सानिमा बैंकका ग्राहकलाई फ्युचर वल्र्डमा एप्पल प्रोडक्ट खरिद गर्दा विशेष छुट

सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालि फ्युचर वल्र्डबीच एप्पलका प्रोडक्ट जस्तै आईफोन, आईप्याड, म्याकबूक तथा अन्य एसिसरिजमा सानिमा बैंकका ग्राहकलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजारसम्मका एसिसरिज प्राप्त गर्न सक्नेछन् ।


Advertisement

बैंकका ग्राहकले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता (ईएमआई) भुक्तानी गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्