×

NMB BANK
NIC ASIA

दुर्गममा वित्तीय पहुँचको दूरावस्था

सरकारी बैंकले नै मानेनन् राष्ट्र बैंकको निर्देशन, २३ स्थानीय तह बैंकविहीन !

स्थानीय तहमा बैंक विस्तारले कुल गार्हस्थ बचतमा २२ प्रतिशत योगदान

असार १९, २०७६

NTC
Premier Steels

काठमाडौं – तोकिएअनुसार स्थानीय तहमा नगएर सरकारी बैंकहरूले नै स्थानीय सरकारलाई उपेक्षा गरिरहेको पाइएको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुर्‍याउने उद्देश्यले स्थानीय तहको नामै किटान गरी शाखा विस्तार गर्न निर्देशन दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकको निर्देशन समेत उपेक्षा गर्दै सरकारी बैंकहरूले नै तोकिएको स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् ।


Advertisment
Nabil box
Kumari

यसरी राष्ट्र बैंकको निर्देशन अनुसार तोकिएको स्थानीय तहमा शाखा विस्तार नगर्ने सरकारी बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

Vianet communication

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म २३ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ । त्यसमध्ये ९ वटा स्थानीय तहमा सरकारी बैंकले आ–आफ्नो शाखा विस्तार गरेका छैनन् ।

चार स्थानीय तहमा पुगेन कृषि विकास बैंक

कृषि विकास बैंकले राष्ट्र बैंकले तोकेअनुसार सबै स्थानीय तहमा बैंकका शाखा विस्तार गरेको छैन । राष्ट्र बैंकका अनुसार कृषि विकास बैंकले जाजरकोटका कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र कालीकोटको महावै गाउँपालिकामा कृषि विकास बैंकले स्थानीय तहमा बैंकका शाखा विस्तार गरेको छैन । 

यी गाउँपालिकामा आफ्नो शाखा विस्तार गर्न नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकलाई निर्देशन दिएको थियो ।

तीन स्थानीय तहमा पुगेन राष्ट्रिय वाणिज्य बैंक

सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि चालू आर्थिक वर्षमा तोकिएअनुसार आफ्ना शाखा विस्तार गरेको छैन । राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, डोल्पाको छार्काताङसोङ गाउँपालिका र डोल्पोबुद्ध गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो शाखा स्थापना गरेको छैन ।

दुई गाउँपालिकामा पुगेन नेपाल बैंक लिमिटेड

देशकै पुरानो नेपाल बैंक लिमिटेडले २ वटा गाउँपालिका आफ्ना शाखा विस्तार गरेको छैन । नेपाल बैंक लिमिटेडले राष्ट्र बैंकले तोकेअनुसार डोल्पाको काइके गाउँपालिका र मनाङको नार्फु गाउँपालिकामा आफ्नो शाखा विस्तार नगरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकिङ सेवा नपुग्नेमा अधिकांश दुर्गम जिल्ला

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकिङ सेवा नपुग्ने स्थानीय तहहरूमध्ये अधिकांश स्थानीय तह दुर्गम जिल्लाका रहेका छन् । राष्ट्र बैंकका अनुसार बझाङ, बाजुरा, हुम्ला लगायतका दुर्गम जिल्लाका गाउँपालिकाहरू अझै बैंकिङ सेवाको पहुँच बाहिर रहेका छन् । बैंकिङ पहुँच नपुगेका स्थानीय तहहरू बाजुराको पाण्डवगुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र गौमुल गाउँपालिका रहेका छन् । तीमध्ये पाण्डव गुफा र स्वामिकार्तिक गाउँपालिकामा हिमालयन बैंक तथा गौमुल गाउँपालिकामा कुमारी बैंकले आफ्नो शाखा विस्तार गरेका छैनन् । त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिका पनि बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

