×

NMB BANK
NIC ASIA

पत्रकार सम्मेलन समयमै शुरू नभएपछि पत्रकारले गरे बहिष्कार !

फागुन १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी उपमहानगरपालिकाले गर्न लागेको विकास सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई धनगढीका पत्रकारले बहिष्कार गरेका छन् । 

Muktinath Bank

निर्धारित समयभन्दा १ घण्टा ढिलो भएपनि आयोजक धनगढी उपमहानगरपालिकाका कुनै पनि जिम्मेवार पदाधिकारी उपस्थित नभएपछि पत्रकार सम्मेलन स्थलबाट पत्रकार बाहिरिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बिहान ११ गते हुने भनिएको पत्रकार सम्मेलन १२ बजेसम्म पनि शुरू नगरिएपछि पत्रकार सम्मेलनस्थलबाट बाहिरिएको पत्रकारले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

‘हामीले कार्यक्रम बहिष्कार गरेको होइन । हामीलाई ११ बजे बोलाइयो, १२ बजेसम्म कुर्‍यौं तर त्यहाँ न कार्यकारी अधिकृत देखिए, न मेयर साप आए, न उपमेयर । कुनै पनि रेस्पोन्सिबल पर्सन हलभित्र नदेखिएपछि हामी बाहिरिएका हौं । हामी कति कुर्ने ? कम्तीमा हामी ३० जना पत्रकारहरू थियौं । पत्रकारको पनि आफ्नो समय हुन्छ नि ?’ अन्नपूर्ण दैनिकका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्टले भने, ‘तर उपमहानगरपालिकाको कार्यक्रम बहिष्कार गर्ने, कुनै व्यक्ति वा संस्थालाई बहिष्कार गरिएको होइन । अब हुने कार्यक्रमहरू चाहिँ समयमै शुरू हुन् भन्नको लागि सन्देश पनि दिन जरुरी छ र विद्यमान मान्यतालाई तोड्नलाई पनि सबै पत्रकारहरू सल्लाह गरेर बाहिर आयौं ।’

Vianet communication
Laxmi Bank

नागरिक दैनिकका संवाददाता पुष्पराज जोशीले उपमहानगरपालिकाले आफ्नै कार्यक्रमप्रति जवाफदेहिता नदेखाएको बताए । घण्टौं कुराएर पनि कोही नआएपछि बाहिरिएको बताउँदै उनले आउँदो दिनमा धनगढी उपमहानगरपालिकाले मात्रै होइन, अन्य निकायले पनि समयको महत्त्वलाई बुझ्नुपर्नेमा जोड दिए ।

धनगढी उपमहानगरपालिकाले धनगढीको विकासको मुद्दा पहिल्याउन तथा योजनाबद्ध रुपमा विकासको गति अगाडि बढाउन विकास सम्मेलन गर्ने जनाएको छ तर त्यसबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा समयको ख्याल नै नगरिएपछि पत्रकार रुष्ट भएर बाहिरिएका थिए ।

केर्नी न्यूज डटकमकी सम्पादक उन्नती चौधरीले नगरपालिकाले आफैंले आयोजना गरेको पत्रकार सम्मेलनलाई बेवास्ता गरेको बताउँदै आउँदा दिनमा कुनै पनि निकायले समयको ख्याल गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘जहिले पनि नेपाली समय नेपाली समय भनेर जिम्मेवार व्यक्तिहरू आफ्नो दायित्वबाट पन्छिने परिपाटी छ, जुन ठीक होइन । अर्को कुरा पत्रकारहरू फाल्तु हुन् भनेर कसैले नसोचून् ।’ 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले मेयर नृपबहादुर वड काठमाडौं गएको र उपमेयर पनि बाहिर रहेकाले पत्रकार सम्मेलन प्रभावित भएको जिकिर गरे तर उनी स्वयं बिहान ११ बजे उपमहानगरपालिकामा थिएनन् ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच पनि समन्वयको अभाव देखिएको छ । विकास सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनबारे उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी बेखबर थिए । कार्यक्रमबारे न त कार्यपालिकामा छलफल भएको छ, न त कुनै विस्तृत जानकारी नै आफूलाई रहेको उनले बताए ।

धनगढी उपमहानगरपालिकाले केही साताअघि नै पत्रकार सम्मेलन गरेर फागुन १८ गते विकास सम्मेलन गर्ने घोषणा गरेको थियो । सम्मेलनमा दातृ निकायमाझ नगरको भौतिक, सामाजिक, आर्थिक र वातावरणीय विकासका योजनालाई परियोजना बैंकका रूपमा प्रस्तुत गरिने जनाइएको छ ।

धनगढीलाई सुविधासम्पन्न शहरका रूपमा विकास गर्न एउटा ‘मेगा प्रोजेक्ट’ ल्याउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x