पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
प्रत्येक वर्षको १५ अगस्टका दिन भारतीय स्वतन्त्रता दिवस पर्दछ । सन् १९४७ मा यसै दिन भारतले ब्रिटिश साम्राज्वादबाट मुक्ति पाएको थियो । भारतको संविधानको भावना अनुरूप आज भारतलाई एउटा सम्प्रभूता सम्पन्न गणतन्त्रात्मक धर्मनिरपेक्ष समाजवादी राज्य मानिन्छ ।
ब्रिटिश साम्राज्यवादको करीब २०० वर्ष जतिको दासताबाट स्वतन्त्र भएपछिको भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले भनेका थिए, ‘हामीले आफ्नो राष्ट्रिय लक्ष्यका बारेका कुनै भ्रम या असमझदारी राख्नु हुँदैन । हाम्रो उद्देश्य एउटा शक्तिशाली, स्वतन्त्र र जनतान्त्रिक भारत हो । यसमा प्रत्येक नागरिकलाई समान स्थान, विकास र सेवाको लागि समान अवसर प्राप्त हुनेछ ।
भारतमा अलग बस्ने नीति, छुवाछुत, हठधर्मिता तथा मानिसद्वारा मानिसको शोषणलाई कुनै स्थान हुने छैन ।’ तर प्रश्न के छ भने के स्वाधीन भारतको ७ दशकपछि पनि भारतले यी लक्ष्यलाई हासिल गरेको छ ? के भारतीय समाजमा व्याप्त छुवाछुत र शोषणलाई मेटाउन सकेको छ ? के किनारामा धकेलिएका सीमान्तकृत समुदायलाई उचित अधिकार प्राप्त भएको छ ? के असमानता समाप्त भएको छ ? के महिलाप्रति समाजको दृष्टिकोणमा कुनै सार्थक परिवर्तन आएको छ ? के भारत एउटा शक्तिशाली जनतान्त्रिक राष्ट्रको रूपमा विश्व समुदायबीच स्थापित र खडा भएको छ ? के भारतको आन्तरिक र बाह्य सुरक्षा सबल भएको छ ? यस्ता अनेक प्रश्न भारत स्वाधीन भएको साढे ६ दशकपछि पनि उठिरहेका छन् ।
के कुरामा दुईमत छैन भने स्वाधीनता प्राप्त भएपछिका ७ दशकको समय बित्दै गर्दा भारतले विभिन्न क्षेत्रमा निकै प्रगति गरेको छ । उदाहरणका लागि कृषि उत्पादन र उत्पादकत्व बढेको छ । उद्योगधन्दा विस्तार भएका छन् । सञ्चारको क्षेत्रमा त क्रान्ति नै भएको छ । सामाजिक सेवाको दायरा पनि निकै बढेको छ तर के यी उपलब्धीबाट सन्तुष्ट हुन सकिन्छ ? आज भारतीय सचेत समुदायले प्रश्न उठाइरहेको छ ।
के भारतमा जातिवाद, भाषावाद, क्षेत्रवाद, नक्सलवाद, आतंकवाद, भ्रष्टाचार, गरीबी, भोकमरी र बेराजगारीजस्ता गम्भीर समस्या पहिलाभन्दा अझ सघन भएका छैनन् ? यी समस्याबाट कसैले मुख मोडेर वास्तविकता ढाकछोप हुन कहाँ सक्छ र ? भारतको एउटा ठूलो जनसंख्या आज पनि बाँच्ने मूलभूत अधिकारबाटै वास्तवमा वञ्चित छ । जनतालाई २ छाक टार्न पनि धौंधौं छ । स्वच्छ पिउने पानीको अभाव छ । शरीर ढाक्ने कपडा र शीर छोप्ने झुप्रो छैन । जबकि अहिलेसम्मका प्रत्येक पञ्चवर्षीय योजनामा यी आधारभूत सुविधा जनतालाई उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै आएको पाइन्छ । सबै किसिमका आर्थिक सुधार र लोकोपयोगी योजना लागू भइसक्दा पनि गरीबीमा कुनै उल्लेखनीय कमी आउन सकेको छैन ।
विश्वका ४२ प्रतिशत गरीबको संख्यामध्ये भारतमा मात्रै सबैभन्दा बढी छ । सामाजिक आर्थिक र जातीय जनगणना (सोसल इकोनोमिक एण्ड कास्ट सेन्सस) २०११ का अनुसार साढे ६ करोड भारतीयहरू दैनिक ३३ भारतीय रूपैयाँमा दिन गुजार्न बाध्य छन् । युनिसेफले सन् २०१७ मा गरेको अध्ययन अनुसार भारतको शिशु मृत्युदर ३५ प्रतिहजार छ । आज भन्दा १५ वर्ष अगाडि यो दर १ हजारमा १ सय ३० भन्दा बढी थियो । मातृ मृत्युदर प्रति एक लाखमा १ सय ३० छ । संसारको ७औं ठूलो अर्थतन्त्र भएको देश भएपनि भारतमा उपचारका अभावमा वार्षिक २४ लाख नागरिकहरूले ज्यान गुमाएका हुन्छन् । आखिर आर्थिक असमानता, विभेद र बिग्रँदो स्वास्थ्य प्रणालीमाथि कसरी भारतले गर्व गर्न सक्छ र ?