त्यस्तै बझाङका काँडा गाउँपालिका र थलरा गाउँपालिकामा पनि तोकिएअनुसार बैंकका शाखा स्थपाना भएका छैनन् । ती दुईटै गाउँपालिकामा क्रमशः एभरेष्ट बैंक र कुमारी बैंकलाई आफ्नो शाखा विस्तार गर्न निर्देशन दिइएको थियो ।

राष्ट्र बैंकका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका र डोल्पाको शे– फोक्सुण्डो गाउँपालिकामा प्रभु बैंकलाई शाखा विस्तार गर्न निर्देशन दिइएपनि अझै शाखा विस्तार भएको छैन । 

राष्ट्र बैंकका अनुसार ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सेन्चुरी बैंक, धादिङको रुवीभ्याली गाउँपालिकामा बैंक अफ काठमाडौंले र गोरखाको धार्चे गाउँपालिकामा सिभिल बैंकले आफ्नो शाखा विस्तार गरेका छैनन् ।
पर्साको जीरावनी गाउँपालिका, धनुषाको धनुषाधाम नगरपालिका र धादिङको नेत्रावातीमा पनि तोकिएअनुसार बैंकका शाखा नपुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

के भन्छन् बैंकर ?

नेपाल बैंकर्स एसोसियसनले दुर्गमका केही स्थानीय तहमा सुरक्षाको जोखिम र आवश्यक पूर्वाधार समेत उपलब्ध नभएकाले सबै स्थानीय तहमा बैंकका शाखा विस्तार हुन नसकेको बताएको छ ।

एसोसियसनका कार्यकारी निर्देशक अनिल शर्माले केही स्थानीय तहमा सुरक्षाको दृष्टिकोणले जोखिम देखिएको र आवश्यक पूर्वाधारको समेत अभाव भएकाले शाखा विस्तारमा ढिलाई भएको बताए । ‘कुनै स्थानीय तहमा सुरक्षाको पनि जोखिम छ,’ कार्यकारी निर्देशक शर्माले भने, ‘कुनै स्थानीय तहमा बैंक राख्ने जस्तो घर पनि नभेटिएका कारण विस्तारमा केही ढिलाई भएको देखिन्छ ।’

पूर्वाधारको कमी र सुरक्षाको जोखिम देखिएपनि बैंकहरूले शाखा विस्तारका लागि आवश्यक तयारी गरिरहेको शर्माको भनाइ छ ।

के भन्छ राष्ट्र बैंक?

नेपाल राष्ट्र बैंकले बैंकहरूले केही स्थानीय तहमा भौगोलिक कठिनाई भएको र केहीमा पूर्वाधारको समेत अभाव भएपनि शाखा पुर्‍याउनेमा विश्वस्त रहको बताएको छ ।

पूर्वाधारको अभाव र सुरक्षा जोखिम हुँदाहुँदै पनि शाखा विस्तारका लागि आवश्यक पहल भइरहेको जानकारी बैंकहरूले गराएका राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले दुर्गमका केही स्थानीय तहमा भौगोलिक कठिनाइ र पूर्वाधारको अभावले बैंकका शाखा स्थापना हुन नसकेपनि ७ सय ३० स्थानीय तहमा बैंक पुग्नु राम्रै उपलब्धि भएको बताए ।

शाखा विस्तारले कुल गार्हस्थ बचतमा योगदान

७ सय ३० वटा स्थानीय तहमा बैंकका शाखा स्थापना हुँदा मुलुकको कुल गार्हस्थ बचतमा मद्दत पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अहिलेसम्म स्थानीय तहमा स्थापना भएका बैंकका शाखाहरूले मुलुकको कुल गार्हस्थ बचतमा २२ प्रतिशत योगदान पुर्‍याएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

राष्ट्र बैंकका प्रवक्ता निरौलाले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा हुने बचतको २२ प्रतिशत बचत स्थानीय तहका शाखाहरूमा भएको बताए । 

‘जसरी अहिले मुलुकको कुल गार्हस्थ उत्पादन ३२ सय अर्ब रहेकोमा त्यसमध्ये हुने बचतमा २२ प्रतिशत स्थानीय तहमा हुने भन्ने हो,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x