×

NIC ASIA

कास्कीमा लकडाउन खुकुलो, यी सवारी चलाउन पास नचाहिने

बैशाख २७, २०७७

Prabhu Bank
NTC
तस्बिर : जिल्ला प्रशासन कार्यालय , कास्की ।
Premier Steels
Marvel

देशभर आगामी जेठ ५ सम्म लकडाउन कायम रहेकोमा कास्की जिल्लामा भने लकडाउन केही खुकुलो हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ जरुरी सूचना जारी गरी केही निश्चित प्रयोजन छुट्टाउँदै सवारीसाधन चलाउँदा पास आवश्यक नपर्ने पनि उल्लेख गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तोकिएबमोजिम विकास आयोजना तथा औद्योगिक प्रतिष्ठान, अत्यावश्यक सेवा वा व्यवसाय संचालन गर्ने सरकारी तथा निजी संस्था, व्यक्ति समेतले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा अवलम्बन गर्नुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, सामाजिक दूरी कायम गर्ने गराउने पूर्ण जिम्मेवारी बहन गर्ने गरी ६ बुँदे सूचना जारी गरिएको हो । 


Advertisment
Rupse Holidays
Nabil box

जसअनुसार कास्की जिल्ला प्रवेश गर्दा वा कास्की जिल्लाभर ढुवानी सेवा प्रदान गर्दा कृषि तथा पशुपंक्षीजन्य सेवा तथा सामग्री, स्वास्थ्यस्रम्बन्धी सेवा तथा सामग्री एवं जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसलहरुले प्रयोग गर्ने ढुवानीका साधनहरु, खाद्यान्न, फलफूल, तरकारी, पानी, दूध, ग्याँस, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थहरु ढुवानी गर्दा संचालन गर्दा सवारी पास आवश्यक पर्ने भएको छ ।  

Vianet communication

यस्तै, तयारी मालबस्तु, विकास आयोजनामा प्रयोग हुने उपकरणहरु लैजाने ल्याउने कार्य र निर्माण सामग्रीहरु बोकेका ढुवानीका साधन एवं एम्बुलेन्स संचालनमा पनि सवारी पास लिइरहनुपर्ने छैन। 

यसैगरी, जिल्लामा अत्यावश्यक सेवा संचालन गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुको सेवा प्रवाहका लागि आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो प्रणालीबाट, बैंक तथा बित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीले दैनिक रुपमा सेवा प्रवाहमा आवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीद्वारा सेवा संचालन  गर्ने र उनीहरुको लागि सम्बन्धित कार्यालय प्रमुखले नै लकडाउन अवधिमा कर्मचारीलाई खटाउँदा दिन, बार र समय स्पष्ट खुल्ने गरी प्रमाणित कागजात उपलब्ध गराउन सक्नेछन्। त्यस्ता कर्मचारीलाई कार्यस्थलमा आउनेजाने प्रयोजनका लागि पास जरुरी नपर्ने भएको छ। यद्यपि ती कर्मचारीको साथमा कार्यालय परिचयपत्र पनि अनिवार्य हुनुपर्ने छ।

विकास आयोजना तथा औद्योगिक उत्पादनमा संलग्न श्रमिक कर्मचारीलाई आयोजना तथा उद्योग प्रतिष्ठान आफैले खर्च व्यवस्थापन गर्ने गरी दैनिक अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने, कार्यस्थलमै खाना खाजा व्यवस्था गर्नुपर्ने, श्रमिक कर्मचारीलाई आवासदेखि विकास आयोजनासम्म पुग्न सुरक्षा मापदण्ड अपनाउन भनिएको छ। ती विकास आयोजनासम्बन्धी कार्यसंचालन गर्दा एकस्थानमा एक पटकमा बढीमा १० जना तथा सवारीसाधन मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान, मर्मत, प्लम्बिङ, इलेक्ट्रिकल सेवा, पेट्रोल पम्प संचालन गर्दा बढीमा ५ जना सम्म कर्मचारी खटाउन सकिनेछ। 

लकडाउन कायम रहेको हुँदा अझै पनि विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्य बस्तु बिक्री गर्ने व्यावसायिक मल, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, धार्मिक स्थल, मन्दिर, रंगशाला, खेलकुद स्थल, जिमखाना, सैलुन, व्युटीपार्लर, होटल, बार, रेष्टुरेन्ट खोल्न वा कुनै पनि प्रकारको क्रियाकलाप गर्न पाइने छैन। 

यस्तै, सूचनामा १२ वर्ष मुनिका बालबालिका, अशक्त व्यक्ति, बिरामी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती महिलाको आवातजावत तथा हिँडडुल गर्न पाउने छैनन्, भनिएको छ। 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x