जापानमा मनाइयो नग्न पर्व (भिडियो)

जापानमा लगभग पूर्ण नग्न १० हजार पुरुषहरूले शनिवार राति चिसो खप्दै ५०० वर्ष पुरानो रीतिरिवाज मनाएका छन् । 

सानो र पातलो कछाड मात्र लगाएर मानिसहरू ओकायामा शहरको साइदाज्जी कान्नोनिन मन्दिरमा हादाका माचुरी पर्व मनाउन भेला भएका थिए । 


Advertisement

साँझ शुरू भएको पर्वमा मानिसहरू मन्दिरको प्रांगणमा रहेको बरफले ढाकिएको चिसो जलाशयमा हाम्फालेका थिए । हाम्फाल्नुअघि उनीहरूले बीयर र साके पिएर आफूलाई तताएका थिए । हाम्फालेपछि उनीहरू पवित्र भएको विश्वास गरिन्छ । 

राति १० बजेपछि मानिसहरू मन्दिरको गर्भगृहमा खाँदाखाँद गरेका थिए । अनि ठ्याक्कै १० बजेपछि बत्ती गएको थियो र एक पुजारीले झ्याउलाहरू र आठ इन्च लामो दुई भाग्यशाली लट्ठीहरू भीडमा फ्याँकेका थिए । 


Advertisement

उक्त लट्ठी पाउनका लागि ३० मिनेटसम्म लुछाचुँडी भएको थियो । ती लट्ठीहरू सौभाग्य र समृद्धिको प्रतीक मानिन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्