×

NMB BANK
NIC ASIA

भारतबाट फर्केका नेपाली गौरीफन्टा नाकामा, कोरोना परीक्षणविनै भित्र्याइदै

जेठ ७, २०७७

NTC
Premier Steels

काेराेना भाइरस र त्यसबाट सिर्जित समस्याका कारण भारतमा राेजगारी गुमाएका नेपालीहरु लकडाउनकैबीच धमाधम स्वदेश फर्कन थालेका छन्। भारतका विभिन्न सहरमा रहेका सुदूरपश्चिमका बासिन्दा कैलालीको गौरीफन्टा सीमा नाका भएर फर्किरहेका हुन्।

Muktinath Bank

भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा सीमानाका आइपुगेका १ हजार बढी नेपालीको ओइरो लागेको हो। तर उनीहरुलाई काेराेना भाइरसकाे परीक्षणविनै नेपाल भित्र्याउन  थालिएको छ। स्थानीय तह र प्रदेश सरकारबीच समन्वय तथा पूर्वतयारी नहुँदा हजाराैँ नेपालीलाई कोरोना परीक्षण बिना नै नेपाल प्रवेश गराउन लागिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई नाकाबाटै सम्बन्धित स्थानीय तहमा पठाइने भनिए पनि त्यसका लागि बसको व्यवस्थापन हुन सकेको छैन। उनीहरू भोकभोकै छन्। उनीहरूले खाना र पानीसमेत नपाएको गुनासो गरेका छन्।


Advertisment
Nabil box
Kumari

Vianet communication

आरडीटी समेत परीक्षण नहुँदा उच्च जोखिम बढेको छ। भारतबाट हजारौँको संख्यामा नेपालीहरू आउने कुराको जानकारी हुँदाहुँदै पनि प्रदेश सरकार र स्थानीय तहले त्यसको व्यवस्थापनका लागि भने कुनै तयारी नगर्दा यस्तो समस्या सिर्जना भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए।

धनगढी उपमहानगरपालिकाले पनि प्रदेश सरकारले परीक्षण कीटको पहल नगर्दा समस्या आएको आरोप लगाएको छ। धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्रले परीक्षण गर्न कीटको अभाव भएको र प्रदेश सरकारले पहल नगर्दा समस्या उत्पन्न भएको बताइन्।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आरडीटी कीटको अभाव भएकाले सीमामा परीक्षण गर्न नसकि एपनि उनीहरुलाई सोझै घर नपठाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने बताए। क्वारेन्टाइनमा परीक्षणसँगै निश्चित समय बसेपछि मात्रै घर पठाइने उनको भनाइ थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x