×

NMB BANK
NIC ASIA

अग्रलेख

राष्ट्रियताको पक्षमा अभूतपूर्व एकता : नेपालले शुरू गरेको परराष्ट्रनीतिकोे सही बाटो

कात्तिक २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालको सार्वभौम भूमिलाई आफ्नो दाबी गर्दै भारतले नयाँ नक्सा जारी गरेपछि राष्ट्रप्रेमी नेपाली आन्दोलित छन् । रणनीतिक महत्त्व बोकेको नेपालको कालापानी क्षेत्रलाई भारतले एकतर्फी रूपमा आफ्नो नक्सामा पारेपछि नेपाली आक्रोशित छन् ।

Muktinath Bank

विवादास्पद् भारतीय नक्सा खारेजीको माग गर्दै विद्यार्थीहरूले भारतीय दूतावास घेराउ गरेका छन् । नेपाली भूमि मिच्ने निर्णय फिर्ता लिन माग गर्दै केही दिनदेखि काठमाडौंमा ‘गो ब्याक इण्डिया’को नारा लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली भूमिको रक्षा र भारतको हेपाहा प्रवृत्तिविरुद्ध नेपालका राजनीतिक दलहरूबीच अभूतपूर्व एकता देखिएको छ । प्रधानमन्त्रीको आह्वानमा शनिवार भएको सर्वदलीय बैठकमा सबै राजनीतिक दलका नेताले एक स्वरमा कालापानी नेपाली भू–भाग भएको र कुनै पनि मूल्यमा नेपाली भूमि नछाड्ने प्रतिबद्धता जनाए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रियताको पक्षमा देखिएको यो अभूतपूर्व एकताले नेपालले परराष्ट्रनीतिमा सुझबुझपूर्ण कदम लिन लागेको प्रतित हुँदैछ । आगामी दिनका लागि मार्गदर्शन पनि हुनेछ ।

Vianet communication
Laxmi Bank

फरक राजनीतिक विचारधारा मान्ने राजनीतिक दलहरूबीच आन्तरिक मामिलामा फरक धारणा र बिमति हुन सक्छन् । विदेश मामिलामा एकमत हुन नसक्दा विगतमा बाह्य शक्तिले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरे । राष्ट्रिय स्वार्थ र परराष्ट्रनीतिमा आन्तरिक रूपमा एकता भएमा देशको सामर्थ्य बढेको ठानिन्छ ।

कालापानी मुद्दामा नेपालका राजनीतिक दलहरूबीच देखिएको सुझबुझपूर्ण समझदारीले भारतसँग कुरा गर्न सरकारलाई आत्मबल प्रदान गरेको छ । 

आफूले जारी गरेको नक्सालाई लिएर नेपालमा भइरहेका प्रदर्शनबारे भारत बेखबर छैन परन्तु सहमतिका लागि कुनै पहल भएको छैन । भारतीय नक्सा अस्वीकार्य भन्दै परराष्ट्र मन्त्रालयले वक्तव्य निकालिसकेको छ, तर भारतीय पक्ष आफ्नो अडानबाट पछि नहट्ने संकेत भारतीय विदेश मन्त्रालयका प्रवक्ताको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

बिहीवारको पत्रकार सम्मेलनमा प्रवक्ता रवीश कुमारले नेपालको एक इञ्च पनि जमिन नमिचेको भनेर सफेद झूट बोलेका छन् । नेपाली जमिन फिर्ता नगर्ने हठ व्यक्त गरेका छन् ।

सर्वदलीय बैठकबाट पाएको म्यान्डेटअनुसार नै सरकारले अब भारतले जारी गरेको गलत नक्सा सच्याउन कूटनीतिक पहल थाल्न ढिला गर्नु हुँदैन । नेपालस्थित भारतीय राजदूतलाई बोलाएर आफ्नो चासो राख्ने, परराष्ट्र मन्त्रालयको टोली भारत पठाएर नक्सा सच्याउन पहल गर्ने तथा प्रधानमन्त्री तहमै कुरा गरेर यो विवाद सल्टाउने काममा सरकारले ढिला गर्नु हुँदैन । 

६ दशकदेखि भारतीय पक्षले कब्जा गर्दै आएको नेपाली भूमि फिर्ताका लागि उपयुक्त समय अहिले आएको छ । देशको भूमि मिचिएको समयमा राजनीतिक दलहरूबीच देएिको एकता र समझदारीका लागि उनीहरू धन्वयादका पात्र छन् । विदेश नीतिमा दलहरू एक ठाउँ भएमा विदेशीले नेपालीलाई हेप्न पाउँदैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x