक्ष शर्मा बीएए २७४९ नम्बरको ह्युण्डाइ एसेन्ट कार चढ्छन् । उक्त कार २०६६ साल असार २५ गते २२ लाख २६ हजार १०० मा खरिद गरिएको आयोगले जनाएको छ ।
सदस्यहरू भने २०७४ सालमा किनिएका गाडी चढ्छन् । सदस्यद्वय सुदीप पाठक र प्रकाशचन्द्र वस्ती टाटा सफारी स्ट्रोम चढ्छन् ।
दुवै गाडी २०७४ असार २१ मा ५८ लाख ४४ हजारका दरले खरिद गरिएको आयोगले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
सदस्यहरू मोहना अन्सारी र गोविन्दप्रसाद शर्मा पौडेल महिन्द्रा स्कोर्पियो जीप चढ्छन् । २०७४ मै किनिएका ती गाडीको मूल्य ५७ लाख १५ हजार रहेको आयोगले जनाएको छ ।
अध्यक्षलाई १५०, सदस्यलाई १०० लिटर इन्धन
अध्यक्ष शर्माले आयोगबाट मासिक १५० लिटर इन्धन लिन्छन् । यस्तै सदस्यहरू र सचिवका लागि मासिक एक सय लिटर इन्धन आयोगले उपलब्ध गराउने गरेको छ ।
निर्देशकहरूले भने मासिक ७२ लिटर इन्धन पाउँछन् । अन्य गाडीको हकमा आवश्यकता अनुसार इन्धन उपलब्ध गराउने गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस्, चार पांग्रे सवारीको विवरण:
छ वटा गाडी र अधिकांश मोटरसाइकल दाताका !
चार पांग्रे र दुई पांग्रे गरी आयोगमा रहेका ५९ सवारी साधनमध्ये ६ वटा गाडी र अधिकांश मोटरसाइकल दाताले उपलब्ध गराएको देखिएको छ ।
२५ मध्ये ६ वटा गाडी यूएनडीपीले उपलब्ध गराएको देखिन्छ । यस्तै ३४ वटा मोटरसाइकल/स्कूटरमध्ये २८ वटा दाताले उपलब्ध गराएको आयोगले जनाएको छ ।
हेर्नुहोस्, दुई पांग्रे सवारीको विवरण :
पढ्नुहोस्, यस श्रृंखलाअन्तर्गत अघिल्ला भागहरू :
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...