×

NMB BANK
NIC ASIA

डब्लुएचओको स्थापना दिवस : विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह

चैत २५, २०७६

NTC
Premier Steels

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान  संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना सम्प्रेषणका लागि आग्रह गरेका छन् ।

Muktinath Bank

मन्त्री ढकालले आम सञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले कोभिड—१९ सम्बन्धी जानकारी, खोजमूलक, वस्तुपरक र वास्तविक सूचनाको प्रभावकारी र विश्वसनीय सम्प्रेषणले मात्र समाजमा सकारात्मक योगदान पु¥याउने उल्लेख गर्दै यस कार्यका लागि सम्पूर्ण सञ्चारकर्मीबाट रचनात्मक भूमिकाको अपेक्षा व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री ढकालको सन्देशको पूर्ण विवरण :


Advertisment
Nabil box
Kumari

“आज भन्दा ठिक ७२ वर्ष अगाडि दोस्रो विश्वयुद्धले थिलथिलो भएको विश्वको स्वास्थ्य स्थितिलाई सुधार गर्दै स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्ने ध्येयले स्थापित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्थापना दिवसको यस अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । 

Vianet communication

कोभिड–१९ महामारीको यस परिस्थितिमा “नर्स र मिडवाईफहरुलाई सहयोग गरौं” भन्ने नाराका साथ मनाउन लागिएको “विश्व स्वास्थ्य दिवश २०२०” ले नर्स, मिडवाईफ लगायत सम्पूर्ण चिकित्साकर्मीहरुको महत्वलाई अझ बढवा दिएको छ । मानव जातिकै अस्तित्वमाथि धावा बोलिरहेको यो महामारी विरुद्धको लडाइँको अग्रमोर्चामा रहेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुले अदम्य सहास र उत्साहका साथ मानव स्वास्थय रक्षाका खाति गरिरहनु भएको अमूल्य योगदानप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु । 

सरकारको तर्फबाट चिकित्साकर्मीलाई सुरक्षा सामाग्री बिना काम गर्ने परिस्थितिको सिर्जना हुन दिदैनौँ । कोभिड–१९ को बेला सरकारी, निजी वा गैरसरकारी सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मी, चिकित्सामा संलग्न सबैलाई सत प्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउने र २५ लाखसम्मको बीमाको व्यवस्था गर्ने निर्णय नेपाल सरकारले गरिसकेको छ । त्यसैगरी देशभरी छरिएर रहनुभएका ५२ हजार भन्दा बढी महिला स्वास्थ्य स्वयं सेविका दिदी–बहिनीहरु, जसले नेपालको स्वास्थ्यस्थिति सुधार्न अत्यन्त ठूलो योगदान दिनुभएको छ उहाँहरुलाई कोभिड–१९ सम्बन्धी चेतना अभिवृद्धि गर्ने अभियानमा संलग्न हुन नेपाल सरकार हार्दिक आह्वान गर्दछ । यस अभियानमा संलग्न महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप १ हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने  निर्णय समेत नेपाल सरकारले गरिसकेको छ । 

यस विषम परिस्थितिमा कोभिड—१९ रोग फैलिन नदिन लकडाउनको विकल्प छैन । विभिन्न देशबाट स्वदेश फर्किनु भएका आम दाजुभाइ तथा दिदीबहिनीहरुले सरकारले निर्धारण गरेको क्वारेन्टाइनमा बसी गर्नुभएको सहयोगको लागि हार्दिक धन्यवाद दिँदै आगामी दिनमा समेत यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । क्वारेनटाइनमा रहनुभएका सम्पूर्ण व्यक्तिहरुले जाँच गराइ कोभिड–१९ संक्रमण नभएको निश्चित गरेर मात्र आफ्नो घर जानु हुनेछ ।

यस्तो संवेदनशील परिस्थितिमा आम सञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले कोभिड—१९ सम्बन्धी जानकारी, खोजमूलक, वस्तुपरक र वास्तविक सूचनाको प्रभावकारी र विश्वसनीय सम्प्रेषणले मात्र समाजमा सकारात्मक योगदान पु¥याउने छ । यस कार्यका लागि सम्पूर्ण सञ्चारकर्मी मित्रहरुबाट रचनात्मक भूमिकाको अपेक्षा गर्दछु । 

हाल नेपाल कोभिड–१९संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । अझै थप संक्रमण हुन नदिन आम जनसमुदाय, तीनै तहका सरकार र सम्बद्ध सम्पूर्ण सरोकारवालाहरुलाई थकाई नमारिकन निरन्तर खट्न, जुट्न र एकताबद्ध प्रयास गर्न हार्दिक अपिल गर्दछु । कथमकदाचीत कोभिड–१९ को महामारी फैलिएर बिरामी हुने स्थिति र अस्पतालमा उपचार गर्नुपर्ने स्थितिको सिर्जना भए बिरामीको उपचारका लागि काठमाडौं उपत्यका भित्र ५ वटा र उपत्यका बाहिर १३ वटा गरी १८ वटा कोभिड–१९ विशेष अस्पताल तयार गरिएको छ । त्यहाँ कार्यरत चिकित्साकर्मीहरुले उच्च मनोबलका साथ उपचार तथा स्वास्थ्य सेवा दिने प्रबन्ध मिलाइएको छ । त्यस्तो बेलामा कार्यरत चिकित्साकर्मीहरुलाई उचित बसोबासको प्रबन्ध गरिएको छ । बिरामीको उपचारमा कुनै कमी हुन नदिन सरकारी तथा नीजि क्षेत्रका सम्पूर्ण अस्पताल, चिकित्सक, नर्स, मिडवाईफ लगायत स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहनु भएकोमा पुनः आभार व्यक्त गर्दछु । 

विश्व स्वास्थ्य दिवश २०२० को उपलक्ष्यका नर्स र मिडवाईफहरुलाई मात्रै होइन सम्पूर्ण चिकित्साकर्मीहरुलाई समेत सबैले सहयोग गरौं । उहाँहरुको मनोबल उच्च राख्न हामी सबै जुटौँ । महामारी रोकथाम र नियन्त्रणमा सहयोग गर्नुहुने विभिन्न संघसंस्था, व्यवसायी, समाजसेवी, राष्ट्रसेवक र सुरक्षकर्मी एवं आम जनसमुदायप्रति नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मेरो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।”
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x