×

NMB BANK
NIC ASIA

पाइपमै अड्कियो ४५६ मेगावाट विद्युत

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत्गृहभित्रका टर्वाइनसहित उपकरण जडान भएको झण्डै एक वर्ष पूरा हुन लागेको छ ।

Muktinath Bank

विद्युत्गृहभित्रका विद्युत् उत्पादनका लागि आवश्यक टर्वाइन, जेनेरेटर, एमएसओभी लगायतका सबै सामान कम्प्युटर प्रणाली समेत जडान गरी सुक्खा परीक्षण भएको पनि १० महिना पूरा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेडवक्र्सबाट पानी आएको भए यी जडान भएका उपकरणबाट अहिलेसम्म ८ अर्ब बढीको विद्युत् उत्पादन भइसक्थ्यो । यी सबै उपकरण पानीकै प्रतीक्षामा छन् । जडान भएका उपकरणमा खिया नलागोस् भनेर दैनिक एक पटक तेल हालेर तताउने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि बाँधबाट नदी फर्काएर पोखरीमा हालेर बालुवा थिग्र्याएपछि सुरुङको माध्यमबाट विद्युत् गृहसम्म पठाइन्छ । यो आयोजनाको बाँधस्थल लामाबगरदेखि विद्युत् गृह गोगरसम्म ८ किलोमिटर मुख्य सुरुङ बनेको छ । विद्युत् गृहसम्म पुग्न ३७३ मिटरको तल्लो र ३१० मिटरको माथिल्लो २ वटा ठाडो सुरुङ समेत छन् ।

Vianet communication
Laxmi Bank

विद्युत् गृहका ६ वटा युनिटसम्म पानी पुर्‍याउँन ठाडो सुरुङसहित ठाडो सुरुङ छेऊमा कमजोर ठाउँ समेत गरी ९ सय मिटर पेनस्टक पाइप जडान गर्नु पर्छ । यही मार्गबाट आएको पानीबाट घुमेका उपकरणबाट विद्युत् निस्केपछि ३ किलोमिटर टेलरेस सुरुङमार्फत पानी पुनः नदीमै मिसिन्छ ।

उत्पादित विद्युत् ४७ किलोमिटर लामो २२० केभीको प्रसारणलाइनमार्फत खिम्तीमा जोडिन्छ । नदी फर्काउनेदेखि विद्युत् गृहसम्मका सबैकाम पूरा भएका छन् । तर त्यही ठाडो सुरुङको पाइपमै ४५६ मेगावाट विद्युत् अड्किएको छ । पाइप जडानकै ढिलाइकै कारण विद्युत् गृहसम्म पानी ल्याउन नसकेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।  कारोबार दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x