शिक्षाको क्षेत्र पनि कम भयावह छैन । शिक्षाको अधिकार कानूनतः लागू भएपछि पनि प्राथमिक शिक्षाको दुरावस्था कायमै छ । निजी विद्यालय गरीब बालबालिकालाई शिक्षा दिन तयार छैनन् । विश्वविद्यालय र क्याम्पसमा आवश्यक संशाधन र अध्यापकको ठूलो अभाव छ । विश्वका शीर्ष १०० वटा विश्वविद्यालयको सूचिमा भारतको एउटा पनि विश्वविद्यालय परेको छैन । यी सबै कुराले के प्रष्ट रेखांकित गर्छ भने लोकतन्त्रको दुहाइ दिने राजनीतिक दल, सरकार र प्रशासनिक व्यवस्था सम्हालिरहेको कर्मचारीतन्त्रको तर्पmबाट समुचित जिम्मेवारीको निर्वाह पटक्कै भएको छैन । यसको प्रमुख कारण अनैतिकता र भ्रष्टाचार हो ।
स्वतन्त्र भारतको प्रारम्भिक चरणमा अनैतिकता र भ्रष्टाचारका मुद्दा अपवादका रूपमा नगन्य मात्रै हुने गर्दथे । जुन मन्त्रीमाथि भ्रष्टाचारको मुद्दा लाग्दथ्यो, तिनले तत्कालै राजीनामा दिन्थे तर आज नेता अपराधी घोषित भइसकेपछि पनि सत्ता सुख भोग्नबाट वञ्चित रहन पटक्कै चाँहदैनन् । परिणाम सबैसामु प्रस्ट छ । भ्रष्टाचारलाई यसरी बढावा मिलिरहेको छ । कुन तथ्यको पनि उजागर भइरहेको छ भने भ्रष्टाचारी नेता र ठूला कमचारीलाई पारदर्शी र खुलस्त हुन पटक्कै मन पर्दैन । अपराधी किसिमका मानिसलाई निर्वाचन लड्नबाट रोक्न पनि उनीहरूलाई मन पर्दैन । त्यसैको कुपरिणाम हो कि आज भारतीय संसदमा जनताका सच्चा अगुवा होइन, यस्ता धेरै मानिस पनि पुग्ने गरेका छन्, जसमाथि भ्रष्टाचार र अन्य संगीन अपराधको आरोप छ । यस्ता मानिसका हातमा देश र जनताको सुरक्षा कसरी हुनसक्छ र भन्ने प्रश्न पनि उठिरहेको छ ।
यी तमाम कुराका अतिरिक्त आतंकवादले भारत पनि आक्रान्त छ । छिमेकीसँगको सम्बन्ध खासगरी पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान र नेपालसँगको सम्बन्ध पनि भनेजस्तो न्यानो र प्रगाढ छैन । चीनसँग एक पटक र पाकिस्तानसँग त कयौं पटक युद्ध र झडप नै हुँदै आएको छ भने अरू छिमेकीसँगको अर्थ–राजनीतिक सम्बन्ध पनि असमानता आधारित छ ।
भारतीय सत्ताले आफ्नो प्रभाव र दबाब ससाना र पछौटे देशमाथि जमाउन चाहन्छ । जसले गर्दा प्रायः सबै छिमेकीले भारतलाई सन्देहको दृष्टिले हेर्छन् । त्यसले गर्दा नै वास्तवमा दक्षिण एशियाली क्षेत्रीय संगठन पनि आफ्नो उद्देश्यमा राम्रोसँग अगाडि बढ्न नसकेको यथार्थ हो । यी सबै कारणले गर्दा निकै ठूलो आर्थिक प्रगति गरेको भएपनि भारतीय स्वतन्त्रताले अझै पनि सार्थकता पाएको छैन र यो अधूरो र कमजोर रहेको स्वयं वस्तुवादी भारतीय विश्लेषकले औंल्याइरहेका छन् । वास्तवमा आज भारतमा स्वाधीनता केही मुठ्ठीभर मानिसको लागि अराजकताको पर्यायजस्तै बनेको विश्लेषण गरिँदैछ । यसले मजदुर, किसान, महिला आमयुवा विद्यार्थीलाई माथि उठाउने र अघि बढाउने किसिमले रक्तसञ्चार अझै पनि गर्न सकेको छैन । यो आजको भारतको यथार्थ तस्वीर हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...