×

NMB BANK
NIC ASIA

पहिलो ‘अम्ब्रेला स्ट्रिट’ पटिहानीमा : फागुनबाट सञ्चालनको तयारी

माघ २८, २०७६

NTC
Premier Steels

भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा  रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’  तयार पारिएको छ  ।

Muktinath Bank

सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलोपटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदैछ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  मन्त्रालय रु एक करोड,  महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी   रु तीन करोडको लागतमा  स्ट्रिट तयार गरिएको जनाइएको छ । 
 
विश्वका शहरसँगै रहेका समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्न अम्ब्रेला स्ट्रिट बनाउने गरिन्छ । नेपालमा  पहिलो पटक पर्यटकलाई लक्षित गरी यहाँ स्ट्रिट तयार गरिएको हो । उनले भने,'नेपालमा पहिलोपटक थाइल्याण्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको हो ।'


Advertisment
Nabil box
Kumari

करीब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठूला फाइबरका छाता रहेका छन्  । दुईवटा फुडकोर्ट, एउटा आइस्क्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ रहेका छन् ।

Vianet communication

हिँडेर अम्ब्रेला स्ट्रिटभित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र सवारी साधन गुडाउन पाइने छैन । यसको नजिकै जिल्लाका सम्पूर्ण पर्यटकीय गन्तव्य हेर्न सकिने गरी एनिमेसन रुम, सार्वजनिक शौचालय, कार्यालय कक्ष, रेष्टुरेन्ट र त्यसमाथि ७० फिटको भ्यूटावर बनाउने योजना बनाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको वडाअध्यक्ष महतोले जानकारी दिए । 

ती संरचना बनाउन थप रु तीन करोड ५० लाख लाग्ने भएकाले बजेटको खोजी भइरहेको जनाइएको छ ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अम्रेला स्ट्रिट तयार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बताइन् ।  उनले पर्यटन क्षेत्रमा नयाँ अभ्याससहित अम्ब्रेला स्ट्रिट बनाइएको र  यहाँ आउने पर्यटकलाई बसाइँ लम्भ्याउन यस्ता गतिविधि आवश्यक रहने बताइन् । 

 प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्यभागमा पर्ने भएकाले यस क्षेत्र उत्कृष्ट  पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । यहाँ थारु, बोटे र  मगर जस्ता समुदायको सांस्कृतिक विविधता रहेको छ ।  ९० मिटरको  लम्बाइमा छाता लहरै राखिएको छ । सो क्षेत्रबाट सहजै राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्य देख्न सकिन्छ ।

यहांँ पर्यटकीयस्तरका १२ वटा र साना २० भन्दा बढी होटल र रिसोर्ट सञ्चालनमा छन् । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ । महानगर प्रमुख दाहालले यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारमा महानगर जुटेको बताए । भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न विभिन्न समितिमार्फत महानगरमा काम भइरहेको उनले जानकारी दिए । नारायण अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x