भारतको गुजरातमा एक गर्भवती महिलालाई लिएर अस्पताल गएको एम्बुलेन्सलाई बाघहरूले घेरेपछि महिलाले एम्बुलेन्समै बच्चा जन्माएकी छन् ।
यो अनौठो घटना भाका गाउँमा भएको हो । बाघहरू आफैं हटेपछि महिलालाई अस्पताल लगियो । बच्चा र आमा दुवै स्वस्थ छन् ।
बुधवार रागि साढे १० बज्तिर भाका गाउँकी अफसाना सबरिश रफीकलाई बेथा लाग्यो । पीडाले छटपटाएपछि परिवारका मासनसले तत्कालै फोन गरेर एम्बुलेन्स बोलाए । एम्बुलेन्सले उनलाई राखेर जाँदै गर्दा उना नजिक बाटोमा चार सिंहले बाटो छेके ।
सिंहको झुण्डलाई हटाउने साहस कसैले पनि गरेन । तर एम्बुलेन्समै रहेका स्वास्थ्यकर्मीहरू जगदीश मकवाना र भरत अहीरले महिलालाई भित्रै डेलिभरी गराए ।
महिलाले छोरी जन्माइन् ।
बच्ची जन्मिउन्जेल चारै बाघ त्यहीँ गाडी नजिक घुमिरहे । बच्ची जन्मिएको २० मिनेटपछि बाघहरूले बाटो छोडे । अनि तत्कालै महिला र शिशुलाई अस्पताल लगियो ।
एजेन्सी