मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
फागुन ८, २०७६
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसका लागि डील गरेको अडियो सार्वजनिक भएपछि उनलाई तत्काल राजीनामा गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले यो प्रकरणले पार्टीलाई समेत क्षति पुर्याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।
'मन्त्रीलाई राख्ने कि हटाउने भन्ने पहिलो अधिकार प्रधानमन्त्री स्वयंको भएकाले पार्टीले नै निर्णय गरेर फिर्ता बोलाउनुभन्दा उहाँले नै राजीनामा माग्दा उचित हुन्छ भन्ने हिसाबले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिनुभएको हो,' स्रोतले लोकान्तरसँग भन्यो ।
भेटमा प्रधानमन्त्री ओलीले बाँस्कोटालाई आजै बालुवाटार बोलाएर कुरा गर्ने र त्यसपछि आवश्यक कदम चाल्ने बताएका छन् । कुराकानीपश्चात प्रचण्ड बालुवाटारबाट बाहिरिइसकेका छन् ।
मन्त्री बाँस्कोटा सुदूरपश्चिमको कञ्चनपुरमा रहेकाले उनी त्यहाँबाट फर्किँदैछन् । उनी धनगढी हुँदै आज दिउँसो करीब २ बजे काठमाडौं ओर्लिने बाँस्कोटानिकट स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीले आजै मन्त्री बाँस्कोटासँग कुरा गर्ने पुष्टि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरे ।
'उहाँ (गोकुल बाँस्कोटा) राजधानी फर्किएपछि सिधै यहाँ (बालुवाटार) आउनुहुन्छ, मन्त्रीज्यूसँग कुरा गरेपछि नै प्रधानमन्त्रीले थप कमद चाल्नुहुन्छ,' थापाले भने ।
प्रचण्डले राजीनामा गराउन सुझाव दिएको कुरा पनि उनले घुमाउरो पारा स्वीकारे ।
प्रचण्डले राजीनामा गराउन सुझाव दिनुभएको हो भन्ने प्रश्नमा थापाले भने, 'प्रधानमन्त्रीलाई सुझाव आउने कुरा त भइहाल्यो, तर उहाँले सम्बन्धित मन्त्रीसँग कुरा गरेपछि नै निर्णय लिनुहुनेछ ।'
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड घूसका लागि डील गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।
उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटालाई तत्काल राजीनामा गराउन नेकपा र प्रधानमन्त्री ओलीसामु दबाब छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...