×

NMB BANK
NIC ASIA

उल्टो नतिजा देखाउँदै ‘र्‍यापिड टेस्ट’ : कोरोना जाँच्न नसक्ने किटको प्रयोग किन ?

बैशाख २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको लम्कीचुहा नगरपालिका–१ भुरुवाकी ६५ वर्षीया एक वृद्धाको चैत २५ गते र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरियो । काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका उनीसहित ५१ जनामध्ये ४४ जनाको आरडीटी गरेको थियो । नतिजा ‘नेगेटिभ’ आयो ।

Muktinath Bank

आरडीटीको नतिजा अनुसार कोरोना भाइरस संक्रमण नभएको भन्दै १४ दिन क्वारेन्टाइनमा बसेपछि ती महिला सहितलाई घर फर्काइयो । आफ्नो घर नभएकाले उनी आफन्तको घरमा बस्न थालिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले स्वाब समेत संकलन गरी काठमाडौं लगेको थियो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना भाइरस संक्रमण ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पुष्टि गरेको छ । 


Advertisment
Nabil box
Kumari

यसअघि बाग्लुङकी एक महिलामा समेत आरडीटी किटले कोरोना पोजेटिभ देखाएको भएपनि प्रयोगशाला परीक्षणमा नेगेटिभ नतिजा आएको थियो । किटले यी दुई घटनामा उल्टो नतिजा देखाएको छ । त्यसयता र्‍यापिड टेस्टबारे थुप्रै टीकाटिप्पणी हुन थालेका छन् । यसको विश्वसनीयतामा खडेरी परेको छ । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले कोरोना रोग पत्ता लगाउनमा आरडीटी किटको औचित्य एकदमै कमजोर रहेको बताउँछन् । उनी भन्छन्, ‘र्‍यापिड टेस्ट एन्टीबडी टेस्ट हो । बिरामी संक्रमण भएको दिन अनुसार र रोगको स्टेज पिच्छे फरक–फरक देखिन सक्छ । सामान्यतया एन्टीबडी रोगको इन्फेक्सन भएको ८ देखि १० दिनमा देखिन्छ । कुनै–कुनैमा १५ दिन पछाडि पनि देखिन सक्छ । त्यसैले कोभिड रोगको लागि आरडीटीलाई डाइग्नोस्टिक टेस्टको रुपमा प्रयोग गर्न मिल्दैन । हामीले गर्ने भनेको रियल टाइम पीसीआर विधि नै हो ।’ 

इन्फेक्सियस रोग इपिडेमिओलोजिस्ट समेत रहेका भाइरोलोजिस्ट डा. मिश्रले एकै व्यक्तिमा केही समयको (८–१० दिन) अन्तरमा २ पटक परीक्षण गरेमा रोग पत्ता लगाउन केही सहयोग गर्ने बताउँछन् तर रोग नै पत्ता लागेको पुस्ट्याई भने गर्न नमिल्ने उनको आशय छ । 

आरडीटीको आफ्नै सीमाहरू रहेको बताउँदै उनले अगाडि थपे, ‘१० दिन पछाडि पनि लक्षण देखिएन भने लक्षण नदेखाएपनि एन्टीबडी देखियो भने केश पत्ता लगाउनको एपिडेमिओलोजिकल सर्भे गर्न यसको उपयोग गर्न सकिन्छ तर अहिले नेपालमा प्रयोग गरिएको र्‍यापिड जाँचमा आईजीएम र आईजीजी पनि नछुटे कारणले यसबाट रोगको पहिचान गर्नको लागि प्रयोग गर्न नहुने नै देखिन्छ । त्यसकारण पोजेटिभ केशको वरिवरिको मान्छेमा एन्डीबडी देखिन सक्छ भन्ने आशयले यो टेस्टको प्रयोग गरिएको हो ।’

डा. मिश्र

उनका अनुसार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपनि रियल टाइम पीसीआर जाँच गरेर रोरोना भएको/नभएकोबारे निर्क्यौल गर्नुपर्ने हुन्छ । अर्को कुरा यो रोगको संक्रमण भएपछि ८–१० दिनसम्म टेस्ट गरिए नेगेटिभ देखाउँछ तर उक्त समयभित्र पीसीआरमा पोजेटिभ देखाउन सक्छ । आरडीटीमा पोजेटिभ देखिएको केशमा पनि पीसीआर गर्नैपर्ने बताइन्छ ।

उनले अगाडि थपे, ‘एउटै व्यक्तिमा आरडीटी पहिलो पटक गरेको १ हप्तापछि पनि अर्को पटक गर्नैपर्ने हुन्छ । ८–१० दिनको अन्तरमा टेस्ट गरेमा केश पत्ता लगाउन मद्दत गर्छ । यो टेस्ट नेगेटिभ आएको खण्डमा बिरामीलाई घर पठाउन मिल्दैन, शंकास्पद बिरामीलाई क्वारेन्टाइनमै राख्नुपर्छ ।’ तर सरकारले भने आरडीटी गरेर नेगेटिभ देखिए क्वारेन्टाइनबाट घर पठाइरहेको छ ।

र्‍यापिड टेस्टको प्रोटोकल जरुरी : मोलेकुलर माइक्रोबायोलोजिस्ट

मोलेकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले आरडीटीको प्रोटोकल बनाउनुपर्ने औंल्याएका छन् । आरडीटी टेस्टले २–३ हप्ता क्वारेन्टाइनमा बसेका मान्छेमा मात्र प्रभावकारी हुन सक्ने बताउँदै उनले प्रयोगको लागि कस्तो बिरामी हुनुपर्ने, कति समय बसेको लगायतमा प्रोटोकल बनाउन जरुरी रहेको औल्याउँछन् । लम्कीचुहाकी महिलाको घटनामा भने किटले १४ दिन पूरा हुँदा समेत सही नतिजा दिन सकेन ।

लेखकका अनुसार यो किटको परीक्षण सर्वप्रथम नेपालमै थालिएको छ । पीसीआर विधि महंगो रहेकाले बढी जनसंख्या र भौगोलिक रुपमा विकट स्थानमा यो विधि प्रभावकारी हुन सक्ने तर प्रभावहीन भन्न नमिल्ने मोलेकुलर माइक्रो बायोलोजिस्ट लेखक बताउँछन् ।

माइक्रोबायोलोजिस्ट लेखक

सरकारले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा र्‍यापिड टेस्टको कार्यलाई अगाडि बढाएको छ । वैशाख १ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा मात्रै २ हजार ३०९ जनाको र्‍यापिड टेस्ट र ७५६ जनाको पीसीआर टेस्ट गरिएको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ ।

र्‍यापिड टेस्ट गरिएको २ हजार ३०९ जनामा कोरोना भएको वा नभएको निर्क्यौल गर्नलाई पुनः र्‍यापिड टेस्ट गरिनुपर्ने वा पीसीआर गर्नुेपर्ने भएकाले र्‍यापिड टेस्ट झन्झटिलो र कम विश्वासिलो विधि रहेको देखिएको छ ।

हाल सुदूरपश्चिममा मात्रै संक्रमितको संख्या ५ पुगेको छ भने नेपालभर १४ जना संक्रमित रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x